जर्मनीको एक
अदालतले शुक्रबार मुसलमान बालिकाले नाङ्गो छाती भएका केटाहरूसँग नजिक रहेर
पौडी खेल्न असजिलो हुने भएकाले पौडी कक्षा छोड्न दिएको निवेदनलाई अस्वीकार
गरेको छ ।मोरोक्कोबाट आएकी १२ वर्षीया यी बालिका हाल जर्मनीको
फ्र्याङकफर्ट नगरमा अध्ययन गर्छिन् । उनले विद्यालयमा पौडीको कक्षा लिन
अस्वीकार गरेकी थिइन् ।यी बालिकाले पौडी कक्षा छोड्न अनुमतिका लागि अदालतमा
निवेदन दिएकी थिइन् र उनका कानुन व्यवसायीले पनि कुरानअनुसार उनलाई
बालकलाई आफ्नो शरीर देखाउन तथा बालकहरूको नाङ्गो छाती हेर्न अनुमति नभएको
तर्क गरेका थिए ।क्यासेलस्थित प्रशासनिक अदालतले यी बालिकाको निवेदन
अस्वीकार गरेको छ । अदालतले यी बालिकाले अरु बालिकाजस्तै शरीर पूर्ण ढाकिने
बुर्का लगाउन सक्ने र उनलाई धार्मिक स्वतन्त्रताअनुसार यो सुविधा मात्र
दिन सकिने उल्लेख गरेको छ ।अदालतले यी बालिकाको परिवारले जर्मनीमा बस्न
स्वीकार गरेको जहाँ पौडीको कक्षा अनिवार्य रहेको उल्लेख गरेको छ ।
No comments:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment