अमेरिकाले सन् २०१४ डिभी कार्यक्रमको लागि मंगलबारबाट आवेदन खुला गरेको छ। आवेदन नोभेम्बर ३ सम्म खुला रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। डिभी आवेदन फाराम यहाँ मा गएर भर्न सकिने छ।
'डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन,' अमेरिकी दूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, 'भिसाका लागि योग्य हुन डिभी विजेताहरूले कम्तीमा बाह्र वर्ष बराबरको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्दछ।'
दूतावासले डिभी २०१४ को नतिजा सन् २०१३ मे १ देखि सन् २०१४ जुन ३० भित्र सार्वजनिक गर्ने जनाएको छ। डिभी विजेताका रुपमा छनौट भई
केसीसीबाट दोस्रो चिठी प्राप्त गर्दैमा आँफुलाई भिसा प्राप्त भएको नठान्न पनि दूतावासले आग्रह गरेको छ। 'भिसा अन्तर्वार्ताको समयमा कन्सुलर अधिकृतले योग्यता पुगे नपुगेको तथा संयुक्त राज्य अमेरिकाको कानून बमोजिम डिभीका लागि योग्य रहे नरहेको निर्धारण गर्नेछ,' विज्ञप्तिमा भनिएको छ। watch video

No comments:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment