इन्दिरालाई घर र हस्पिटल दुवै तिर भ्याउन सार्है
गार्हो पर्थ्यो | नर्स भएर पनि उनी सब काम भ्याउने गर्थी | बिहान खाना
पकाएर जान्थी र ड्युटी परेको समयमा मुकुन्दलाई खाना पकाउन गार्हो होला भनेर
पकाएर हटकेसमा राखेर जान्थी | यस्तै गरी उनीहरुको जिन्दगी निर्भाह हुदै
थियो |
इन्दिरा र मुकुन्दको कलेजमा माया बसेको हो | मुकुन्द बत्तीसपुतलीको नर्सिंग क्याम्पसमा पढाउने गर्छन् | इन्दिरा पनि नेपालगन्जबाट नर्स बन्ने सपना लिएर काठमाण्डौं आइ र उसलाई त्यहिँ पढ्दापढ्दै मुकुन्दको बानि ब्योहरबाट प्रभाब परेछ अनि उनीहरुको माया बसेछ | मुकुन्दसँग आफ्नो पुर्ख्यौली सम्पति प्रसस्तै छ किनकि उसको बुबाले उसलाई मर्नु अघि अंशभण्डा गरिदिए | इन्दिराका चार दिदी बहिनिमा साँहिली हो | दिदी बहिनिलाई परेको बेला इन्दिराले सहयोग गर्छे | दिदी बहिनीमा उ नै धेरै धनीमा पर्छे |
इन्दिरा दुई जिउ भएको कुरा उसले थाहा पाइ | " तिमी त अब बुबा हुने भयौ नि |मैले आज थाहा पाएँ | बान्ता आउला जस्तो भयो अनि "
"हो र ? अब तिमीले खुब रेस्ट गर्न पर्छ | धेरै काम गरेर लोड दिनुहुन्न आफुलाई है |" मुकुन्द जुत्ताको तुना लगाउँदै भन्छ |
"के नै काम गर्न पर्छ र केहि हुदैन |"
खुशीको सिमा हुदैन | मुकुन्द इन्दिरालाई अंगालोमा बाँध्छ र " म एकदमै खुशी भए |" भन्दै चुम्बन गर्छ अनि कलेज जान्छ |
केहि महिना पछि छोरा भएछ की छोरी भनेर अस्पतालमा जचाउँन जान्छन् अनि डाक्टरले पनि छोरा भएको जानकारी दिन्छ |
" हाम्रो छोराको नाम के राख्ने त इन्दिरा ? "
" इन्द्र राख्ने की | मेरो नाम बाट 'इ' अनि तिम्रो नाम बाट 'न्द' |"
"मलाई मन पर्यो | तिमी कति जाति छौ |"
समय बित्दै जान्छ अनि ८ महिना २० दिनको दिन इन्दिरालाई व्यथा लाग्छ अनि मोटोघाटो साढे ३ किलो को छोरा जन्मिन्छ | सबै जना खुशी छन् | मुकुन्दको भाउजु र इन्दिराकी बहिनी मन्दीरा पनि आएका छन् |
"छोरा त ठ्याक्कै बाउ जस्तै छ त, आँखा, नाक र निधार उस्तै |"
"आं हाम्री दिदी जस्तै छ बाबु त, के कुरा गर्नु भएको तपाईंले |" मन्दीरा प्याच्चै बोल्छे |
"उसलाई दिदी जस्तो त लागिहाल्छ नि, होइन त साली नानी " सबै जना गललल हाँस्छन् |
बच्चा हुर्किदै जान्छ, इन्दिरा पनि आफ्नो पहिलो अवस्थामा आउदै गर्छे | बच्चालाई मन्दीराले हेरिदिने गर्छे र इन्दिरा पनि बिस्तारै बिस्तारै अस्पताल जाने गर्न थाल्छे | इन्दिराको कहिले नाइट ड्युटी पर्थ्यो अनि कहिले सबेरै बिहान पनि जान पर्न सक्थ्यो |
मन्दीरापनि दिदीको छोरालाई खान दिने स्याहारसुसार गर्ने गर्थी | घरको सम्पूर्ण काम गर्दिने गर्थी |
उ हेर्दा पनि एकदमै राम्री थिइ | लगाई खुवाई र चालढाल पनि उसको राम्रो थियो | पसलमा समान किन्न जाँदा केटाहरुलाई उसलाई जिस्काएर हत्तु हैरान पार्थे |
"कस्तो मात्तिएका छाडा गुण्डाहरु रहेछन्" भन्दै त्यहाँबाट भाग्ने गर्थी | अनि घर गएर बाथरुमको ऐनाअघि उभिएर " म राम्री छु ?" भन्ने प्रश्न आफैलाई सोद्धै मुस्कुराउँने गर्थी |
मुकुन्दलाई टाइफाइडले समात्यो | टाइफाइडको कारण भने बस्ने ठाउँमा उठेको पिलोले गर्दा रहेछ | इन्दिराको ड्युटीले गर्दा पनि उसले खासै स्याहार गर्न पाउँदिनिन् मुकुन्दको तर भ्याएको बेला भने गर्थी | मन्दीरालाई जिम्मा छोडेर जान्छे |
बिस दिन भएको थियो | मुकुन्दलाई पनि सन्चो भइसकेको थियो | छोरो पनि हुर्किदै थियो | कोहि नयाँ मानिसलाई घरमा देखे मुसुक्क हाँसी दिन्थ्यो | रमाइलो बातावरण छाएको थियो |
जाडोको महिना, लगातार ३ दिन नाइट ड्युटी परेकोले इन्दिराको टाउको दुखेछ | अनि उ आफ्नी साथीलाई फोन गर्छे |
"निलम, क गर्दै छौ"
"यत्तिकै बसीराको | तिमी नि ?" निलम बोल्छे |
"तिमी प्लिज आज ड्युटी बसिदेउ न | हिजो देखि मलाई अलिक सन्चो छैन त्यसैले घरमा गएर आराम गर्ने सोचे | यो नाइट ड्युटी पनि कस्तो झ्याउ है |"
"नो प्रोब्लम, तर म राति १०:०० बजे तिर मात्र आइपुग्छु है त |"
"हुन्छ, थ्यांकयु |"
निलमपनि आउँछे अनि इन्दिरा "बाइ" भन्दै घर तिर कुद्छे | उ घरको गेट खोलेर भित्र पस्छे अनि राती के घन्टी बजाएर सबको निन्द्रा बिगार्दिनु भनेर आफुसँग भएको साँचोले ढोका खोल्छे र आफ्नो कोठामा गएर बत्ती बाल्छे |
उ तीन छक पर्छे रमित देखेर | उसकी बहिनी र उसको श्रीमानसंगै आलिंगनबद्ध भएर एउटै पलंगमा सुतेको देख्दा | मन्दीरा खुरुरु दौडिदै आफ्नो कोठामा जान्छे | मुकुन्द भुइँमा हेर्दै टाउको झोक्राएर बस्छ | इन्दिराले मुकुन्दलाई एक झापड हानेर मुखमा थुकीदिन्छे र अर्को कोठामा गएर रुँदै बहिनीको कापल लुछेर कराउँन थाल्छे |
"तैंले आएर मेरो घर भाड्ने | तँ नकचरी अहिले निस्केर जा | यहाँ बस्न पर्दैन भन्दै मन्दीरालाई घिसारेर मूल ढोका बाहिर हालेर भित्रबाट चुकुल लगाउँछे | भंसा गएर डाडु र कुचो ल्याएर मुकुन्दलाई " पिचास, कुकुर, दिदी बहिनी सब केटीलाई आँखा लगाउने त चोर | जा त्यसैसँग " भन्दै डाडु र कुचोले ढाडमा बेस्कन हान्छे | अनि मुकुन्द पनि बच्नको लागि घर बाहिर गएर बाहिर बाट चुकुल लगाउँछ | इन्दिराले पनि भित्रबाट चुकुल लगाएर सोफामा रुँदै बस्छे | अनेकौ कुराहरु दिमागमा आउँछन् | बहिनीबाट त्यत्रो ठुलो धोकाको उसले कल्पनापनि गर्न सक्दिन र पुरुषजाति प्रति घृणा गर्न थाल्छे |
आज इन्दिराको पारपाचुके भएको तीन महिना दिन भयो | इन्दिराले मुकुन्दको आधि अंश पाई र उ एक्लै एउटा फ्ल्याट लिएर बसेकी छ | इन्दिराको हातमा कान्तिपुर पत्रिका छ | उ चिया पियुदै पत्रिका पढ्दै छे | उसको एउटा समाचारमा आँखा जान्छ |
"नेपालगंज, घरबेटीटोलमा घर हुने अन्दाजी २० वर्षकी मन्दीरा नाम गरेकी युवतीले आत्महत्या ......" चियाको कप भुइँमा खसेर फुट्छ |
Source : Katha sangrah

0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment