Pages

Saturday, 26 May 2012

Holiday Fun

एकदिन सरले चुरोटको असर देखाउन ..एउटा किरालाई चुरोटको धुवा भएको बट्टामा राखेछ.. बट्टामा राखेको एकछिन् मै त्यो किरा मरेछ ....
अनि सरले हास्दै बिधार्थीहरुलाई सोधेछ
सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ सिकेउ ??
सबै बिधार्थीहरु एकै स्वर मा
"सर यहि कि चुरोट खायो भने पेट को किरा मार्छ "
************************************************************************************

हर्के: त्यो घरमा काम गर्ने शान्तिलाई बोलाउ त !
श्रीमती : किन ?
हर्के: डाक्टरले आज भनेको 'राती औषधी खाइसकेपछि शान्तिसँग सुत्नु ।'
************************************************************************************
बिहानै आमाले हर्केको कोठामा पसेर भनिन् : 'छोरा ! उठ् छिटो, स्कुल जाने ट्याम भो !'
हर्के : 'नाइ आमा ! म जान्न स्कुल, मलाई जाने मन छैन '

आमा: किन जान्न भन्छस् त्यत्तिकै ? ल कारण दे त नजाने !'
हर्के : ल सुन्नुस् ! पहिलो कुरा मलाई कुनै विद्यार्थीले मन पराउँदैन अर्को मलाई सबै शिक्षकले हेला गर्छन्, मन पराउँदैनन् ।

आमा: यस्तो पनि कारण हुन्छ स्कुल नजानलाई ? ल उठ् छिटो तयार हो स्कुल जान !'
हर्के : ल तपाईं पनि कारण दिनुस् त मैले स्कुल जान किन जरुरी छ भनेर ?
आमा: ल सुन् ! पहिलो कुरा तँ ४५ वर्षको भैसकिस् अर्को तँ त्यो स्कुलको हेडमास्टर होस् ।'
************************************************************************************
एउटा केटाले एउटी केटीलाई सोध्यो
'डियर, तिमी केटीहरू बिहेको दिन विदाइको बेला त्यति धेरै किन रुन्छौ ?'

केटी(Golden Words):)
.
.
.
.
.
.
.
.
.
कसैले तँलाई घरबाट टाढा लगेर भाँडा माझ्न लगाउँदैछ भन्ने थाहा पाए तँ साले के नाच्थिस् ?

याद छ तिमीलाई स्कुलका ती दिनहरु ?
हामी कति खेल्थ्यौं
कुरा गर्थ्यौं
झगडा गर्थ्यौं
हाँस्थ्यौं
रुन्थ्यौं
..
..
..
..
याद छैन ?
..
..
..
कसरी याद होस् त, हामी एउटै स्कुलमा थोरै थियौं !
************************************************************************************
एउटा सेतो बिरालो पानीमा खस्यो भने नजिकै बसेको अर्को कालो बिरालोले के भन्ला ?
सोच्नुस्
सोच्नुस्
सोच्नुस्
सोच्नुस्
सोच्नुस्
सोच्नुस्
.
.
.
scientist ले जस्तो नसोच्नु न
.
म्याउ म्याउ त भन्ला, अरु के नै भन्ला र !
************************************************************************************
युवक र युवती एक होटल को Room मा बसेका रहेछन
युवति:- तिमी केटा हौ म केटी हु
युवक:- अनि ?
युवती :- तिमी एक्लै म एक्लै
युवक:- अनि फेरी ?
युवति:- म सुन्दरी तिमी जवान
युवक:-वाव !! अनि ?
युवति:- तिम्रो खुन पनि गरम मेरो खुन पनि गरम
युवक:-अनि अनि अघी भन न
युवति:- तिमी पनि केहि चाहन्छौ म पनि केहि चाहन्छु
युवक:-(नजिक नजिक जादै) - अनि अनि छिटो भन न !
युवति:- तिमी पनि शिक्षित म पनि शिक्षित !
युवक:- हो हो सही अनि अनि
युवति:-तब फेरी आउ तिमी अनि म एक होउ
युवक:- (झन नजिक हुँदै) - म त सधै तयार छु तिमी चाहु मात्र
युवति:- फेरी किन ढिला नि जाउ सब युवा पिडी लाई जगाउ आन्दोलन गरौ जेष्ठ १४ भित्रै सम्बिधान को माग गरौ अनि देश बचाउ । ।
************************************************************************************
बाऊ : जा त छोरा मलाई fridge बाट १ ग्लास चिसो पानी लिएर आइजो ..
छोरा : म अहिले जानु सक्दिन dad .. म game खेल्दै छु

अर्को छोरा : छोड दिनु dad.. यो साले एकदम मात्तेको छ …हजुर आफै लिन जानु ...बरु आउदा मलाई पनि १ ग्लास लेराइ दिनु है
************************************************************************************
एउटा मान्छेको ३ जना साथी थिए
तीनै जना डाक्टर थिए
२ पागल थिए
एउटाको दिमाग थिएन
जसको दिमाग थिएन
त्यसको ३ वटा हस्पिटल थिए
२ वटा बन्द थिए
एउटा खुल्दैनथियो
जुन खुल्दैनथियो
त्यसमा ३ वटा Fan थिए
२ वटा बन्द थिए
एउटा चल्दैनथियो
जुन चल्दैनथियो
त्यसलाई ३ वटा Mechanic कहाँ लगेर गए
२ जनालाई काम आउँदैनथियो
एउटाले गर्दैनथियो
जसले गर्दैनथियो
त्यसका ३ जना चेलाहरू थिए
२ जना आउँदैनथिए
एउटा घरमै बस्थ्यो
जो घरमा बस्थ्यो
त्यो त्यही सुरुको वाला मान्छे हो जसका ३ साथी थिए
मेरा पनि ३ जना साथी थिए
२ जना पागल भइहाले
१ जना अब हुँदैछ !

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment