Pages

Monday, 27 August 2012

आफ्नै विद्यार्थीलाइ बलात्कार गरि सेक्स भिडियो बनाउने शिक्षक पक्राउ

नयाँ दिल्ली ।भारतको नयाँ दिल्लीमा एक शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ ।
शैलेन्द्र कुमार गरेका एक शिक्षकले विगत चार वर्षदेखि एक छात्रालाई निरन्तर बलात्कार गर्दै आएका थिए, ती छात्रा अहिले ९ कक्षामा एउटा सरकारी विद्यालयमा पढ्दछिन् । उनी कक्षा ४ मा हुँदा देखिनै शिक्षक शेलेन्द्रले उनमाथी यौन दुर्व्यवहार शुरु गरेको थियो र सेक्स क्लिप समेत तयार पारेको थियो । बोलाएको बेलामा नआए उक्त क्लिप इन्टरनेटमा अपलोड गरिदिने धम्की दिँदै उसले बलात्कार गर्दे आएको प्रहरीले जनाएको छ ।
पिडित छात्रा शिक्षकको यस्तो आतंकले पढ्न समेत जान छोडेकी थिइन् । केही दिन अघि उक्त शिक्षकले पिडितको घरमा फोन गर्दा झुक्किएपछि यो कुरा बाहिर आएको हो, आवाज नचिनेर छात्राको दिदीसंग छात्रा नै हो भनेर अश्लिल कुरा गरेपछि पिडित छात्रको परिवारले यो कुरा थाहा पाएका थिए। त्यसपछि प्रहरीमा पिडितको परिवार पुगेको थियो।
 

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment