सम्भोगका बेला पाउने यौन सन्तुष्टीलाई पैसाले असर पार्ला ? अर्थात् धनी र गरीब
मान्छेमध्ये कसले बढि यौन सन्तुष्टी पाउला ? के गरीबले पैसाकै कारण चरम यौनआनन्द
बाट बञ्चित हुनुपर्छ ? सामान्य रुपमा बुझ्दा यस्तो हुनैसक्दैन । तर वास्तवमा
धनपैसाले मान्छेको यौन आनन्दमा साँच्चीकै असर पूराउँदो रहेछ ।
पछिल्लोपटक गरिएको एक अध्ययनले धनी मान्छेका
स्वास्नीहरुले सम्भोगका बेला बढि चरम आनन्द प्राप्त गर्ने गरेको देखाएको छ ।
अध्ययन
अनुसार लोग्ने जति धनी छ उसकी पत्नीले उतिधेरै चरम आनन्द प्राप्त गर्छिन्
।बेलायतको न्युक्यासल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार महिलाको
चरमआनन्दको दर
उनको पार्टनरको आयमा निर्भर गर्छ । शोधकर्ताहरुका अनुसार महिलाको चरम आनन्द
एकप्रकारको क्रमविकाशको अनुकुलन हो जसमा महिलाले उच्च क्षमता गुणयुक्त
पार्टनर
रोज्नेगर्छन् र त्यस्ता पार्टनरबाटै खुलेर यौनसन्तुष्टी लिन सक्छन् ।
उक्त शोधका क्रममा उनीहरुले चिनमा गरिएको एक विस्तृत जिवनस्तर सर्भेका तथ्यांकलाई
विश्लेषण गरिएको थियो । त्यसक्रममा १५ सय ३४ जना महिलाको तथ्यांकलाई विशेष रुपमा
अध्ययन गरियो । जहाँ लोग्नेको कमाइ बढि भएका १ सय २१ जना महिलाले आफुले सम्भोगका
बेला सधै चरम आनन्द प्राप्त गर्ने बताएका थिए भने निकै बिरलै मात्र आफुले चरम आनन्द
प्राप्त गर्ने गरेको बताउने २ सय ४३ जना महिलाका लोग्नेको कमाइ पनि निकै कम थियो ।
त्यस्तै मध्यमस्तरको कमाइ भएका झण्डै १२ सय जना महिलाले आफुले कहिलेकाहीँ मात्र यौन
आनन्द प्राप्त गर्ने बताएका थिए । ‘हुनत महिलाले यौन आनन्द प्राप्त गर्ने विषयलाई
विभिन्न जैविक तथा सामाजिक तत्वहरुले प्रभाव पार्छन् तर लोग्नेको कमाइ पनि महिलाको
चरमआनन्दमा ठूलो उत्प्रेरक बन्ने गर्छ’, शोधकर्ताहरुको ठम्याइ छ ।
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment