त्यो बालक कहिले आफ्नो ड्याडिको काँधमा चढ्दथ्यो त कहिले बोकी माँग्दथ्यो । कहिले "मम्मी"भन्दै मम्मिकोमा लेप्सिन पुग्दथ्यो । अहो !कस्तो अथाह माया पाएको उस्ले मम्मी,ड्याडीबाट लाग्दथ्यो धेरै लाड्प्यारले त्यो बालक अलिकती मातिए झैं देखिन्थ्यो पनि ।
त र "मम्मी" "ड्याडी" अमेरिकन भए पनि उस्को अनुहार भने मङोलियन थियो लाग्दथ्यो त्यो बालाई उनिहरुले "एड्प्ट" गरेका थिए। मैले लग्भग दुई घण्टा सम्म त्यो बालकको उछलकुद हेरी रहेँ । केही क्षणपश्चात त्यो बालकको चक चकले सिमा नाघे पछी उस्की मम्मीले अलिक ठुलो आवाजले "बिश्वास"भनेर बोलाई अनी मलाई साँचै बिश्वास भयो कि उक्त बालक नेपाली रहेछ भनि । मैले केही समयपछी ""मम्मी" चाँहीलाई प्रश्न गरेँ। उस्लाई नेपालबाट ल्याएको हो? भनेर । साँचै त्यो केटोलाई नेपालको स्वयम्भुबाट ल्याएको रहेछ जत्तिबेला ऊ तीन बर्षको थियो र अहिले ऊ पाँच बर्षको भएछ ।
मैले त्यो केटोलाई नाम सोधें। उस्ले "बिश्वास" भन्यो । आफ्नो भाषा त उस्लाई थाहा नै रहेनछ । अङ्रेजी भने यत्ती स्पष्ट थियो कि अमेरिकन कै बच्चाको झै थियो। मलाई मनमा पीडा बोध भयो । मेरो सम्बेदनशिल मनले उस्का आफ्नै जन्म दिने आमाबाबुलाई सम्झन पुग्यो। म सोँच्न थालें कत्ती ह्रीदय टूक्रिँदो हो हरेक पल पलमा आफ्नो नाबालक छोरालाई सम्झेर त्यस्की आमाले कत्ती आँशुको घुट्की पिउँदी हो छोराको सम्झना र तड्पनमा डुबेर । कुन बाध्यताले त्यसरी दुधमुखे बालकलाई पराइ देशको मान्छेलाई जिम्मा लगाउन वाध्य हुन पर्यो होला ?कस्तो बिवशता र सम्झौतामा आफ्नो काख रित्याएर अर्काको खुशीको निम्ती आफ्नो बच्चालाई मुल्यमा साटे होलान ?
म यसरी त्यो बालकको काहानीमा हराइ रहेँ अनेक कल्पना,तर्कनासँग अनी चित्त पनि बुझाउँदै गरेँ तर त्यो बालकको भविष्य पनि त सुन्दर भयो नि। यदी आफ्नो आमा,बाबासँग भएको भए शायद त्यो लाडप्यार, त्यो स्याहार,सुशार कहाँ पाउँथ्यो र ?गरिबिको मारमा पिल्सिएर भोको पेट र नाङो शरीर लिएर यत्तिबेला कुन गल्लिमा खातेको उपनाम पो भिरी सक्थ्यो कि ? फेरी मेरो अर्को मनले बिरोध गर्दै सोँच्न थाल्यो जत्तिसुकै सुख,सुबिधा,एश,आराम र लाड्प्यार पाए पनि आफ्नो आमाबाबुको माया र न्यानोपनबाट ऊ बन्चित बन्यो अनी सधैं कृतिम दुनियाँमा ऊ हराउन वाध्य बन्यो । यो दुनियाँमा अब उस्ले आफ्नो समाज,आफन्तको समिपता आफ्नोपन कहाँ पाओस ?बस सब कृतिमता नै कृतिमताको देशमा ।
अन्त्यमा मैले त्यो केटोलाई सोधे । तिमीलाई थाहा छ ?"बिश्वास"तिम्रो नाम हो त र त्यस्को "अर्थ"के हो ?भनेर । ओहो !उस्ले यस्तरी ओंठ लेप्र्याउंदै मलाई जवाफ दियो कि मानौ उस्लाई विश्वाशको अर्थ पूर्णरूपमा थाहा छ । उस्ले भन्यो "बिलिभ" "फैथ" भनेर ।
फेरि म सोँच्न थालें नामको अर्थसंगै अब आउने सारा भविष्य उस्ले विश्वाशमा नै बिताउनु पर्नेछ। उस्लाई के थाहा ?म को हु ? के हुँ ?भनेर । अब कृतिम बाबुआमालाई नै गरेर आफ्नो जन्म दिने आमाबाबुलाई अबिश्वासको भुमरिमा धकेल्नु पर्नेछ र उस्को मानसपटलबाट त धकेली सकेको नै छ । यत्तिकैमा उनिहरु जानलाई तयार भए ड्याडिको ढाडमा उफ्रिएर चड्दै मलाई "बाइ बाइ" भन्दै त्यो केटो मम्मी,ड्याडी सँग बाहिरियो । मैले पर सम्म नजर फ्याँकिरहेँ । मनमा अनौठो दुखाइ दुखी रह्यो । आखिर "बिश्वास" साँचै कस्को "बिश्वास" बन्ला भनि ?
Copied from Acharyaprabha.blogspot.com
No comments:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment