जेन्सी । यौन संपर्क नियमित सक्रियताले जति फाइदा गर्छ,
त्यसमा आक्कलझुक्कल सहभागिताले त्यति नै बेफाइदा गर्छ । नयाँ अध्ययनले दाबी
गरेअनुसार यौनक्रियामा कहिलेकाहीँ संलग्न हुनेहरूलाई हृदयाघातको आशंका
दोब्बर हुन्छ ।
यो निष्कर्षमा पुग्नुअघि हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले धेरै पुराना अनुसन्धानपत्रहरूको अध्ययन गरे । यसमा उनीहरूले के पाए भने यौन समागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमितता राख्नेहरूको हृदयाघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म बढी हुन्छ ।
यस विपरीत नियमित स्वस्थ यौनमा संलग्न हुनेहरूलाई मुटुको रोग लाग्ने सम्भावना अरूको दाँजोमा आधा कम हुन्छ ।
‘जामा’ जर्नलमा प्रकाशित उक्त अध्ययनका लागि अनुसन्धाताहरूले यसबारेका १४ भन्दा बढी पुराना अनुसन्धानहरूको विश्लेषण गरेका थिए । उनीहरूको विश्लेषण हृदयाघातको कारण के हुन सक्छ भन्नेमा केन्दि्रत थियो । त्यो अनुसन्धानमा ज-जसलाई हृदयाघातको जोखिममा कम पाइएको थियो, उनीहरू शारीरिक वा सेक्सुअल गतिविधिमा बढी संलग्न थिए ।
अनुसन्धानमा पाइएअनुसार मुटुसम्बन्धी खतरालाई सबै प्रकारका शारीरिक गतिविधिले ३.५ गुणा र यौनसम्पर्कले २.७ गुणासम्म कम गर्छन् । कसैलाई मुटुसम्बन्धी समस्या छ भने पनि नियमित शारीरिक गतिविधि वा सहवासले न्यून गर्न सकिन्छ ।
उक्त अध्ययनमा संलग्न जेसिका पालस भन्छिन्, ‘नियमित यौन वा अन्य शारीरिक गतिविधिले मुटुमा हुन सक्ने हानिलाई एक/दुई घन्टाका दरले कम गर्दै लैजान्छ ।’

0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment