Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Wednesday, 18 April 2012

उपहार -कृष्ण कुसुम

0 कमेन्ट

अहँ मैले आफूलाईभन्दा बढी माया गर्ने मान्छेले मागेको उपहार दिन सकिनँ उसको जन्मदिनमा �
खै � कहिलेबाट लुकाएछु आ�नो हृदयमा सौरभलाई आफैँलाई पनि पत्तो नहुने गरी ।
त्यो नर्सिङ क्याम्पसको होस्टेलको वातावरण बिल्कुलै फरक थियो । १८-२० उमेरका ५०-६० जना केटी साथीहरूको समूहमा बस्न पाउँदाको मजा नै बेग्लै हुन्थ्यो । स्वभाव भिन्नभिन्न भएका त्यतिका साथीहरू एउटै परिवारझी बस्दा त्यस्तै फरक अनुभव पनि त हुँदोरहेछ नि । ती साथीहरूको सानिध्यमा पनि म आफूलाई चाहिँ अलि भिन्न बनाउने स्वभावको थिएँ । प्रायः साथीहरू इमेलका, च्याटका आ-आफनो  बोइफ़्रेन्डका फिल्मी कुराहरू गर्दै व्यस्त रहन्थे पढाइ र ड्युटीबाट फुर्सद भएको समयमा । म ठान्थें यी प्रेमस्रेम सब वाइयात हुन् । हुन पनि त्यस्तै छ भन्या आजकालका केटाकेटीहरूको पारा देखाउनको लागि भने पनि ब्वाइप|mेण्ड र गलप|mेण्ड बनाउनै पर्ने रे । केटीहरू आ�नो ब्वाइप|mेण्ड छैन भन्नुपर्दा आफूलाई दुःखी बनाउँछन् र लाज मान्छन् मानांै कि ऊ नराम्री छे त्यसैले उसको boyfriend   छैन । त्यसैले आफूलाई राम्री र पर्फ]{ट युवती देखाउनको लागि पनि उसले ब्वाइप|mेण्डको चाहना गर्छे । केटाहरूको त के कुरा झन् मोबाइल, बाइक र गलप|mेण्ड नहुनेलाई त कसैले गन्दैनन् रे । यी सबका कारण पनि मलाई प्रेम शब्दसँग नै वितृष्णा थियो । साथीहरू सधंैँंजसो आ�ना ब्वाइप|mेण्डहरूसँगका एसएमएसहरू देखाउँथे र आ�ना प्रेम काहानी सुनाउँदै भन्थे- ''तँ त पार्वतीको जुगमा छेस् यार कुनै सुन्दर पतिको कामना गर्दै बस्ने मात्र, त्यस्तो सोझो भएर चल्दैन अब, यो त २१ औँ शताब्दी हो त्यसमा नि कलियुगको । त्यसैले केटी समयअनुसार चल्न सिक ।"
 अझै बाकी छ है !

मलाई यी सबै अर्ति-उपदेशको कुनै परवाह नै हुँदैन थियो । म लगभग एक्ली नै हुन्थेँ यो मामिलामा र हिँडिदिन्थेँ अन्त कतै त्यहाँ बसेर बाझाबाझ गर्नु साटो ।
सौरभसँग भेट भएको दुई वर्ष पनि भएको छैन । म आ�नो नर्सिङ कोर्षको अन्तिमतिर अध्ययनरत थिएँ उसलाई भेट्दा । उसँगको भेट अलि फरक थियो- एक नर्स र बिरामी कुरुवाको रूपमा । अध्ययनकै सिलसिलामा हामीले अस्पतालको सबै प्रकारका ड्युटीहरू गर्नुपथ्र्यो नाइट, इभिनिङ र मर्निङ सि�ट हुन्थे ड्युटीका । त्यसदिन मेरो नाइट ड्युटी थियो । रातभर जागा बसेर बिरामीको स्याहार गर्नुपथ्यो । कहिलेकाहीँ बिरामी कम भएको बेला त यसो सिनियर दिदीहरूको आँखा छलेर एक/दुई घण्टा आँखाको विष मार्न पाइन्थ्यो त कहिले पूरै रात अनिदो नै बित्थ्यो । त्यो दिन पनि बिरामीहरूको सङ्ख्या बढी नै भएकोले म रातैभरि जाग्राम रहनुपर्ने भयो । बिरामी कुरुवाहरू पालैसँग क्रमशः भुसुभुसु निदाउन थाले । त्यो वार्डको कुनामा रहेको बिरामीको कुरुवाको रूपमा आएको सौरभ भने बिरामीको छेउमा रहेको टेबुलमा बसेर कुनै पुस्तक अध्ययन गरिरहेको थियो । सायद त्यतिबेला लगभग रातको १२ बजेको हुँदो हो म बिरामीलाई औषधि दिन राउण्डमा गएको थिएँ । त्यतिबेला नै पहिलोपटक बोलेकी थिएँ उसँग । ऊ आ�नी आमालाई उपचार गराउन आएको थियो मैले काम गर्ने टिचिङ अस्पतालमा ।
त्यो रात सामान्य चिनाजानी मात्र भयो । उसकी आमालाई एक महिनाका लागि त्यही अस्पतालमा राख्नुपर्ने भयो । अब भने ड्युटी गर्ने क्रममा उसँग मेरो भेट नियमित नै हुन थाल्यो । सुरुका दुई/चार दिन त 'हाइ हेलो मा सीमित भएँ, जब हामी अलि बढी नै परिचित भयौँ, खाली समयमा सँगै बसेर कुरा गर्न थाल्यौँ । त्यत्तिबेला उसले जीवनप्रति गरेका तर्कहरूले त म पूरै प्रभावित भएकी थिएँ उसँग । उसका हरेक कुराहरूमा म आ�नो सोच र भावनाको मेल पाउँथे । ऊ बाहिर देख्नमा जति सरल थियो, त्यत्ति नै वैचारिक चतुर र परिपक्व थियो, उसले समाजका हरेक कुरीतिलाई बुझेको अनि जीवन बुझ्ने बेग्लै दृष्टिकोण बनाएको थियो । हरेक कुरामा समान चासो र जानकारी राख्नुुपर्छ भन्ने मान्यताको ऊ कुनै पनि विद्यामा अनभिज्ञ थिएन, सङ्गीत र साहित्यको त झन् पारखी नै रहेछ । त्यो त उसको भावुक र कोमल व्यवहारले पनि प्रष्ट्याउँथ्यो । उसको वक्तृत्वकलाको त म नजानिँदो पाराले डाहा नै गर्दथेँ । उसले बहस गर्न थालेपछि लाग्थ्यो कि ऊ कुनै राजनीतिक दलको शीर्षस्थ नेता नै हो । जीवन के हो ? बाँचुञ्जेलको मोज त हो नि भन्दै बाबुको सम्पतीमा मोज गरेर बाँच्ने जेनेरेसनको भए पनि गीता, रामायण, महाभारतजस्ता धार्मिक एवं सबै प्रकारका राजनीतिक र ऐतिहासिकलगायतका पुस्तकको अध्ययनबाट खारिएको सौरभलाई जो कसैले पनि अलिअलि चिन्नासाथै तारिफ गर्दथे ।
उसलाई मेरा अरू साथीहरूले पनि चिन्दथे तर सामान्यरूपमा उनीहरूलाई सौरभलाई बुझ्ने फुर्सद नै थिएन किनकि ती सबै दिन हाम्रा लागि हुन्, उमेरमा मोज गर्नुपर्छ भन्ने सोचका हुन्थे र फुर्सद हुनासाथ कि त सपिङमा ब्यस्त वा फिल्म हेर्न वा इमेल गर्नमा नै व्यस्त हुन्थे । मेरी एकदमै मिल्ने साथी जो मेरी रुम पार्टनर पनि थिई स्नेहा, उसलाई भने मैले बताएकी थिएँ । सौरभको बारेमा । त्यसैले केही हदसम्म बुझेकी थिई । म सौरभसँगको सङ्गतमा एकदमै नजिक हुन थालेछु मानौँ कि ऊ मेरो धैरै पुरानो साथी हो । ऊ पनि मसँग त्यति नै खुल्दथ्यो, जति म चाहन्थेँ । मेरी साथी स्नेहा पनि नजिकिँदै थिई सौरभसँग तर मभन्दा कम । कहिलेकाहीँ होस्टेलमा कुनै केटाको प्रशंसा गर्नुपर्दा म उसैको नाम लिन्थेँ । त्यतिबेला भने मेरा साथीहरू जिस्काइहाल्थे । ''लौ है हाम्री मैयालाई मोहनी लगाउने तन्नेरी भेटियो, देख्यौ त मैया माया भन्ने कस्तो हुँदो रै छ ?''
एक महिनाको बसाइको क्रममा हामीले आ-आ�ना रोजाइका कुराहरू आदान-प्रदान गर्‍यौँ । म उसको खुबीको खुलेरै प्रशंसा गर्दथेँ । ऊ हामीले गरेको सेवाको गुनगान गाउँथ्यो । मलाई त त्यो बीचमा 'आधुनिक नाइटिङ्गेल' भन्ने उपनाम नै दिएको थियो र बोलाउन पर्दार् नाइटिङ्गेल नै भनेर बोलाउँथ्यो । जब एक महिनाको उपचार सकेर उसकी आमालाई अस्पतालले डिस्चार्ज दियो तब ऊ हाम्रा बीच रहने कुरै भएन । ऊ जाने बेलामा मेरा सबै साथीहरूसँग भेट गरेर एक महिनासम्म उसलाई गरेको सहयोगको प्रशंसा गदैं धन्यवाद दिँदै बेलाबेलामा भेट्न आउने वाचा गर्‍यो र अन्तिममा- ''म तपाईंको सहयोगको ऋणी छु, मलाई यो एक महिनामा मानसिक रूपमा नि सपोर्ट गरेर ठूलो गुन लाउनुभयो, कुनै दिन मैले सकेको सहयोग गर्न पाएँ भने धन्य हुने थिएँ ।'' भन्दै आ�नो मोबाइल नम्बर दियो र मेरो पनि लिएर गयो । मलाई भने अब अस्पताल नै शून्य लाग्न थाल्यो, उसकी आमालाई सुताएको बेड नजिकै जान्थेँ सौरभ छ कि कतै कुनै किताब पढ्दै गरेकोझैँ लाग्थ्यो तर खाली खाली पाउँदा निराशा जाग्थ्यो मनभित्र अनि पो बल्ल चाल पाएँ मैले आ�नो हृदयमा बास दिइसकेकी रहेँछु उसलाई आफैँले थाहा नपाउने गरी �
त्यसपछिका दिनहरूमा सौरभको उपस्थितिको मह�व बढ्न थाल्यो । नियमितजसो फोन र एसएमएसहरू चल्न थाले । समयसमयमा कि त ऊ आफैँ भेट्न आउँथ्यो कि त हामी -म र स्नेहा) उसलाई भेट्न जान्थ्यौँ । हामी यति नजिक भएपछि मलाई औपचारिकतामै सीमित हुन मन लागेन र भनेँ- ''कति औपचारिक बन्नु सौरभ मलाई त कस्तो असहज लाग्छ यो औपचारिकतामा �''
ठीकै छ अनौपचारिक नै बनुँला तर के गर्नुपर्छ अनौपचारिक हुन ? ऊ अलि जिस्काउने पाराले प्रश्न गर्दथ्यो मसँग । यति नजिक भएर पनि किन तपाईं भनेको ? तिमी भनेर सम्बोधन गर न � मलाई त तपाइँ भन्दा कस्तो टाढाको जस्तो अनुभूति हुन्छ ।
हुन्छ तिम्रै मर्जी तिमीले भनेको के कुरा काट्न सक्छु र म ? ऊ मेरा हर कुराहरूलाई सहजरूपमा स्वीकाथ्र्यो । म दङ्ग पर्दथंँे, मलाई मीठो अनुभूति हुन थाल्यो प्रेमको । हरेक दिन हरेक पल उसँग नै बिताउन मन लाग्थ्यो तर असम्भव � दिनमा सँगै बस्न नपाए पनि राति सपनीमा भने सधैँ सँगै पाउन थालेँ यसो हँुदा ममा अर्कै स्फूर्ति देखिन्थ्यो । जसले गर्दा मेरा साथीहरू छक्क पर्थें ममा आएको परिवर्तन देखेर । एक्लै हँुदा पनि उसैले बोलाएको भान हुन्थ्यो अनि यताउता हेर्दा अरू कोही नपाएपछि खिन्न हुन्थेँ म । कहिले त सौरभसँग रिस उठ्थ्यो । मलाई ग्वाम्लाङ्ग अङ्गालोमा कसेर मायाप्रीतिका कुरा गरोस् जस्तो लाग्थ्यो ।
सौरभको बारेमा कुरा आदानप्रदान गर्ने साथी त्यही स्नेहा हो मेरी, ऊ पनि मख्ख परेर सुन्थी मैले सौरभको बारेमा गरेका प्रशंसाहरू । सौरभ, म र स्नेहा हामी तीनै जना सँगै भएको बेला उनीहरू आपसमा लजाएको भान हुन्थ्यो मलाई । आखिर अप्ठ्यारो त लागिहाल्छ नि स्नेहालाई उसलाई थाहा छ म सौरभलाई प्रेम गर्छु भन्ने । अर्काको युगल जोडीमा मिसिएर हलुवामा बालुवा हुँदा अनि आ�नी प्रेमीकासँग मात्र मायाप्रीति साट्नु साटो अर्की साथी पनि साथ भएकोले लजाएको हुनुपर्छ सौरभ । म भए पनि त त्यस्तो हुँदो हो नि मलाई � यस्तै हुन्थे मेरा सोचाइहरू ।
सौरभको जन्मदिन आउनै लागेको थियो । उसको जन्मदिनको दुई दिन अघिको रातमा देखेको सपनाले मेरो मनमा हलचल पैदा गर्‍यो । सपनीमा मेरा बाबा मलाई सम्झाउँदै हुनुहुँदोरहेछ- ''छोरी तिमीलाई हामीले गर्नसक्ने आधारभूत कुराहरू गरिदियौँ, अब तिमी एक सक्षम नर्स भइसक्यौ यहाँभन्दा बढी अरू गर्न सकिएला जस्तो छैन अब तिम्रो विवाह गर्नुपर्छ एक राम्रो घरबाट कुरा आएको छ तिम्रो सहमति चाहिएको छ विचार गर ।''
म झल्यास्स ब्यूझेँ । ब्यूझँदा निथुक््रक पसिनाले भिजेकी पाएँ आफूलाई । मनमा साह्रै डर बढ्यो । एकपटक सौरभलाई सम्झेँ- 'साँच्चै यस्तै भयो भने ? अब मौन बसेर हँुदैन समयमै सौरभलाई आ�ना प्रेमका बारेमा बताउनुपर्छ र विवाहबारे पनि सम्झाउनु पर्ला भन्ने सोचेँ त्यसका लागि उपयुक्त दिन उसको जन्मदिन कुरिबसेँ ।'
सौरभको जन्मदिनमा बिहानै उठेँ र जन्मदिनको शुभकामनासँगै आ�ना त्यही कुरा गर्न फोन गरेँ- ''सौरभ जन्मदिनको शुभकामना तिमीलाई । म आज संसारभरको खुसी तिम्रो पोल्टामा राखिदिन चाहन्छु तिम्रो जन्मदिनको उपलक्ष्यमा, यही दिनको पर्खाइमा थिएँ म आ�ना तर्फबाट तिमीलाई खुसी दिन, भन के चाहन्छौ मबाट त्यस्तो उपहार आज तिमी ?''
ऊ उताबाट बोल्दै थियो- ''म पनि त्यसको बारे तिमीसँग कुरा गर्ने अवसरको खोजीमा थिएँ, साँच्चै मैले मागेको खुसी दिन सक्छ्यौ भने विनिता � मलाई तिम्री साथी स्नेहाको साथ मिलाइदेऊ �
फोनको रिसिभर त कानैमा थियो तर त्यसपछि उसले बोलेका कुनै पनि शब्द मैले सुनिनँ ।
-नुवाकोट
Source : GorkhaPatra

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post