Pages

Monday, 8 October 2012

अश्लिल फिल्म देखाएर स्कुले किशोरीहरुलाई बलात्कार


फ्रान्सेली पत्रकारले लिवियाका तानाशाह मुअम्बर गद्दाफीले स्कुले किशोरीहरुलाई ल्याउने र यौन दाशी बनाउने गरेको खुलासा गरेका छन्। पत्रकार अनिक कोजिनले एक १५ वर्षीय किशोरी सोरायाले सन् २००४ देखि कसरी अपहरण र यौन दाशी बन्नुपर्‍यो पुस्तकमा खुलाएका हुन्।
पुस्तकमा लेखकले कसरी किशोरीको अपहरण गरियो र नाङ्गो अवस्थामा उनलाई गद्दाफीको शयन कक्षमा पुर्‍याइयो खुलाएका छन्। ‘उसले भन्यो – नडराउ। म तिम्रो बाबा हुँ। तिमी यसै भन्छ्यौ होइन? तर म तिम्रो दाजु र प्रेमी पनि हुँ।
balatkar2मे जे गरिरहेको छु तिम्रा लागि नै हो। तिमी अव सधैका लागि यहाँ बस्नेछौं, मसँगै,’ पुस्तकमा यौन दाशी बनेकी सोरायाले बताएकी छिन्। लेस प्रोइस : डन्स ले हर्म डे गद्दाफी (प्रि: इन गद्दाफीस् हार्म) नामक पुस्तकमा गद्दाफीले बलात्कार गर्ने, कुट्ने गरेका घटनाहरुको खुलासा गरिएको छ।
गद्दाफीले किशोरीहरुको मुखबाट यौन संवाद गराएर उनीहरुको शोषण गर्थे। र नयाँ किशोरीहरुलाई त्यो संवाद सुनाएर त्यसैअनुसार काम गर्न आदेश दिन्थे।
पुस्तकमा एक युवतीले गद्दाफीले दिने गरेको कपडा र अश्लिल फिल्म हेर्न लगाउने गरेको खुलासा गरेकी छिन्। उनले गद्दाफीका लागि दैनिक फरक फरक किशोरीहरु चाहिने गरेको समेत सार्वजनिक गरेका छन्।एजेन्सी;

No comments:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment