विवाहपछि शारीरिक समपर्ण वा विलयले दुई अस्तित्वलाई जुन उचाइमा पुर्याउँछ, त्यो कुनै आध्यात्मिक अनुभूतिभन्दा कम हुंदैन । यसले विवाहित दम्पत्तीका सुमधुर सम्बन्धलाई सार्थकता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । विवाह पश्चात् निष्ठा एवं प्रतिवद्धताको प्रमाण शारीरिक मिलनले दिन्छ । यो मिलनले दुवैलाई गहिराइमा जोड्छ । जीवनका अनेकन उतार चढावका बखत दुई क्लान्त शरीर एक अर्काको सामीप्यमा पुनर्जीवित हुन पुग्छन् ।
प्रेमविहीन यौन आचारणले विवाहित जीवनलाई खोक्रो तथा यान्त्रिक बनाई दिन्छन् । जवकि प्रेमपूर्ण यौन व्यवहारले पति पत्नी दुवैलाई एक अर्काप्रतिको विश्वास समर्पण तथा आकर्षणमा विश्वस्त बनाउंछ । दाम्पत्य जीवनमा यौन चाहना एक अर्काप्रतिको प्रेमको प्रतिक हो भने विश्वास एवं समर्पण पनि ।
यौन सम्पर्कले सामञ्जस्यता माग्छ । दुवैको स्वीकृति तथा चाहनाले नै यौन व्यवहारलाई सार्थक एवं सन्तोषजनक बनाउँछ । यस विषयमा उत्पन्न हुने विवाद, मतभेद, चाहनामा भिन्नता, यसको उद्देश्यप्रतिको फरक दृष्टिकोण आदि सबैले आनन्दमा अंकुश लगाउने कार्य गर्छ ।
लाज, उदासीनता, इच्छा समय, सन्तुष्टि आदिले यौन व्यवहारमा दम्पतीको संलग्नताले अहम् भूमिका खेल्ने भएकाले यसप्रति कुनै एकको उदासिनताले दाम्पत्य जीवन निमको पात सरह तीतो हुने सम्भावना रहन्छ । यौन व्यवहारमा संलग्न भएर मात्र पुग्दैन यसमा नवीनता एवं रोमाञ्चकता ल्याउने काममा पनि पत्नी दुवै उत्तिकै उत्साही तथा सहयोगी हुनु पनि आवश्यक छ ।
यस बाहेक उचित समय तथा दुवै जना चाहनाका सम्बन्धमा सचेत त हुनुपर्छ नै साथै एक अर्काको यौन सन्तुष्टि र तृप्तिका सम्बन्धमा पनि एक अर्कालाई सहयोग गर्नु पनि उत्तिकै आवश्यक छ । उल्लेखित तीन विषय मध्ये पनि यौन तृप्ति अत्यन्तै संवेदनशील हुने कुरा मनोचिकित्सकहरू बताउंछन् । कैयन अवस्थामा पति अलिक लोभी हुन्छन् । उनको शरीर, मन बारम्बार सहवासका लागि आतुर हुन्छ जुन कुरा पत्नीको लागि रुचिकर हुंदैन, किनकि यसका केही निश्चित सीमा र परिस्थिति हुन्छन् ।
घर गृहस्थीका साथै आफ्नो अनेक कामकाज, थकान एवं तनावको समयमा पतिको यौन व्यवहारप्रति उत्साहित गर्ने प्रयासले पत्नीलाई -कैयन अवस्थामा) प्रतिवाद गर्नै पर्ने स्थितिमा पुर्याउँछ, जसले दाम्पत्य जीवनमा कलह उत्पन्न हुन सक्छ । जसरी ताली कहिल्यै एउटा हातले बज्दैन त्यसरी नै त्यस्तो परिस्थितिलाई निम्त्याउन नदिन जहां पतिले धैर्यतालाई अंगाल्नु पर्छ त्यही पत्नीले समझदारीपूर्वक स्थितिलाई सम्हाल्नु पर्ने हुन्छ ।
यौन व्यवहारमा अर्को महत्वपूर्ण पक्ष हो, समय र इच्छा । कैयन अवस्थामा पतिसित समयको अभाव हुन्छ । बाहिरको सबै काम सकेर थकित अवस्थामा घर पुग्न, खाना खाई सुत्नु कतिपय लोग्ने मानिसको दिनचर्या बन्न पुग्छ । एकातिर पतिको दिनचर्या यसरी नै बित्छ भने अर्कातिर पत्नी आफ्नो पतिको सामीप्यताको ब्याकुलतामै रहन बाध्य हुन्छिन् ।
समयको कमीले नै अनिच्छालाई जन्म दिन्छ जसले गर्दा दाम्पत्य जीवनका दुव सहयात्रीले एक अर्काबाट प्रशस्तै गुनासा सुन्नु पर्ने हुन्छ । प्रसिद्ध अमेरिकी यौन विशेषज्ञ डा. एथनी ग्रगनीका अनुसार विवाह सुरक्षा सहयोग समर्पण एवं सेवा भावको जन्मदाता हो भने सहवास दाम्पत्य जीवनको त्यो समीप्यता हो जसले विवाहको उल्लेखित उद्देश्यलाई पूर्ति गर्छ । अतः यौनलाई दाम्पत्य जीवनको हरेक मोडमा सक्रिय एव. जीवित राख्नु आवश्यकता छ । पति पत्नीले आ-आफूलाई यौन आकर्षणबाट भरिपूर्ण राख्नु पर्दछ ।
सहवासको माध्यमबाट एक अर्काप्रतिको लगावलाई अभिव्यक्त पनि गर्नु पर्छ । पति पत्नीबीचको सही केमिस्ट्री भन्नु नै यौन सम्पर्क हो । कहिलेकाहीं यो केमिस्ट्रीमा केही गलत आचरण एवं सोचका कारण असर पुग्छ । त्यस्तो अवस्थामा आफ्नो संवेदनालाई उजागर गरी आफूमा परिपक्व सोचाइको विकास गर्न जान्नु पर्छ, जसले गर्दा दुवैको केमिस्ट्री पुनः जीवित होस् ।
सहवासका बखत शरीरले मात्र प्राथमिकता पाउनु उचित होइन । शरीरका साथै भावनालाई पनि उत्तेजित गर्ने प्रयास गर्नु पर्छ । आफ्ना लागि उनको अस्तित्व तथा सामीप्यताको महत्वलाई अभिव्यक्त गर्नु आवश्यक छ । घनिष्ठता उष्मा एवं नरमीलाई पनि सहवासको महत्वपूर्ण हिस्सा मानेर त्यसलाई कायम राख्नु पनि उत्तिकै आवश्यक छ । अनि मात्र यौन जीवन सुखद् हुन्छ, सम्बन्धको घनिष्ठता एवं सामीप्यतामा प्रगाढता आउँछ ।
यौन सम्पर्क एउटा ऐना हो जसमा पति पत्नीको मानसिक, आत्मिक, शारीरिक एवं हृदयको स्तर प्रतिविम्बित हुन्छ । यो ऐनालाई कुहिरोभित्र लुक्नबाट बचाउन पति पत्नी दुवैले यथासम्भव प्रयत्न गर्नु पर्छ । यौन सम्पर्कलाई उज्ज्वल, सुखद, सन्तुष्टिदायक एवं जादुयी बनाउनु पर्छ नकि समाधान गर्न नसकिने समस्या वा सुल्झाउन नसकिने गाँठो ।
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment