Pages

Wednesday, 25 April 2012

Disable अथवा Enable USB mass storage device


 यदी तपाईं पनि आफ्नो कम्प्युटरमा USB Drive लाई DIsable / Enable गराउन चाहनुहुन्छ भने मैले यहाँ तल केहि तरीका दिएको छु यदी तपाइंले आफ्नो कम्प्युटरमा USB Disable गर्नु भयो भने चाहे जती सुकै चोटी तपाईं USB लाई आफ्नो कम्प्युटरमा लगाउन कोशिस गर्नुस कम्प्युटरमा Install त हुन्छ तर तपाइंले USB को कुनै पनि Programs देख्नुहुदैन र Drive पनि देखिदैन सबै कुरा लुकेको हुन्छ किनकी तपाईं आफैले USB Drive लाई Disable गर्नु भएको छ र यसमा खास फाइदा चाहिं के छ भने यदी तपाइंको कम्प्युटरमा कोही साथीहरु आएर ईजाजत बिना नै तपाइको कम्प्युटरमा USB लगाउँछन् र USB मा कती Virus छ थाहा छैन SCAN पनि नगरी Direct चलाउछन् अथवा तपाईं आफैलाई जो कोइ पनि आएर कहिले मोबाइलमा गीत हाल्नु पर्यो भन्ने त कहिले USB मा गीत हाल्नु पर्यो भन्ने यस्तै समस्याले मलाई पनि धेरै दिन देखी सताइराखेको थियो र Google Search engine मा खोज्न थाले की कसरी USB लाई आफ्नो कम्प्युटरमा Disable गराउने बल्ल फेला पर्यो र अहिले म ढुक्क छु यदी कोहि USB को काम लिएर म कहाँ आयो भने म उसलाई भन्छु की यस कामको लागी अन्तै जानु मेरो कम्प्युटरमा USB ले काम गर्दैन नपत्याए आँफै check गर्नु भनिदिन्छु र लुरुक्क आफ्नो बाटो लाग्छन र आफुले चाहेको बेला केहि सेकेन्ड मा नै Enable पनि गराउन सकिन्छ र यसलाई कुनै Sotwer को जरुरत पनि पर्दैन

 
१. Win logo+ R key थिचेर Run file खोल्नुहोस र त्यहाँ 'Regedit' Type गरी Ok बटन दबाउनुहोस

२. त्यसपछी Registry Aditor खुल्नेछ र त्यहा तल यो Message HKY_LOCAL_MACHINE \ SYSTEM \ CurrentControlSet \ Services \ USBSTOR सम्म गएर USBSTOR मा CLick गर्नुहोस र Right Side मा रहेको 'Start' मा Right click गरी 'Modify...' मा Click गर्नुहोस

३. त्यसपछी त्यहा अर्को नया Dialog Box खुल्नेछ र त्यहा 3 लेखेको हुनुपर्दछ र त्यसलाई Delete गरी 4 लेख्नुहोस र Ok Button दबाउनुहोस

अब सबै फाईल बन्द गर्नुहोस र USB Computer मा लगाएर हेर्नुहोस Computer मा आउने छैन र यदी तपाईं यसलाई Enable गराउन चाहनुहुन्छ भने यही माथीको नियम Follow गर्नुहोस अनि 4 लेखेको ठाउँमा 3 लेखी Ok गर्नुहोस धन्यबाद।

3 comments:

  1. Nice bro i like it...........keep updating new ideas if IT

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment