Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Friday, 27 April 2012

Computer Speed Up Tips

1 कमेन्ट
हामीले दिनाहू जसो कंप्यूटर लाइ चलाउने गर्दछौ तसर्थ बिभिन्न कारण बश कंप्यूटर आफै स्लो हुने गर्दछ मैले जाने जाती को तरिका फास्ट गर्ने लेखेको छू आशा छ तपाईलाई मन पर्ने छ / र यो प्रभाबकारी हुने छ भन्ने आशा लिएको छू / 
१ . कंप्यूटर को C Drive मा अन्य अनाआवसेक फाइल हरु नराख्ने , windows बाहेक इन्स्टाल नगर्ने /
२. C Drive सके सम्म आधी भन्दा बढ़ी भाग खाली राख्ने /
 
















३. कंप्यूटर लाइ महिनाको एक छोटी De Fragments गर्ने गर्नु होस / 
 यो तरिका Windows XP को लगी मात्र हो मेरो मा त्यही छ त्यसैले

































tapaai को कंप्यूटर आफै Di fragment हुन्छ

४. सके सम्म Windows Service Pack 3 राख्नुहोस यसले हद सम्म कंप्यूटर लाइ फास्ट गर्ने गर्दछ /
५. हटाउनुहोस  spyware, र  viruses बाट बचाउनुहोस /  ( Anti Virus राख्नु होस रा समय समय मा अपडेट गर्दै गर्नुहोस / )
६. अनावसेक फाइल हरु डिलेट गर्नु होस अथवा हटाउनु होस /
७. तपाईको कंप्यूटर मा हिस्ट्री धेरै भएर पानी स्लो हुन्छ त्यसैले हिस्ट्री डिलेट गर्ने गर्नु होस / 
८. एउतै फाइल दुई तीर छ भने रेमोवे गर्नु होस जसले गर्दा तपाईको कंप्यूटर मा डिस्क बच्ने गर्दछ / 
९ . Temperature घटाउनुहोस ( RUN मा गई % TEMP % टाइप गारी इंटर गर्नुहोस र अनावासेक फाइल डिलेट  गर्नुहोस / )  photo मा हेर्नु  होस 
१०. Recycle bin खली गर्ने गर्नुहोस
                   

 
Read more...

Thursday, 26 April 2012

इन्टरनेट बंद हुने चेतावनी

1 कमेन्ट
दुई महीना पछि तपाईको आफ्नो लापटप , कंप्यूटरमा इन्टरनेट चलौना खोज्दा कुनै पनी साईट नाखुलने स्थिति औना सकने चेतावनी अमेरिकाको FBI ले दी रहेको छ / यदि तपाई प्रभाबित हुनु हुन्छ भने तपाईले  FBI भने बमोजिम गर्नु पर्ने हुन्छ किनकी Hacker हरुले windows XP को कम्जोरीको कारनाले गर्दा बिस्व भरिमा ७०००० भन्दा बढ़ी कंप्यूटर लाइ नियंत्रनमा लिएको छ बिभिन्न सॉफ्टवेर डाउनलोड गराई एंटी भाइरस लाइ मात्र बंद गरेको नभएर इंटर नेट को DNS लाइ समेत बिगरिदिने गरेको छ तसर्थ नाबुझिकन कुनै पानी सॉफ्टवेर install नगर्नुहोस / FBI को अनुसार यही जुलाई ९ तारीख बी.स २०६९ असार २५ गाते देखि यस्तो प्रॉब्लम आउने संभावना छ है .
तपाईको कंप्यूटर लाइ बचाउन चाहनुहुन्छ भने FBI को Security Partner को वेबसाइट मा गएर संक्रमित हो की हैं भने थाहा पाउनुहोस     /

 

Detect मा click गर्नु होस रा थाहा पाउनु होस तपाई को कंप्यूटर संक्रमित छ की छैन भनेर /

मेरो ता संक्रमित रहेनछ तपाई kओ कताई छ की चेक गारी हाल्नुस    अहिले नै जानुहोस  
आशा छ तपाईको कंप्यूटर सदैब ठीक होस /       
Source : साप्ताहिक सुक्रबार 
Read more...

Wednesday, 25 April 2012

आनलाइन Youtube को विडियो डाउनलोड गर्नु होस

1 कमेन्ट
धेरै जसोलाई यो सरल तरिका आउछ होला तर अली थोरे कम ज्ञान भएको ब्याक्तिलाई यो जानकारी उपयोगी हुन सक्दछ . तपाईले सरल रुपमा यौतुबे  को विडियो डाउनलोड गर्न सक्नु हुनेछा तपाईले चाहानु भएको Format  मा . यो सुबिधा प्राप्त गर्न   तपाईले Java डाउनलोड गर्नु पर्ने हुन्छ . 
Step by Step 
१ . सबै भन्दा पाहिले तपाईलाई मन पर्ने गीत , फिल्म , जे चाहानु हुन्छ Youtube मा खोजी गर्नु होस  र लिंक  कॉपी  गर्नुहोस 
 

















२ . तपाईले कपि गर्नु भएको लिंक यो लिंकमा पेस्ट गर्नु होस














र अन्त्यमा डाउनलोड मा क्लिक गर्नुस र तपाईलाई चाहिने format मा क्लिक आफुलाई मन पर्ने गीत , भिडियो र फिल्म साथै थुप्रै चीज़ डाउनलोड गर्नुस / धन्यबाद

यसबाट पानी हुन्छ है डाउनलोड सजिलै संग यस मा पनी Java चाहिन्छ  / java Install गरी सके पछि मात्र डाउनलोड गर्न सकिन्छ
Read more...

कंप्यूटर रिस्टोरे गर्ने तरिका

1 कमेन्ट
System restore ले तपाईले अनजान बस remove गर्नु भएको फाइल लाइ recover गारी दिन्छ र पुरानै अवस्था मा फरकाई दिन्छ  साधारण तरिका हो यो १ देखि सुरु गर्नु होस .
 १ . सबै भन्दा पहिला Start  मेनू मा क्लिक गर्नुहोस .





















  २.  त्यस  पश्च्यात All  programs हुदै Accessories  मा जानुहोस











३ . अब system  tools  हुदै system  restore  सम्म जानू होस रा क्लिक गर्नु होस
 ४. यो पेज खुल्ने छ 
















५. अब next मा क्लिक गर्नुहोस र 
६ . अब तपाई लाइ चाहिने डेट मा लगेर next  गर्दै जानू होस र आफै restart  हुन्छ र पछि open  भै सके पछि तपाई ले ओके थिच्नु होस तपाई को काम सकियो अब तपाईको कंप्यूटर पुरानै अवस्था मा पाउनु हुने छ . 

system  restore  गर्दा के ही हद सम्म कंप्यूटर बने पानी यसले crack पनी गर्न सक्छ तसर्थ गर्ने पर्ने अवस्था माँ मात्र गर्नु राम्रो हुन्छा  
Read more...

Disable अथवा Enable USB mass storage device

3 कमेन्ट

 यदी तपाईं पनि आफ्नो कम्प्युटरमा USB Drive लाई DIsable / Enable गराउन चाहनुहुन्छ भने मैले यहाँ तल केहि तरीका दिएको छु यदी तपाइंले आफ्नो कम्प्युटरमा USB Disable गर्नु भयो भने चाहे जती सुकै चोटी तपाईं USB लाई आफ्नो कम्प्युटरमा लगाउन कोशिस गर्नुस कम्प्युटरमा Install त हुन्छ तर तपाइंले USB को कुनै पनि Programs देख्नुहुदैन र Drive पनि देखिदैन सबै कुरा लुकेको हुन्छ किनकी तपाईं आफैले USB Drive लाई Disable गर्नु भएको छ र यसमा खास फाइदा चाहिं के छ भने यदी तपाइंको कम्प्युटरमा कोही साथीहरु आएर ईजाजत बिना नै तपाइको कम्प्युटरमा USB लगाउँछन् र USB मा कती Virus छ थाहा छैन SCAN पनि नगरी Direct चलाउछन् अथवा तपाईं आफैलाई जो कोइ पनि आएर कहिले मोबाइलमा गीत हाल्नु पर्यो भन्ने त कहिले USB मा गीत हाल्नु पर्यो भन्ने यस्तै समस्याले मलाई पनि धेरै दिन देखी सताइराखेको थियो र Google Search engine मा खोज्न थाले की कसरी USB लाई आफ्नो कम्प्युटरमा Disable गराउने बल्ल फेला पर्यो र अहिले म ढुक्क छु यदी कोहि USB को काम लिएर म कहाँ आयो भने म उसलाई भन्छु की यस कामको लागी अन्तै जानु मेरो कम्प्युटरमा USB ले काम गर्दैन नपत्याए आँफै check गर्नु भनिदिन्छु र लुरुक्क आफ्नो बाटो लाग्छन र आफुले चाहेको बेला केहि सेकेन्ड मा नै Enable पनि गराउन सकिन्छ र यसलाई कुनै Sotwer को जरुरत पनि पर्दैन

 
१. Win logo+ R key थिचेर Run file खोल्नुहोस र त्यहाँ 'Regedit' Type गरी Ok बटन दबाउनुहोस

२. त्यसपछी Registry Aditor खुल्नेछ र त्यहा तल यो Message HKY_LOCAL_MACHINE \ SYSTEM \ CurrentControlSet \ Services \ USBSTOR सम्म गएर USBSTOR मा CLick गर्नुहोस र Right Side मा रहेको 'Start' मा Right click गरी 'Modify...' मा Click गर्नुहोस

३. त्यसपछी त्यहा अर्को नया Dialog Box खुल्नेछ र त्यहा 3 लेखेको हुनुपर्दछ र त्यसलाई Delete गरी 4 लेख्नुहोस र Ok Button दबाउनुहोस

अब सबै फाईल बन्द गर्नुहोस र USB Computer मा लगाएर हेर्नुहोस Computer मा आउने छैन र यदी तपाईं यसलाई Enable गराउन चाहनुहुन्छ भने यही माथीको नियम Follow गर्नुहोस अनि 4 लेखेको ठाउँमा 3 लेखी Ok गर्नुहोस धन्यबाद।
Read more...

Windows is checking for a solution to the problem...

1 कमेन्ट

        तपाईं हामीलाई थाहा भएकै कुरा हो की हामी बिना इन्टरनेट को कम्प्युटर चलायो भने नुन नहालेको तरकारी जस्तै खल्लो हुने अनुभब गर्छौं तर त्यहि इन्टरनेट ले बेल-बेलामा समस्या देखाउने गर्यो भने हामीलाई कती धेरै कस्ट हुन्छ अझ खास भन्नु पर्दा फेसबुक चलाइरहदा त्यस्तो समस्या देखिनु पर्छ जस्तै तपाईंलाई एउटा पेजबाट अर्को पेजमा जानु पर्यो भने Internet explorer cannot display the webpage, Windows is checking for a solution to the problem... etc अनि तपाइंले खोलेको सबै webpage बन्द भैदिने या त बन्द गर्न खोज्दा पनि बन्द नहुने यस्ता स-साना समस्याहरुले गर्दा हामीले हाम्रो कम्प्युटरला ठटाउने गर्दछौं त्यसैले आज यसै बिषयमा मैले Windows is checking for a solution to the problem... को लागी एउटा ट्रिक बोकेर उपस्थीत भएको छु यदी हजुरको कम्प्युटरले पनि यस्तै समस्या पटक-पटक देखाईरहन्छ भने तलको ट्रिक अपनाउनुहोस


१. पहिला आफ्नो कम्प्युटरको Start बटनमा क्लिक गरेर Search bar मा Choose how to report Problem टाईप गरेर Enter बटन दबाउनुहोस अथवा देखिएको प्रोग्राममा माउस लगेर त्यसलाई खोल्नुहोस

२. अब त्यस प्रोग्रामलाई खोलिसकेपछी एउटा अर्को Windows खुल्नेछ र त्यहाँ हेर्नुहोस हजुरलाई ३ options दिएको हुन्छ र हजुरले त्यहाँ Never check for solutions (not recommended) मा check mark लगाएर ok button दबाउनुहोस

बधाई छ तपाइंलाई तपाइंको समस्या हाल भयो अब छुट्टै आनन्द लिनुहोस् धन्यबाद |
Read more...

Internet explorer cannot display the webpage

1 कमेन्ट

       के तपाईंले पनी बारम्बार यस्तो समस्या भोगीरहनु भएको छ Internet explorer cannot display the webpage हो तपाईंले जती चोटी प्रयास गर्नुभए पनि एक पेज बाट अर्को पेजमा जानको लागी बारम्बार यही message आउने अनि अर्को पेज खुल्दै नखुल्ने र फेरी पहिलाकै पेजमा जान खोज्दा पनि नहुने फेरी त्यहि message आउने दिक्क पारीसक्यो छैन केही उपाए पुरै Windows नै बन्द गर्नु पर्ने हुन्छ र फेरी खोल्यो भने मात्रै हुन्छ तर त्यसरी Windows नै बन्द गरेर खोल्नको लागी पनी त समय लाग्छ त्यसैले आज मैले यसलाई Windows बन्द नगरी कसरी समाधान गर्ने त भन्ने बारेमा चर्चा गर्न जाँदै छु हुन त मैले पहिला नै लेखिसकेको छु यस्तै समस्या हुने windows is checking for a solution to the problem तर त्यो भने तपाईंको अर्कै समस्या हो र यो अर्कै हो त्यसैले आउनुस तल हेरौं

१. जब तपाईं एक पेजबाट अर्को पेजमा जानु पर्दा खुलेन भने यस्तो चित्र अर्थात message दिन्छ तल हेर्नुहोस यदी त्यसो भएमा तपाईंले Diagnose connection problems मा क्लिक गर्नुहोस

२. त्यसपछी अब अर्को Pop up Windows खुल्नेछ र तपाईं केही समय पर्खनुहोस

३. त्यसपछी आँफै फेरी अर्को Pop up Windows खुल्नेछ र त्यहाँ हजुरले तल Close बटन थिच्नुहोस

यो तरीकाबाट तपाइंले खोल्न खोजेको पेज अब Automatic खुलिनेछ तर सधै को लागी भने समस्या हल भनेको छैन / यदी हजुरले जती पटक पेज खोल्न खोज्यो त्यती पटक नै यस्तो message Internet explorer cannot display the webpage देखीएमा हजुरले पटक-पटक यो माथीको उपाय अपनाएर आफुले खोल्न खोजेको पेज सजिलै संग खोल्न सक्नुहुन्छ धन्यबाद 

र तपाईको  समस्या  अर्कै  हुन  सक्छ Virus ले पनी हुन सक्छ / साहेद virus को कारण setting बिग्रेर समस्या भोगी रहनु भएको छ भने यो tool ले तपाईंलाई मद्त गर्न सक्छ ।
Complete Internet Repair नामको यो Tool आफ्नो नाम अनुसार नै तपाईंको कम्प्युटरको Internet सँग सम्बन्धित लगभग सबै समस्याहरुको समाधान गर्नको लागि उपयोगी छ । यसमा तपाईंले धेरै बिकल्प (option) हरु पाउनु हुनेछ र आफ्नो इच्छा अनुसार बिकल्पहरु छानेर वा सबै बिकल्प एकैचोटी छानेर आफ्नो windows को मुल internet Setting प्राप्त गर्न सक्नु हुनेछ ।
It could help if you are experiencing any of the following problems:
@ Internet or network problem after removing adware, spyware, virus, worm, Trojan horse, etc.
@ Loss network connection after installing/uninstalling adware, spyware, antispam, vpn, firewall or other networking programs.
@ Unable to access any webpage or can only access some webpages.
@ Pop-up error window with network related problem description.
@ No network connectivity due to registry errors.
@ DNS lookup problem.
@ Fail to renew the network adapter’s IP address or other DHCP errors.
@ Network connectivity issue with limited or no connections message.
@ Windows update does not work
@ You are having problems connecting to secured websites (ex. Banking).
@ Internet Explorer stopped working or crashes all the time.
@ Other networking problems.

जम्मा 438 KB को Complete Internet Repair एकदम सजिलो Utility हो । यसलाई तपाईंले कम्प्युटरमा Install गरिराक्नु पर्ने जरुरी पर्दैन । बस यसलाई Unzip गर्नुहोस् र ClntRep.exe नामको फाइल Run गरिदिनुहोस् ।
Version: 1.2.8.1280
Release Date: August 5th 2011
System Requirements: Windows XP, Windows 2003, Windows Vista, Windows 7
Disk Space: 1 MB


यदि यसले पनी रिसेट नभएमा यो सॉफ्टवेर डाउनलोड गर्नु होस 
यो सॉफ्टवेर यस्तो देखिन्छ र यसको फिक्स मा क्लिक गर्नु होस 
र रिस्टार्ट  हुन्छ सम्भबत : पूर्ण रूपले बनी सकेको हुन्छ 
यो सॉफ्टवेर fire fox , internet explorer , Google Chrome मा समेत उपयोग हुन्छ
  WinSockFix
Read more...

Windows xp मा password बिर्सीनुभायो

4 कमेन्ट

  के तपाईंले windows xp मा password बिर्सिनुभयो नआत्तिनुहोला किनकी तपाइँ सहि पेजमा आइसक्नुभएको छ त्यसको समाधानको लागी यदी तपाइँको कम्प्युटर microsoft windows xp हो भने म तल केहि उपाए सिकाउदै छु अबस्य प्रयोग गर्नुहोला|

१. सबैभन्दा पहिला Desktop को (start) बटन मा क्लिक गर्नुहोस |

२. अनि (my computer) मा right click गरेर (manage) मा क्लिक गर्नुहोस |

३. अब (local users and groups) मा क्लिक गर्नुहोस |

४. फेरी Users मा क्लिक गर्नुहोस |

५. अब right side (Administrator) मा right klik गरेर (set password) मा क्लिक गर्नुहोस |

६.साबधान रहनुहोला किनकी अब त्यहाँ 3 option दिएको हुन्छ जस्तै>>>(proceed) (cancel) (help) तपाईं मात्र (proceed) मा क्लिक गर्नुहोला |

७. अब (new passwor) मा तपाइँले चाहेको अंक अथवा अक्षर जे भए पनि हुन्छ त्यहाँ password हाल्नुहोस र (conform password) मा माथी new password मा राखेको password तल दोहोर्याउनुहोस र (ok) बटन थिच्नुहोस password थोरैमा पनि ८ ओटा हुन जरुरि छ |

८. अब password has been set भनेर warning letter आउँछ तपाईंले केवल (ok) बटनमा थिच्नुहोस |

९. तयार भयो तपाईंको नया password पुरानो password मेटियो र तपाइँ यो password पनि हटाउन चाहनुहुन्छ कम्प्युटरमा कुनै पनि password नराख्ने सोचाइमा हुनुहुन्छ भने start--control panel हुँदै user acount मा गएर acount remove गर्न सक्नुहुन्छ धन्यबाद |
Read more...

अब प्रत्यक Folder मा Password राख्नुहोस Winodws XP

3 कमेन्ट

तपाइँका कती आबश्यक डकुमेन्ट अथवा फाइलहरु होलान की त्यस्ता फाइलहरु तपाईं अरु कसैलाई पनि देखाउन चाहनुहुन्न तर पनि जबर्जस्ती हेरिदिन्छन के गर्नु कुनै सुरक्षा नभएपछी परीबारमा तपाईं एक्लो पनि त हुनुहुन्न होला कम्प्युटर चलाउनेमा त्यसैले तपाइंले आफुले चाहेको फाइलहरु गोप्य रुपमा राख्न नसक्नु भएको हुन त आफुलाई गोप्य राख्न मन लागेको फाइललाई लुकाएर (Hide) गरेर पनि राख्न सकिन्छ तर त्यसरी राखिएको फाइलहरु अरु जो कसैले पनि सजिलैसंग हेर्न सक्छ त्यसैले आज मैले हजुरको लागी अब आफुलाई गोप्य राख्न मन लागेको फाइललाई पास्वोर्डले प्रोटेक्ट गर्ने टिप्स लिएर आएको छु कस्तो लाग्छ हजुरलाई अबश्य एकचोटी प्रयोग गर्नुहोला
१. सबैभन्दा पहिला आफुले कुन फाइललाई पास्वोर्ड लगाउन खोजेको हो त्यो फाइलमा Right click गर्नुहोला

२. अब Right click गरिसकेपछी Properties मा क्लिक गर्नुहोस र नयाँ Pop up windows खोल्नुहोस
३. त्यहाँ pop up windows खोलिसकेपछी Sharing मा क्लिक गरेर तल Make this folder private मा check mark लगाउनुहोला र तल Apply बटन थिच्नुहोस

४. Apply बटन थिचेपछी एउटा pop up windows खुलेर तपाइंलाई सोध्नेछ Do you want to create a password for yourself र तपाइंले YES बटन थिच्नुहोला

५. Yes बटन दबाएपछी अर्को एउटा पास्वोर्ड बनाउनको लागी नया Windows खुल्नेछ त्यहाँ Create a new password and Confirm a new password मा आफ्नो पस्वोर्ड राख्नुहोस password hint मा भने खालि छोडीदिनुहोला र तल create password मा क्लिक गर्नुहोस र password Windows बन्द गरिदिनुहोस

६. त्यसपछी त्यहाँ Properties dialog box मा Ok batan थिच्नुहोस

अब कसैले पनि तपाइंको पास्वोर्ड बिना त्यस फाइलको सदुपयोग गर्न सक्दैन र यदी त्यहाँ Ziped फोल्दर छ भने तपाईं त्यसलाई एक unique password दिन पनि सक्नुहुन्छ
त्यस Ziped folder लाई double click गर्नुहोस र top menu मा रहेको file मा क्लिक गरी Add a password मा क्लिक गर्नुहोस

७. अब खुलेको box भित्र password type गर्नुहोस र confirm password पनि type गर्नुहोस र OK बटन थिच्नुहोस

८. अब त्यस फाइललाई केवल तपाइंले मात्र चलाउन सक्नुहुन्छ अरु कसैले पनि चलाउन सक्दैन तपाइंले password नखोलिदिए सम्म
Read more...

Tuesday, 24 April 2012

रुपाको जिन्दगी (कथा)

1 कमेन्ट

जानकी जानु, कुवेत
  “फूल भनि बिछ्याएर काडाँ माथि राख्यो मलाई”
मौसमसँग बदलिएको ऋतु, बसन्तसँग फक्रिएको फुल, कल-कलाउँदो जवानी जिन्दगीको खेल बन्छ । यसरी नै रुपा पनि आफ्नो कल-कलाउँदो जवानी मरुभुमिमा फुले जस्तो भईन, रुपाको जिम्मेवारीमा चार बहिनिहरु परेका थिए । बिचरी आमा भोको पेट पटुकि कसी छोरीहरुको मुखमा आहारा पुर्‍याउँथिन तर रुपाकी आमालाई दिन-दिन मुटुको रोगले शिथिल पारिसकेको थियो त घर व्यवहार रुपाको काँधमा पर्‍यो । झरी-बादल न भनी आमा बैनिहरुलाई बिहान बेलुकाको छाक जुटाउँथिन रुपा, रोगि आमा साना बैनिहरु र आयस्रोत कतैबाट नहुँदा पढाईलाई अगाढी बडाउन सकीनन् रुपाले, बाबाको पनि जन-आन्दोलनमा परि मृत्यु भयो भनि रुपाको घरमा बिहान बेलुका चुलो बाल्न पनि धौ-धौ थियो । बलेको आगो पो सबले ताप्छन निभेको कस्ले ताप्ने ? सोह्र सत्र बर्षकि रुपा घरदेखी लिएर बाहिरको काम धन्दा सबै सिध्याउन पर्थ्यो । समयमा स्कुल जना पनि पाउथिन सोह्र सत्र बर्षको उमेरमा कसलाई रहर हुँदैन र मिठो खान राम्रो लाउन तर रुपाको ईक्षा आकांक्षा भने सपना जस्तै भयो, रुपाको मनमा एउटै मात्र सोच पैसा कसरी धेरै कमाउने आमा र बैनिहरुलाई सुखमा राख्ने चाहना भयो ।
रुपाकी साथी रेनु पोखरा डान्सबारमा काम गर्थी, उसले रुपालाई पनी डान्सबारमा काम लगाईदिई, रुपा डान्सबारमा काम गर्न थालिन, रुपामा रुपको कुनै कमि थिएन, जिउडाल मिलेकी करिश्मा भन्दा कमी थिएन तालमा चाल मिलाउन बसेकाको पनि के कम त्यस्ती राम्री पाए पछि त नम्बर वान बनाउनी नै भए बिचरी रुपालाई के थाहा उसको शरीरको बिक्री भईराखेछ भनेर । एग्रिमेन्टमा पनि पन्ध्र हजारको नगद पाउँदा रुपाले बैनीहरुको पढाई र आमाको उपचार हुने भयो भनि खुशिले आँखाभरी आँशु पारि रुपा गरिबीले गर्दा आफ्नो जिन्दगीको कुनै ख्याल राखीन । रुपाको एउटा मात्र लक्ष्य थियो बैनीहरुले चाहेसम्म पढाउने र आमाको मुटुको उपचार गर्ने दिन बित्दै रुपाको जवानी फुल्दै गएको थियो रुपालाई नचाउनको लागी कहिले धरान कहिले काठमान्डौ त कहिले बिर्तामोड पुराउन थाले । रातको बाह्र बजे एक्लै कोठामा जानुपर्ने यसै क्रममा रुपालाई ठमेलमा पुलिसले बेश्या बृतिको आरोपमा पक्राउ गर्‍यो सरकारको नुन खाएर कानुन चलाउन बसेकाको के कुरा जता सङ्ख फूक्यो उतै कुकुर भूक्यो भने झै जेल भित्र पनी उनको शरीरमा हातपात गर्न थाले ।
बिचरी रुपा कलिलै उमेरमा भोग्नु परेको यातना धेरै पिडादायी भयो । आफूलाई काम दिने साहुले पनी कुनै वास्ता गरेन, रुपालाई त्यो नर्क जस्तो जेलबाट कसले निकाल्ने ? जेलबाट निस्कन पनि बिस हजार धरौटी राख्नुपर्ने हुँदा उनले चार पाँच महिना जेलमै गुजार्न बाध्य भयो । हाम्रो देशमा सरकारले कानुन बनाएको के त्यस्तै गरिबिमा पिल्सिएकाहरुको लागी हो ? यसै कारण गरिब जनताहरु आक्रोशको ज्वाला निकाली आतंकबाद बन्न पुगेका हाम्रो देशमा गरिबहरुको लागि कानुन छैन जहाँ जसले पैसा फ्याँक्यो त्यहाँ तमसा देख्यो । हो आज रुपालाई प्रत्येक ठाउँमा नचाई पैसा बर्षायो त्यही साहु मदनले रुपाको पिठ पछाडी छुरा धस्यो । केही महीना पछी रुपा जेलबाट निस्की घरमा पुग्दा आमा मृत्युको मुखमा पुगिसकेकी थिईन । आफ्नी आमालाई अन्तिम पटक पनि मुखमा पानी दिन पाईन बैनीहरुलाई गाउँका छिमेकीले घाँस दाउरा गर्नको लागी गोठालो राखेछन्, रुपालाई गाउँमा देखेपछि गाउँ समाजले थुक्न थाले यस्ती बेस्या यो गाउँमा बसि भने त हाम्रो गाउँको छोरीचेली पनि बिग्रन्छन आज रुपालाई आफ्नो गाउँ समाजले शरण दिनुको सट्टा गाऊँबाटै निकाला गरिदियो ।
बिचरी रुपा जाओस कहाँ बैनीहरुलाई लिएर फेरी काठमान्डौ लागी गहभरी आँशु लिएर । बैनीहरुको मुखमा हैर्दै आफुलाई धिकार्न थालि बौद्धमा उनले चिनेकी एक दिदी थिईन, आफुसंगै डान्सबारमा नाच्ने गर्दिरहिछिन उन्को कोठामा दुइचार दिनको बसाई भयो । साथमा चार बैनी भएकोले धेरै दिनसम्म कहाँ आश्रय मिल्थ्यो र ? होटलमा भाँडा माझी बैनिहरुको पेट भर्ने गर्थिन, होटलको साहुले रुपालाई बिदेश जानको लागि सल्लाह दियो, रुपाले बैनिहरुको लागी केही न केही काम गर्न पर्थ्यो, उन्ले इन्कार गर्न पनि सकिनन तर बैनिहरुको कुनै बसोबास नहुँदा अन्यौलमा परि होटल मालिकले अनाथ आश्राममा लगी छोडिदियो । रुपा बैनिहरुलाई झम्टी रुन थालि । उता भने होटल साहु मादन दलाल भनाउँदोले रुपालाई कति खेर बिदेश पठाउने र एक, डेढ लाख हात पार्ने दाउमा थियो । रुपाले बैनीहरुसंगै बसि घरेलु कारखानमा काम गर्ने कुरा बताईन तर दलाली गर्न पल्केकाहरु अनेक थरि बाहना बनाई रुपालाई बिदेश भित्रायो जब रुपा कुवेत एयपोर्टमा पुगिन, उनलाई कुवेती सेंठ लिन आयो र रुपलाई हसबिया पुर्‍यायो । घर भित्रको काम इङ्गिलिश थाहा थिएन र अरबिक भाषा नबुझ्दा काम गर्न साह्रै गाह्रो भएको थियो, उता भने दलालीले रुपालाई बेचि एक लाख हात पार्‍यो । यता भने रुपा पिँजडामा थुनिएको मैना चरी जस्तै भइन ।
आफ्नो भन्ने बैनिहरु थिए, बैनिहरुसंग पनि सम्पर्क बिहीन भईन आफ्नो भन्ने कोही भएन । अरबिकको घर भित्र गर्न परेको काम भने रुपालाई अति नै गाह्रो भयो, ईलेक्ट्रिकबाट चल्ने भ्याकुम मेशिन चलाउन देखी घर भित्रको काम सबै सिध्याउन पर्थ्यो, घरको सारा काम एक्लै गर्नु पर्दा रुपा बिमार परिन । साहुले बिमार हुँदा पनि सारा काम न सिध्याए कोर्राले उनको जिउभरी निलडाम बस्नेगरी पिट्थे त कहीले तातो पानी शरीरमा खनाई दिन्थे । बिचरी रुपाको चित्कार कस्ले सुनीदिने ? उ माथि भएको अत्यचार देखी भागेर पनि कहाँ जाओस, हसबीया जस्तो ठाँउबाट निस्केर हिड्न पनि खतरा थियो । आज रुपाको त्यो सौन्दर्य रुप रुपाको भएन तातो पानी र खजुरको डाँठले छियाछिया भएको छ, यस्तै अन्याय अत्यचार सहँदा सहँदै सात आठ महिना गुजारिन ।
रुपालाई अब बाँकी रहेको एकमुठी सास बैनीहरु सामु पुराउने आशमा अरबिको घरबाट भागिन तर बाहीर पनी त्यही त हो बाटो ढुकेर बसेका ब्वाँसा शिकार खेल्नको लागी दाउ पारेका हुन्छन एउटी कामवालीसंग उसको भेट भयो । काम लगाई दिने आशमा कोठी भित्र पुराइ त्यहाँ पनि आफ्नो जिन्दगीको खेती लगाउन पर्‍यो रुपालाई, हजारौ दिदीबैनी आ-आफ्नो बाध्यताले जिन्दगिको गुजरा चलाउन परेको छ रुपालाई सधैभरी दु:ख र कठीनाईले पछ्यायो । बिचरी रुपा सपनाको संसारमा डुब्न छोडि आफ्नो जिन्दगीको दु:खाईलाई अन्तिम घडिसम्मको बाटो सम्झेकी छे । हो आज रुपालाई बिदेशमा भोग्नु परेको यातना अब कुनै दिदीबैनीलाई भोग्न नपरोस भनी आवाज उठाएकी छे, दलालीको फन्दामा परी बिदेश भित्रीएका चेलीहरुको लागी कुनै पनी कानुन नभएको हुँदा बिदेश भित्रनेको क्रम बढ्दै गएको छ, अनि गाईबस्तु सरह बेचीनु परेको छ । त्यसैगरी रुपालाई पनि होटल साहु मादनले पैसाको लालाच देखाई माछोमाछो भ्यागुतो बनाएको छ । दलालबाट ठगिएकी रुपा यो मरुभुमिमा अनेकौ यातना भोग्नु पर्‍यो, आज रुपाले जिउनको लागी जिन्दगीलाई एक मसिहा खेल बनाउन बाध्य भइन, समाजको तिरस्कार रेगिस्तानको यातना मुटु भित्रको रोग बनेको छ, रुपा र उनको बसन्तको बहारमा फुलेको रुप आँशुको तलाउमा डुबेको छ ।
यो एउटा कथा मात्र हो कसैको वास्तविकतामा मेल खाएमा संयोग मात्र हुनेछ ।
Source : Kuwaitnepal.com 
Read more...

सानीको पराइ घर- सुभद्रा भण्डारी

1 कमेन्ट

आज मलाइ कता कता आफ्नो बाल्यकालको यादले मन पोलिरहेछ । बिर्सन खोज्छु ,फेरी त्यहि यादले धच्धच्याइरहन्छ । म साँनी छदाको मेरो बाल्यकाल र म हुर्केको समाज अनी मेरो सानो सुन्दर परिवार । कति कठोर र कठिन परिस्थिती थियो अहिले त कहाली पो लागेर आउछ  । डरै डर र त्रासै त्रासमा गुन्जिरहने नारी  बेदनाहरु समाजमा नगन्य थिय । मलाइ आज सानीको बच्पन  कोर्न मन लागिरहेछ ,खै किन किन बालसखीहरुको सम्झनामा म धेरै डुबिरहेछु ।पहाडै पहाडको कुनामा सुनसान सानो बस्ती थियो ,त्यहि  बस्तिमा जन्मिएकी थीइ सानी ।  छुट्कुरी ५ जनाको परिवारमा कान्छी भएकीले सानी भनेर बोलाउथे उनलाई   । सानीलाई प्राय  सबैले माया गर्थ्ये अझ सबभन्दा बढी माया त सानीको बाबाले गर्नु हुन्थ्यो । सानीको गाऊ अशिक्षा र अन्धकारले ग्रस्त थियो । छोरीलाई पढाउनु हुदैन , सानैमा विवाह गरे पुन्य मिल्छ , छोरीलाई घरबाट बाहिर जान दिनु हुदैन जस्ता अनेकन कुराहरुले   हुर्केकी छोरीको चिन्ता समाजलाई नै बढ्थ्यो । सानीको घरमा २ वटि दिदिहरु पनी थिए ।दिदीहरु १५ ,१६ बर्षका हुँदा सानी भर्खर ६,७  बर्सकी मात्र थीइ तर सानी चलाख र सार्है चन्चल पनि थीइ । घरमा ठुली दिदिको  विवाहको चर्चा भैरहेको थियो  । मेलापात , गोठालो , पानी पधेरो जताततै सानीको दिदिको विवाह र हेर्न आएका केटाहरुको बारेमा बहस चल्थ्यो तर सानी आफ्नी दिदिको बारेमा कति कुरा काटेका भनेर रिसले आगो हुन्थी  । हुर्केकी छोरी पराइलाई दिनै पर्छ भन्ने परम्पारागत मान्यतालाई स्विकार्दै सानीको ठुली दिदिको बिबाह छिनियो । घरभरी मान्छेको भिड थियो । दुना टपरी , कसार ,चिउरा सम्पुर्ण तयारी हुँदै थियो । सानीको दिदी रोएको देखेर सानी पनि संगै रुन्थी र दिदिलाई सोध्थी किन रोएकि दिदि के भयो भनेर । दिदि चुपचाप मौन बसेको देखेर आमालाई सोधी ?दिदी किन रुनु भएको आमा ?आमाले  सम्झाउ भन्नु भयो , दिदि अब पराइ घर जादै छे ,दिदीको विवाह हुँदै छ त्यहि भएर ? आमाको कुरा सुनेर , आफ्नी प्यारी दिदि सँग छुटिनु पर्ला भन्ने चिन्ता गर्दै सानीले भनि ,दिदि म पनि संगै पराइ घर जान्छु नि भन्दै  दिदिको आँखाको आँशु पुछिदिन्थी ।  बिबाहको दिन आयो । पञ्चे बाजा घन्काउदै  धेरै मान्छेहरु आए । दिदि जग्यामा दुलही बनेर बस्दा सानी दिदिको काखमा लुट्पुटिन्थी । आज बाट दिदि पराइ घर जाने रे हामिलाई छोडेर भनेर चिन्तित  थीइ । आमाले दिदि फर्केर आइहल्छे नी १,२ दिनमा भनेर सम्झाउनु हुन्थ्यो ।जन्तीहरु सानीलाई खुब जिस्काउथे ,दिदी संगै जैलाने भनेर । बिचरी ६,७  बर्षकी  फुक्ची लाई के  थाहा विवाह के हो भनेर । घरभरी मान्छेको भिड र नानाथरीको परिकार देखेर सानी खुशी पनि हुन्थी । आफ्ना साथिहरु बटुल्दै खानेकुराहरु बाड्थी । नयाँ नयाँ लुगा लगाउन पाउदा नाच्दै उफ्रिदै गाउभरी दिदिको बिहे भनेर निम्तो गर्दै हिड्थी । बिबाह २ दिनको थियो ।  भोलिपल्ट  करिब ४ बजे तिर बिबाहको कार्यक्रम सकिएपच्चात सानीको दिदि लाई धुमधाम सिङारियो र दुलही अन्माउने तयारी हुँदै गर्दा दिदि बेस्सरी रोएको देखेर सानी दिदिलाई   टुलुटुलु हेरिरहन्थी । मन्मनै बाबाआमालाई गाली गर्थी किन पराइ घर पठाउन लागेको होला ? पाल्न नसक्नेले किन जन्माएका होलान् ?नानाथरी प्रश्न गर्थी आफै सँग तर सानीको कुरा कस्ले सुन्नु ? दिदिलाई डोलीमा राखेर जन्तीले लिएर गए ।सानी चिच्यायर रोइ ,उसलाई काकीले समातेर भित्र लैजानु भयो ।  आमा पनि खुब रुनु भयो ,गाउभरिका सबै रोए। सानिकी  अर्की दिदि पनि खुब रोइन  । घरभरी कोलाहल फैलियो         । सानी जिल्ल पर्दै  दिदिलाई टाढासम्म  हेरिरही आखाले भ्याएसम्म । आफ्नी दिदिलाई रुवाउदै रुवाउदै लैजाने जन्तीहरु सब देखि सानी रिसाइ ।  भिनाजुले दिएको ५  रुपैया पनि सानीले लिन मानिन । दिनहरु बित्दै गए । गाउमा अहिले जस्तो जताततै   टेलिफोन   सुबिधा थिएन । दिदिको पर्खाइमा आँखा बिछ्याउदै दिनहरु बित्न थाले । आमालाई दिदि कहीले आउने भनेर खुब सताइ सानीले  ।पाचौ दिनमा दिदि आउने खबरले आफ्नी प्यारी दिदिको प्रतिक्षामा बाटो कुरिरही । बेलुकी ६ बजे तिर नयाँ कपडा र नयाँ गहनामा आफ्नी दिदिलाई टाढाबाट देख्ने बित्तिक्कै पल्लो डाडा सम्म सानी  गइ । दिदिको साथमा केटा मान्छे देखेर  सानी लाजले भुतुक्क  हुन्थी  । दिदिलाई भेट्ने बित्तिकै अङ्गालो हालेर सानी  बेस्सरी रोइ ।  दिदिपनी रुनुभयो  तर  यत्तिका नयाँ लुगा गहना लगाउन पाइदो रहेछ भनेर मनमनै अनेकन  कल्पना गर्थी  । पराइ घर कस्तो होला ? रमाइलो होला हगी दिदि भन्दै दिदिको काखमा बसी । दिदिले ल्याइदिएको बिस्कुट हातमा समाउदै पल्लो घर तिर साथिहरुलाई सुनाउन दौडी  । भोलिपल्ट  सानीले दिदिलाई सुटुक्क दिदि मलाइ पनि पराइ घर लौजानु न भनेर अनुरोध गरि तर दिदिले सम्झाउदै अर्को पट्क लैजाने बाचा गर्नु भयो । तर दिदिको घर टाढा भएकोले सानीलाई कशैले लगेनन ।
----------------------------------समय बित्दै गयो ,सानी स्कुल जाने भइ । कहीले काही चाडपर्बमा दिदि आउँदा खुशी हुन्थी नत्र घरमा भएकी अर्की दिदिसँग रमाउथी  सानीको मनमा पराइ घर गएकी दिदिको याद्ले जब सताउथ्यो ,आमालाई आमा म पनि दिदिको पराइ घर जान्छु भनेर पिरोल्थी । -समयको चक्रसंगै सानी बढ्दै गइ । ४ बर्ष पछि सानीको अर्की दिदिको पनि बिहेको कुरा चल्यो । दिदिलाई माग्न धेरै मान्छे आउथे । सानीलाई यति थाहा थियो की अब अर्की दिदिलाई पनि पराइ घर पठाउदै छन् भनेर । बाबा आमासँगको गाइगुइ सुनेर सानी चनाखो भएर कान थाप्थी । १ दिन अचानक घरमा ४,५ जना मान्छे आए र दिदिको बिहेको निर्यण गरे तर को केटा हो आएको थिएन । दिदि सिरकले मुख छोपेर बेस्सरी रोएको देखेर सानी पनि रोइ । ती मान्छेहरुले सानीलाई खुब जिस्काए। ठुली दिदि पराइ घर गएजस्तै अब सानी दिदि पनि  गएपछी सानी एक्लै हुने चिन्ताले खुबै एकोरिन थाली । सानीको मनमा दिदिसँग बिहे गर्ने केटा को होला भनेर उत्सुकता जाग्यो तर उहाँ त बिदेशमा हुनुहुन्छ रे भन्दा सानी जिल्ला परि र मनभरी जिज्ञासा भएर पनि केही सोध्न सकिन । त्यति बेला सानी ३ कक्षामा पढ्थी । घरमा दिदिको बिहेको तयारी गरियो । केही दिन पश्चात विवाहको दिन आयो । सानीदिदीसँग पनि छुटिनु पर्ने भयो अब सानीले । दिदिको इक्षा नहुदानहुदै कहिल्यै नदेखेको केटासँग विवाह गरिदिने कति पापीहरु है दिदि भन्दै २ दिदिबहिनी खुब रोए । जन्तीहरुको माझमा आएको दुलाहा वा भिनाजुलाई सानीले नियालेर हेरी । तर दिदिको अनुहार घुम्टोले छोपिएको थियो । जब दिदि भित्र जानु भयो ,सानीले दिदिको कानमा सुटुक्क भनि ,दिदी केटा त राम्रो रहेछ । उतिबेला २ दिनको विवाह हुन्थ्यो । जन्तीहरु रात बस्ने चलन थियो । भोलिपल्ट सानीको अर्की दिदिलाई पनि रुवाउदै रुवाउदै डोलिमा राखेर लगे । सानी बिचलित हुँदै खुबै रोइ । अब सानीको घरमा ३ जना मात्रा बाँकी रहे बाबा ,आमा र सानी । आफ्ना प्यारा दिदिहरुसँग अलगिएर एक्लै बस्नुपर्दा सानी यति दुखी भइ की दिनैपिछे बाबा-आमालाई सताउथी । एक दिन सानि आफ्नी दिदिलाई लिएर आउने र पराइ घर पनि हेर्ने चाहनामा अनगिन्ती जिज्ञास राख्दै पराइ घर हेर्न गाऊको काकी पर्नेसँग   दिदिको घर  गइ  । भिनाजु बिदेश गैसक्नु भएको थियो । दिदिको घरमा ठुलो परिवार रहेछ झन्डै १८ ,२० जनाको परिवार मेरी दिदि त्यस घरकी नयाँ दुलही । कस्तो चलन बिहान मिर्मिरे नहुदै उठेर घरको काम गर्नु पर्ने । सबैलाई मान सम्मान गर्दै सबैले खाइसके पछि खाना खानु पर्ने अनि सबैका जुठा भाडा स्याहार्ने काम मेरि दिदिको रहेछ । फेरि कस्तो बिडम्बना जुन खाना मेरि दिदिलाई पटक्कै मन पर्दैनथ्यो त्यहि  खानु पर्दोरहेछ । सानी  पनि दिदिसंगै खाना खान बसी । सानी  त पाहुना भनेर दुध ,दही घिउ सब दिएका थिय  तर उनी  संगै बस्ने दिदिको भागमा केही अपुग देखि सानीले । सानीको   दिदिले खाना खाएको देखेर मन खुम्च्याउदै सानीले आफ्नो भागको मिठो खाना दिदिलाई दिइ । सानीको मन धेरै रोयो किन की सानीको घरमा खाने कुराको कुनै कमी थियन । सन्तानको चाहना अनुसार खाना पकाउनु हुन्थ्यो सानीको आमाले  । पराइ घर भनेको येस्तो पो हुदोरहेछ भन्ने मनमनै सोच्दै १  दिन भएपनी दिदिको काम सघाइ सानीले । दिदिलाई आफ्नो साथमा लिएर फर्किने चाहनामा सानी गएकी थिइ । जब सानीले दिदिको दु:ख देखि ,भित्रभित्रै बाट पर्देशिएको भिनाजुलाई गाली गरि । पापी किन मेरि दिदिलाई बिहे गरेर यस्तो दु:ख दिएको भन्ठानी मन मनै । सानीले दिदिको सासू सँग आफू दिदि लिन आएको कुरा बताइ तर सासूले अहिले कामको चाप छ , जान मिल्दैन भनेर नमिठो जवाफ दिएपछी सानी मलिन अनुहार लगाएर दिदि भएनेर गइ । मेरि दिदिले यो घरको के रिन खाएकी रहेछ ? पेट पाल्नकै लागि यति दु:ख गर्नु पर्ने जस्ता अनाबत कुरा सोच्दै सानीको गहभरी  आँशु टल्पियो । दिदि सानीलाई पुर्याउन अलिक पर सम्म आउनु भएको थियो । बाटोमा २ दिदिबहिनी खुब रोए । रुदै बिदाइका हातहरु हल्लाउदै उनिहरु छुट्टिए  ।
-------------------जति जन्म घरमा छोरीलाई मायाको आभाश मिल्छ त्यती माया कर्म घरमा कदापी नमिल्दोरहेछ भन्ने कुरा महशुस गर्दै सानी आफू कदापी यस्तो पराइ घर जान नपरोस भन्ने सोचाइमा समय काट्न थाली ।  कस्तो परम्परा देबीलाई सिङारे झै सजाइन्छ र माइती घरबाट बिदा गरिन्छ । (माइती घर तिम्रो होईन पराई घर जाउ कहीले काही बिदा लीइ जन्म घर आउ) हिजोसम्मकी छोरी बुहारी हुन्छे । त्यो सिङारिएको शिर  मान्यजनहरुको पाउमा निहुरिदा  निधारको सिङ्गार् नै पुछिन्छ कहीले कही त  ।  हुन त मान्यजनहरुको सम्मान गर्नु नराम्रो परम्परा होईन तर सधैं  शिर ढाक्नु पर्ने ,खुट्टाको पानी खानु पर्ने ,जस्ता बिबिध परम्पराले एउटा कलिली नारीको मनोबलमा कस्तो असर पर्ला  पराइको घरलाई आफ्नो सम्झिदै पराइहरु सँग रमाउनु अबश्य त्यति सरल हुदैन जति कल्पना गरिन्छ । जुन घरलाई सुरुमा  पराई घरको सङ्ज्ञा  दीईन्छ त्यहि घरलाई  कर्मघर  स्वीकार्नु पर्छ । जन्म घर फर्केर जादा पराईलाई दिएकी कुटुम्ब चेली भनिन्छ ,कस्तो रहेछ यो पराइघर ? भर्खर बिहे  भएकी नब दुलहीलाई चटक्क छोडेर श्रीमान परदेसिदा   पनि परिवारको चाकडि गर्दै दिन गुजार्नु पर्ने ,अझ यतिमात्र कहाँ हो र धेरै रहेछन् हाम्रा समाजमा नारीहरुलाई लगाइने तगाराहरु । बाल विवाह , बाल बिधुवा तथा समाज र अभिभाबकको अन्यायको कारण जिन्दगी नै नर्कसरी बिताइरहेका नेपाली नारीमनहरुको बेदना आज पनि जिबितै जीइरहेको देखिन्छ ।   जब  सानीले समाजमा देखिने नारी शोषणहरुको अनुभुती गर्न थाली ,कुनै न कुनै माध्यामबाट बिरोधाभासका पाइला चाली । समयको बिकाससंगै आज समाजमा नगन्य परिवर्तनहरु भैसकेका छन् । त्यहि हिजोको समाजले आज   तेस्रो  आँखा उघारिसकेको परिस्थिती हामि देखिरहेका छौ  । समाजमा गरिने अनगिन्ती भेदभाबहरु बिस्तारै प्रगतितर्फ  घिस्रिरहेको  छ । आजभोलि सानीलाई लाग्छ,हिजो  रहरहरु कुन्ठित पार्दै जबर्जस्ती पठाइने पराइ घर र आज खुसियालीको रंग भर्दै नयाँ जीवनको सूरुवातसंगै रमाउने   पराइघर । आखिर त्यहि पराइघर । पराइघर सम्झिदै जीवनका वास्तविक भोगाइहरु पोख्ने उही सानी ------  
   सुभद्रा भण्डारी ,  
--हाल ईजरायल
Read more...

Sunday, 22 April 2012

अधुरो प्रेम कहाँनी - Kiran Sth

6 कमेन्ट
यो कथा मेरो साथी को हो जो अस्ती भर्खर १० तारिख मा मृत्यु भयो उस्ले मलाई मेल गरेको थियो जुन कथा मसङ्ग नि समबन्धित छ र उस्को कहाँनी पनि छ जुन आज मैले प्रस्तुत गर्दै छु । एउटा कुरा परिवर्तन गरेको छु उस्ले  roman  बात लेखेको थियो अङ्रेजिमा भने मैले नेपाली युनिकोड बात लेखेको छु सबै कहाँनी ।

उन्लाई मैले देखेको पनि धेरै भएको छैन भर्खर २-३ महिना जती भयो होला । मलाई थाहा छ उस्को प्रेमी छ तर पनि घरी घरी उसङ्ग नाता जोद्न मन लागि रहन्छ ।  यो कुरा हो यही बर्ष २०६८ को BBS फर्स्ट  Year को  Admission  को बेला हो । म आफ्नो पढाई निरन्तर गर्न चाहन्थे तर आफ्नो जिन्दगी ले साथ नदिने कुरा त  Sure थियो तर पनि जती दिन सम्म निरन्तर गर्न सक्छु गरी रहनेछु भन्ने लागेको थियो त्यसैले मैले पब्लिक युथ मा पढ्ने निर्णय गरे तर एक दिन मेरो फेसबुकको साथी लाई सोधे कता पढ्ने भनेर उस्को रोजाइ थियो पिपुल्स क्यम्पस । मैले तेतै जाने निर्णय गरे । मैले उस्लाई फेस्बूक बात चिनेको थिए उस्को फोतो थियो तर मैले राखेको थिइन । त्यसैले मैले उस्लाई चिन्थे तर उस्ले मलाई चिन्दैन थियो । तर म गए  Admission  नै नगरिकन पढ्नलाई ।  साहेद मैले पूर्व जन्म मा केहि पुन्य गरेको थिए कि जो मैले संसार मा सबै भन्दा राम्रो साथी लाई चिनेको रहेछु । मैले उस्लाई फेसबूकमा देखेको भन्दा धेरै राम्रो थियो । मैले उस्लाई साथी बनाएर धेरै राम्रो गरे जस्तो लाग्यो । मेरो पहिलो दिन उस्लाई देखेको थिए बास्तबिकमा तर उस्ले मलाई चिन्दैन थियो त्यसैले म पनि उसङ्ग गएर बोलिन न त उ नै बोल्न आए उ आफ्नो प्रेमिका सङ्ग बसी रहेको थियो । सुरु को दिन त मलाई खासै त्यस्तो लागेन । म जती दिन कलेज गए त्यती नै मलाई मेरै साथीको प्रेमिका मन पर्न थाल्यो यो मेरो पहिलो अनुभब थियो जो आफुलाई थाहा हुँदा हुँदै पनि प्रेमी छ भन्ने थाहा हुँदा हुँदै मैले उस्लाई  One Sided  माया गर्न थालेको पत्तै भएन । तर एउटा कुरा चाही पक्का थियो मैले चाहेर त के भगवानले चाहेर पनि उस्लाई आफ्नो बनाउन सक्दिन भन्ने कुरा किनकी मेरो जिन्दगी त्यती प्रायप्त थिएन जुन चाही मैले उनि सङ्ग जिन्दगी बिताउन पुगोस ।  हरेक दिन मैले आफ्नो जिन्दगी को दिन गनेर बाची रहेको थिएँ भने उनि सङ्ग कती दिन जिउ थे होला । आज पक्षुतो लाग्छ मेरो बितेको जिन्दगी देखेर यदी मैले आफ्नो जिन्दगी लाई रक्सी र ड्रग्स को साहारा नदिएको भए आज यस्तो दिन आउने नै थिएन । मैले नपिउ पनि कस्को लागी । मलाई कस्ले छेक्ने र न आमा थियो छेक्न न त  Dad नै थियो गाली गर्नलाई । आमाले सम्झाउथ्यो होला एदी भएको भए र Dad भएको भए साहेद गाली गर्थ्यो होला ।मेरो जिन्दगी त काँडा र फुल ले भरिएको रहेछ भनिन्छ , जिन्दगी सुख र दु:ख मिलन हो मेरो खुशी भनेको मैले यती मिल्ने साथी पाए मलाई नदेखी नचिनिकन धेरै सहयोग गरेको छ भने मेरो दुख को त लेख्न ठाउ नै पुग्दैन कापिका पानाहरुमा । जती बेलामा खुशी हुनु पर्ने थियो त्यती बेला शोक मा डुब्नु पर्‍यो मैले । त्यो बेलाको कुरा हो मैले SLC मा फर्स्ट डिभिजनमा स्कुलको दोश्रो भए तर त्यो सुनाउनको लागी मेरो  Dad & Mom त भ ग वान को प्यारो भाई सक्नु भएको थियो । आज रिजल्ट आउने तर के गर्नु दुइ दिन अगाडी नै एक्सिडेन्ट मा मलाई छोडेर जानु भयो दुबै जनाले । सम्पती मात्र छोडेर जानु भयो मलाई केबल सम्पती । मेरो  Mom ra Dad को ठुलो सपना थियो मैले फर्स्ट डिभिजनमा पास गरे भने सबै लाई पार्टी दिने तर रिजल्ट आइ सक्दा म आफै थिए कृयापुत्री को रुपमा । यो चोट त थियो नै फेरी यो चोट माथी पनि अर्को चोट आइ पर्‍यो मेरो जिवनमा । मैले कृयापुत्री बाट निस्किएर याहू मा बस्न थाले दिन रात त्एही बेला भेट भयो मेरो साथी सङ्ग । जो आज पनि मेरो लागी प्यारो छ । आज उ नभएको भए साहेद जिउदो हुने पनि थिन होला । जब जब मलाई मेरो परिवारको याद आउथ्यो तब तब मैले रक्सी को साहरा लिन थाले । पैसा को कमी थिएन मलाई साथी हरु सबै त्यस्तै ड्रगस युज गर्ने गर्थ्यो । पछी मलाई पनि गर्न आग्रहा गर्‍यो पछी मैले पनि गर्न थाले र १ बर्ष बिती सकेको थियो न म अरु सङ बोल्थे न त कलेज नै जान्थे कलेज भर्ना त गरे तर पढ्न गैन तर परिक्षा भनेभने निरन्तर दिइ नै रहे । मेरो नसिब दरो रहेछ म पास भए तर मैले उस्लाई लगभाग बिर्सी सकेको थिए रश्मी । उस्ले निरन्तर मलाई सम्प र्क गर्ने प्रायअस गरिन तर मैले दुखद घडी को कारण ले उसङ्ग नजिक हुन सकेको थिइन   जब मलाई उस्को याद आयो र भेट्न खोजे अकस्मात फेरी म बिरामी हुन पुगे र मलाई मेरो काका काकी ले अस्पताल लिएर जानु भयो र पछी थाहा भयो मलाई Blood Cancer  भएको रहेछ त्यसैले म उसङ्ग टाढा हुनु पर्ने अवस्था त थियो नै तर उस्ले नै मलाई लत्याएर गैन धेरै टाढा म बाट टाढा अब उनि मेरो हुन सक्दिन थिइन उनि अरु कसै को भैसकेको थियो । उस्को त्यो बिछोड सहन सकिन र सम्हाल्नै सकिन र झन ड्रगस र चुरोत अनि रक्सी त जिन्दगी को अर्को नाम भैसकेको थियो मेरो जिवनमा त्यसैले झन छितो मर्ने वाला थिए म मलाई सबै थाहा थियो ।   यदी उस्ले एक चोटी मात्र भनेको भए मलाई छोड्न चाहन्छ भनेर । कसम म उस्लाई राम्रो सङ बिदाइ गर्ने थिए होला  यदी उस्ले एक चोटी मात्र भनेको भए मलाई छोड्न चाहन्छ भनेर । कसम म उस्लाई राम्रो सङ बिदाइ गर्ने थिए होला । साहेद सक्दिन थिए कि होला कि तर जे भए पनि उनि म बात बिदा लि सकेको थियो । र मेरो जिन्दगी यसरि परिवर्तन हुन्छ भन्ने सोचेको थिएन पिपल्स कलेज मा गएर मेरो मन परिवर्तन हुने थाहा भएको भए साहेद म त्यो कलेज नै जाने थिइन ।किन कि जिन्दगी छोटो छ तर सपना मोटो छ अनि कसरी सम्भब छ र त्यसैले गर्दा म कलेज जान छोडें । म आफु दोशी थिए किनकी मलाई सब्से प्यारो लाग्ने साथी को प्रेमिकालाई नै मन पराउनु अपराध त हो नै र मुर्खता पनि । यस्तो अवस्था आउला सपना मा समेत सोचेको थिइन मैले । एकातिर साथी अर्को तिर उस्को प्रेमिका भने अर्को तिर मेरो छोटो आयु । जसरि दोधार मा त म नै थिए । के गर्ने कसो गर्ने मलाई के हि थाहा थिएन । एक दिन जिन्दगी ले यसरि बाटो परिवर्तन गर्‍यो कि मेरो साथिले बिहे गर्‍यो तर प्रेमिका सङ्ग हैन को हि अरु सङ्ग । उस्को प्रेमिका समेत मेरो नजिक भाई सकेको थियो त्यसैले त्यती बेला मैले प्रस्ताब राखे तर उस्ले सोझै अस्वीकार गरिन । मलाई धेरै खुशी लाग्यो किन कि मेरो जिन्दगी मा उनि लेखेकै थिएन । उनि त मेरो साथी लाई नै चाहन्थिन । उन्को प्रेम देखेर म आफै लाई नरमाइलो लाग्यो मैले बिचमा किन बाधा बन्न खोजेको जस्तो लाग्यो   । तर जे होस आफ्नो मन को कुरा त भने नि जस्तो लाग्यो यदी नभनेको भए साहेद पछुतो हुन्थ्यो कि । यसरि दिन हरु बड्दै गए मेरो जिन्दगी घ ट्दै थियो । जती जती म मृत्यु को मुखमा अघी बढ्दै थिए त्यती नै उस्को याद आइ रहेको थियो । त्यसैले मैले मेरो साथिलाई बोलाए भेट्नलाई यो हामी हरुको पहिलो भेट थियो । उ मसङ्ग साहेद १ घण्टा जती बसेर कुरा गर्‍यो होला तर मलाई मेरो जिन्दगी को आदी समय बितेको जस्तो आभास हुँदै थियो । जिन्दगी मा यती खुशी मिल्यो कि सिमाना नै थिएन । साहेद आफ्नो अन्तिम घडी आइ सकेको ले गर्दा हो कि छोटो मिलन पनि जिन्दगी भरिको भयो । यो हाम्रो भेट पहिलो र अन्तिम थियो यस पछी मैले उस्लाई भेट्न न आउन आग्रह गरे किन कि उस्लाई देखे पछी मलाई जिउने इक्षा बढेर आउनेछ तर यो सम्भब हुँदैन र बिदाइ को समय रोएर बिदा हुनु पनि भएन ।  एक चोटी तपाइ पनि भेट्नुहोस मेरो साथिलाई अनि मेरो बयान खेर गएको जस्तो लाग्दैन तपाइ लाई उन्को जिन्दगी पनि दुखले नभरिएको हैन तर उस्ले आफ्नो जिन्दगी खुशी साथ बिताइ रहेको छ । हो यही कारण ले मलाई उस्को फ्यान बनायो । म सङ्ग केवल २ य तीन दिन बाकी छ जती दिन बाच्ने छु त्यती दिन खुशी साथ बाच्ने प्र यास गर्ने छु । मेरो अन्तिम सब्द सबै साथिलाई के भन्न चाहन्छु भने जस्तो सुकै अवस्था मा आए पनि कुलत मा नफस्नुस । तपाइ लाई लाग्दो होला अब जिन्दगी जिएर के गर्नु छ र के मेरो जिन्दगी जिउन लायक थियो र तै मैले तेही सोचेर कुलत मा फसे त्यसैले आज जिउने चाहना हुँदा हुँदै पनि म असम्र्थ छु । तपाइले चुरोट किन्न ५ रुपैया फाल्नु हुन्छ एदी त्यही पैसा सहयोग गर्नु भयो भने मर्ने बेला मा सजिलो हुन्छ जस्तो लाग्यो मैले गरिन त्यसैले यती गाह्रो गरी बाची रहेको छु  । मर्ने बेला मा पुन्यको काम गर्नु रे त्यसैले मैले सबैलाई यो कुरा बताउन चाहन्छु । जती पिडा परे पनि आफ्नो जिन्दगी खेर नफाल्नुस कतै मेरो जस्तै तपाइ को जिन्दगी पनि बिग्रन सक्छ कि के भर जिन्दगी को । आज छ भोली छैन । अन्तिम चोटी मेरो तर्फ बात सबैलाई नमस्कार र म बाट के हि गल्ती भएको भए माफी चाहन्छु धन्यबाद   /


यो  कथा  काल्पनिक  नभएर सत्य हो यसको साक्षी म आफै छू . यो मेरो साथी किरण को सत्यता हो मेरो साथीले मलाई यो कथा पठाको २ दिन पश्च्यात उसको मृत्यु भयो . उसको कथाले साहेद तपाई को मन लाइ छोयो की त्यसैले म पानी आफ्नो तर्फ बाट तपाई लाइ अहिले नै कुलत त्याग्नु होस भन्ने सल्लाह दिन्छु र सुभकामना पनी दिन्छु . 
 फेब्रुअरी - १० , २०१२ Death ऑफ़ किरण
दिबंगत आत्मा ले शान्ति पाओस मेरो साथी किरण Facebook for details
Read more...

एउटा अदभुत प्रेम कथा

3 कमेन्ट
तिनीहरुको पहिलो भेट एउटा पार्टीमा भएको थियो । उनी अरुभन्दा अलग थिइन् । सबै केटाहरु उनको पछी लागिरहेका थिए । तर उ भने एउटा सामान्य खाले केटा थियो., कसैले उसको वास्ता गर्दैन थियो । पार्टी सकिए पछि उसले तिनलाई सँगै बसेर कफी पिउन आग्रह गर्छ । उनि अचम्ममा परिन् तर उनको नम्र स्वभावका कारण उनले उसको आग्रहलाई नकार्न सकिनन् ।तिनीहरु एउटा राम्रो कफी-शपमा गए । ऊ आत्तिएको हुनाले उसले केहि पनि बोल्न सकेन । उनलाई पनि साह्रै अप्ठ्यारो लागिरहेको थियो । अकस्मात् उसले वेटरलाई भन्छ, "अलिकति नून दिनुस् न, मेरो कफीमा हाल्नको लागि"। सबैजना छक्क परेर उसलाई हेर्न थाले । उ लाजले रातो पिरो भयो । तर पनि उसले
आफ्नो कफीमा नून मिसायो र पिउन थाल्यो । आफ्नो जिज्ञासा मेटाउन उनले उसलाई यसको कारण सोध्छे । जवाबमा उसले भन्छ," मेरो बाल्यकाल समुद्र किनारमा बितेको थियो । म समुद्रमा खेल्न मनपराउथे । मलाई अझै समुद्रको नुनिलो पानी याद आँउछ । त्यहि याद ताजा गर्न म सधै नून भएको कफी खान्छु । त्यसपछि मलाई मेरो आमाबाबुको याद आँउछ जो अझै त्यहिँ समुद्रितटमा बस्छन । मलाई उहाँहरुको माया साह्रै खट्किन्छ ।" यति भन्दै उसको आँखा आँसुले भरिन्छ ।उसको कुराले उनको पनि मन छुन्छ । उनले पनि आफ्नो बाल्यकालको कुराहरु सुनाउन थाल्छिन् । त्यहाँबाट उनीहरुको प्रेम कथाको राम्रो शुरुवात हुन्छ । उनीहरु सधैं भेट्न थाल्छन् र एक अर्कालाई मन पराउँछन् । उनीहरु बिहे गर्छन् र रमाईलो गरि जीवन बिताउन थाल्छ्न् ।उनी हरेक दिन उसकोलागि कफी बनाउथिन् र त्यसमा नून हाल्थिन् किनभने उनी सोच्थिन् कि यसरी बनाएको कफी उसलाई मनपर्छ ।उनीहरुको पहिलो भेट भएको पनि ४० वर्ष बितीसक्छ । उ मरिसकेको हुन्छ । उ मर्दा उसले एउटा चिठि उनको नाममा छोडेको हुन्छ जसमा उ लेख्छ, "प्रिय मलाई माफ गरिदेउ । मैले ४० वर्ष अगाडि तिमीसँग एउट झुठ बोलेको थिएँ । पहिलो पटक भेट्दा म साह्रै आत्तिएको थिएँ । त्यसैले मैले त्यो दिन चिनीको ठाउँमा नून माँगे । मलाई थाहा थिएन हाम्रो कथाको सुरुवात त्यहि नून भएको कफीबाट हुन्छ भनेर । मैल तिमीलाई धेरै पल्ट साँचो कुरा सुनाउन खोजे तर तिमीलाई गुमाउने डरले केहि पनि भन्न सकिन । तर म अहिले मर्न लागेको छु त्यसैले मलाई केहि पनि डर छैन । म तिमीलाई सबै कुरा भनेर मर्न चाहन्छु । मलाई नून भएको कफी पटक्कै मन पर्दैन । त्यसको सारै नमिठो स्वाद हुन्छ । तरपनि मैले जीन्दगीभर नूनिलो कफी खाँए । त्यहि कारणले मैले जीन्दगीभर तिम्रो साथ पाएँ । मलाई त्यहि कुराको खुसि लाग्छ । अर्को जन्ममा पनि म तिमीसँगै हुन चाहन्छु चाहे मलाई जिन्दगीभर फेरि नूनिलो कफी किन खान नपरोस् ।" यस्तो कुरा पढेर उनको आँसुले चिठी नै भिज्छ ।कुनैदिन कसैले उनलाई सोध्छ , " नून भएको कफीको स्वाद कस्तो हुन्छ?" उनी जवाब दिन्छिन्, " साह्रै मिठो हुन्छ —

Source : Facebook { Reason Paudel }  
Read more...

Recent Post