Pages

Monday, 27 August 2012

जेलबाट बिर्य पठाएर पनि बच्चा जन्मियो


इजरायलको एक जेलमा कैदी जीवन बिताइरहेका एकजना प्यालेस्टाइनी पुरुषले तस्करीको शैलीमा जेलबाटै प्यालेस्टाइनमा रहेकी आफ्नी श्रीमतीलाई आफ्नो बिर्य पठाएर गर्भाधान गराइ छोराको बाउ बन्न सफल भएका छन्। चिनियाँ संचार माध्यम सिन्हवाका अनुसार प्यालेस्टाइनको नाब्लस सहरको एक अस्पतालमा ती महिलाले छोरा जन्माएकी हुन्। 
अस्पतालका डाक्टर सलेम अबु खैजरानले बताए अनुसार कैदी अम्मार अल जब्न ले चार हप्तामा ३ पटक आफ्नी पत्नीलाई लुकाइछिपाइ विर्य पठाएर गर्भाधान गराउने प्रयास गरेका थिए। तर तिनपटक नै उनी असफल भए। उनले फेरी श्रिमतीलाई गर्भाधान गर्ने भन्दै विर्य पठाएर र अन्तिम प्रयासमा उनकी श्रिमती गर्भवती हुन सकिन्।
पहिले एक छोरी जन्माइसकेको त्यो दम्पती चोरीको विर्यले छोरा जन्मिएपछि निकै खुसी बनेको छ। प्यालेस्टाइनको जेल मामिला सम्बन्धि उपमन्त्री जैद अबु इनले कैदीहरुको अधिकारको वकालत गर्दै इजरायलको जेलमा रहेका प्यालेस्टाइनी बन्दीहरुको प्रजनन अधिकार हनन भएको भन्दै प्यालेस्टाइनी बन्दीहरुलाई पनि आफ्ना श्रिमतीसँग समागम गर्नदिन आग्रह गरेका छन्। स्मरण रहोस् इजरायली कैदीहरुलाई भने जेलभित्रै आफ्नो पार्टरसँग सम्भोग गर्न अधिकार छ।

Source :  weeklynepal.com

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment