आधारभूत रुपमा महिला र पुरुषमा समान हुने भए पनि
केही भिन्नता भने पक्कै देख्न सकिन्छ । यौन उत्तेजनाको
सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने
गर्दछ । यौन उत्तेजनात्मक कुराको सोचाइ वा परिकल्पना
एकातिर छ भने यौन संवेदनशील अंगहरूकै सीधा घर्षण
अर्कोतिर छ भन्ने हामीले बिर्सनु हुँदैन । प्रायजसो पुरुषको
तुलनामा अधिकांश महिलाहरुलाई चरम सुखको स्थितिमा
पुग्न केही बढी समय लाग्छ । महिलामा भगांकुरबाट प्राप्त
हुने यौन चरम सुख र योनिबाट प्राप्त हुने यौन चरम सुखमा
अन्तर हुन्छ । कतिपय अनुसन्धानकर्ताहरू महिलामा
भगांकुरबाट मात्र चरम सुख प्राप्त हुने कुरामा विश्वास गर्छन्
र यसको लागि भगांकुर घर्षणको आवश्यकता पर्छ । सही
तालमेल नमिल्नाले चाहेको मात्रामा यौनसुख प्राप्त गर्न
सकिंदैन । यसबारे दुवै जना यौनसाथीको बीचमा खुला र
स्पष्ट कुराकानी त्यसैअनुरुप यौनसन्तुष्टि बढाउने किसिमको
क्रियाकलापको खोजीमा निरन्तर लाग्नु जरुरी छ । पर्याप्त
प्राक्क्रीडा नै नगरी यान्त्रिक रुपमा सम्भोग गर्ने चलनले गर्दा
पनि दुवै यौनसाथीको बीचमा यौनसम्पर्कको बेलामा तालमेल
स्थापित गर्न अप्ठेरो पर्छ । एकले अर्कोलाई सक्दो मद्दत
गर्नुपर्ने हुन्छ ।
आफ्ना यौन क्रियाकलाप बारेमा राम्ररी छलफल गर्नुको साथै
दुवै जनाले साथसाथै चरम सुख प्राप्त गर्न पर्याप्त अभ्यास
गरेमा सफल हुन सकिन्छ । हामी यन्त्र होइनौं भन्ने कुरा
बुझनुपर्छ । राम्रो अभ्यासको वाबजुद पनि बरोबर
असफलता हात लाग्न सक्छ । त्यसैले निरन्तर अठोट र
प्रयासको आवश्यकता पर्छ । प्राक्क्रीडा गर्दा धेरैजसो
परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा
चलाउने आदि यौनक्रियाकलाप गरेर एक-आपसमा
यौनउत्तेजना बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका
अन्य संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छ ।
यसो गर्दा आफ्नो यौनसाथीको कुन-कुन भाग संवेदनशील छ
वा कुन-कुन अंग छोइएको मनपराउँछ भन्ने कुरा पनि
थाहा पाउन मद्दत मिल्छ । कसैले हल्कारुपमा छोइएको मन
पराउँछन् भने कतिले कडा किसिमले छोएको मन पराउँछन्
। यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई
चुम्बन गर्ने, चाट्ने, चुस्ने, थप-थप गर्ने, चिमोट्ने, माड्ने,
हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो
रुचिअनुरुप गर्न सकिन्छ । बिस्तारै यौन भावभंगीमा लुगा
फुकाल्दै जानु पनि प्राक्क्रीडा हुन सक्छ । कतिपय व्यक्तिले
एक-दुइ पल्ट यस्तो प्रयास गरेपछि सफलता हासिल नहुँदा
निराश भई कोशिश नै गर्दैनन् । पति-पत्नीको उत्तेजनाको
स्तरलाई हाराहारीमा ल्याई दुवै जनाले एकैसाथ यौन चरम
सुख पाउने अभ्यास गर्न सकिन्छ ।
Tuesday, 11 September 2012
Subscribe to:
Post Comments (Atom)
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment