Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Tuesday, 24 April 2012

सानीको पराइ घर- सुभद्रा भण्डारी

1 कमेन्ट

आज मलाइ कता कता आफ्नो बाल्यकालको यादले मन पोलिरहेछ । बिर्सन खोज्छु ,फेरी त्यहि यादले धच्धच्याइरहन्छ । म साँनी छदाको मेरो बाल्यकाल र म हुर्केको समाज अनी मेरो सानो सुन्दर परिवार । कति कठोर र कठिन परिस्थिती थियो अहिले त कहाली पो लागेर आउछ  । डरै डर र त्रासै त्रासमा गुन्जिरहने नारी  बेदनाहरु समाजमा नगन्य थिय । मलाइ आज सानीको बच्पन  कोर्न मन लागिरहेछ ,खै किन किन बालसखीहरुको सम्झनामा म धेरै डुबिरहेछु ।पहाडै पहाडको कुनामा सुनसान सानो बस्ती थियो ,त्यहि  बस्तिमा जन्मिएकी थीइ सानी ।  छुट्कुरी ५ जनाको परिवारमा कान्छी भएकीले सानी भनेर बोलाउथे उनलाई   । सानीलाई प्राय  सबैले माया गर्थ्ये अझ सबभन्दा बढी माया त सानीको बाबाले गर्नु हुन्थ्यो । सानीको गाऊ अशिक्षा र अन्धकारले ग्रस्त थियो । छोरीलाई पढाउनु हुदैन , सानैमा विवाह गरे पुन्य मिल्छ , छोरीलाई घरबाट बाहिर जान दिनु हुदैन जस्ता अनेकन कुराहरुले   हुर्केकी छोरीको चिन्ता समाजलाई नै बढ्थ्यो । सानीको घरमा २ वटि दिदिहरु पनी थिए ।दिदीहरु १५ ,१६ बर्षका हुँदा सानी भर्खर ६,७  बर्सकी मात्र थीइ तर सानी चलाख र सार्है चन्चल पनि थीइ । घरमा ठुली दिदिको  विवाहको चर्चा भैरहेको थियो  । मेलापात , गोठालो , पानी पधेरो जताततै सानीको दिदिको विवाह र हेर्न आएका केटाहरुको बारेमा बहस चल्थ्यो तर सानी आफ्नी दिदिको बारेमा कति कुरा काटेका भनेर रिसले आगो हुन्थी  । हुर्केकी छोरी पराइलाई दिनै पर्छ भन्ने परम्पारागत मान्यतालाई स्विकार्दै सानीको ठुली दिदिको बिबाह छिनियो । घरभरी मान्छेको भिड थियो । दुना टपरी , कसार ,चिउरा सम्पुर्ण तयारी हुँदै थियो । सानीको दिदी रोएको देखेर सानी पनि संगै रुन्थी र दिदिलाई सोध्थी किन रोएकि दिदि के भयो भनेर । दिदि चुपचाप मौन बसेको देखेर आमालाई सोधी ?दिदी किन रुनु भएको आमा ?आमाले  सम्झाउ भन्नु भयो , दिदि अब पराइ घर जादै छे ,दिदीको विवाह हुँदै छ त्यहि भएर ? आमाको कुरा सुनेर , आफ्नी प्यारी दिदि सँग छुटिनु पर्ला भन्ने चिन्ता गर्दै सानीले भनि ,दिदि म पनि संगै पराइ घर जान्छु नि भन्दै  दिदिको आँखाको आँशु पुछिदिन्थी ।  बिबाहको दिन आयो । पञ्चे बाजा घन्काउदै  धेरै मान्छेहरु आए । दिदि जग्यामा दुलही बनेर बस्दा सानी दिदिको काखमा लुट्पुटिन्थी । आज बाट दिदि पराइ घर जाने रे हामिलाई छोडेर भनेर चिन्तित  थीइ । आमाले दिदि फर्केर आइहल्छे नी १,२ दिनमा भनेर सम्झाउनु हुन्थ्यो ।जन्तीहरु सानीलाई खुब जिस्काउथे ,दिदी संगै जैलाने भनेर । बिचरी ६,७  बर्षकी  फुक्ची लाई के  थाहा विवाह के हो भनेर । घरभरी मान्छेको भिड र नानाथरीको परिकार देखेर सानी खुशी पनि हुन्थी । आफ्ना साथिहरु बटुल्दै खानेकुराहरु बाड्थी । नयाँ नयाँ लुगा लगाउन पाउदा नाच्दै उफ्रिदै गाउभरी दिदिको बिहे भनेर निम्तो गर्दै हिड्थी । बिबाह २ दिनको थियो ।  भोलिपल्ट  करिब ४ बजे तिर बिबाहको कार्यक्रम सकिएपच्चात सानीको दिदि लाई धुमधाम सिङारियो र दुलही अन्माउने तयारी हुँदै गर्दा दिदि बेस्सरी रोएको देखेर सानी दिदिलाई   टुलुटुलु हेरिरहन्थी । मन्मनै बाबाआमालाई गाली गर्थी किन पराइ घर पठाउन लागेको होला ? पाल्न नसक्नेले किन जन्माएका होलान् ?नानाथरी प्रश्न गर्थी आफै सँग तर सानीको कुरा कस्ले सुन्नु ? दिदिलाई डोलीमा राखेर जन्तीले लिएर गए ।सानी चिच्यायर रोइ ,उसलाई काकीले समातेर भित्र लैजानु भयो ।  आमा पनि खुब रुनु भयो ,गाउभरिका सबै रोए। सानिकी  अर्की दिदि पनि खुब रोइन  । घरभरी कोलाहल फैलियो         । सानी जिल्ल पर्दै  दिदिलाई टाढासम्म  हेरिरही आखाले भ्याएसम्म । आफ्नी दिदिलाई रुवाउदै रुवाउदै लैजाने जन्तीहरु सब देखि सानी रिसाइ ।  भिनाजुले दिएको ५  रुपैया पनि सानीले लिन मानिन । दिनहरु बित्दै गए । गाउमा अहिले जस्तो जताततै   टेलिफोन   सुबिधा थिएन । दिदिको पर्खाइमा आँखा बिछ्याउदै दिनहरु बित्न थाले । आमालाई दिदि कहीले आउने भनेर खुब सताइ सानीले  ।पाचौ दिनमा दिदि आउने खबरले आफ्नी प्यारी दिदिको प्रतिक्षामा बाटो कुरिरही । बेलुकी ६ बजे तिर नयाँ कपडा र नयाँ गहनामा आफ्नी दिदिलाई टाढाबाट देख्ने बित्तिक्कै पल्लो डाडा सम्म सानी  गइ । दिदिको साथमा केटा मान्छे देखेर  सानी लाजले भुतुक्क  हुन्थी  । दिदिलाई भेट्ने बित्तिकै अङ्गालो हालेर सानी  बेस्सरी रोइ ।  दिदिपनी रुनुभयो  तर  यत्तिका नयाँ लुगा गहना लगाउन पाइदो रहेछ भनेर मनमनै अनेकन  कल्पना गर्थी  । पराइ घर कस्तो होला ? रमाइलो होला हगी दिदि भन्दै दिदिको काखमा बसी । दिदिले ल्याइदिएको बिस्कुट हातमा समाउदै पल्लो घर तिर साथिहरुलाई सुनाउन दौडी  । भोलिपल्ट  सानीले दिदिलाई सुटुक्क दिदि मलाइ पनि पराइ घर लौजानु न भनेर अनुरोध गरि तर दिदिले सम्झाउदै अर्को पट्क लैजाने बाचा गर्नु भयो । तर दिदिको घर टाढा भएकोले सानीलाई कशैले लगेनन ।
----------------------------------समय बित्दै गयो ,सानी स्कुल जाने भइ । कहीले काही चाडपर्बमा दिदि आउँदा खुशी हुन्थी नत्र घरमा भएकी अर्की दिदिसँग रमाउथी  सानीको मनमा पराइ घर गएकी दिदिको याद्ले जब सताउथ्यो ,आमालाई आमा म पनि दिदिको पराइ घर जान्छु भनेर पिरोल्थी । -समयको चक्रसंगै सानी बढ्दै गइ । ४ बर्ष पछि सानीको अर्की दिदिको पनि बिहेको कुरा चल्यो । दिदिलाई माग्न धेरै मान्छे आउथे । सानीलाई यति थाहा थियो की अब अर्की दिदिलाई पनि पराइ घर पठाउदै छन् भनेर । बाबा आमासँगको गाइगुइ सुनेर सानी चनाखो भएर कान थाप्थी । १ दिन अचानक घरमा ४,५ जना मान्छे आए र दिदिको बिहेको निर्यण गरे तर को केटा हो आएको थिएन । दिदि सिरकले मुख छोपेर बेस्सरी रोएको देखेर सानी पनि रोइ । ती मान्छेहरुले सानीलाई खुब जिस्काए। ठुली दिदि पराइ घर गएजस्तै अब सानी दिदि पनि  गएपछी सानी एक्लै हुने चिन्ताले खुबै एकोरिन थाली । सानीको मनमा दिदिसँग बिहे गर्ने केटा को होला भनेर उत्सुकता जाग्यो तर उहाँ त बिदेशमा हुनुहुन्छ रे भन्दा सानी जिल्ला परि र मनभरी जिज्ञासा भएर पनि केही सोध्न सकिन । त्यति बेला सानी ३ कक्षामा पढ्थी । घरमा दिदिको बिहेको तयारी गरियो । केही दिन पश्चात विवाहको दिन आयो । सानीदिदीसँग पनि छुटिनु पर्ने भयो अब सानीले । दिदिको इक्षा नहुदानहुदै कहिल्यै नदेखेको केटासँग विवाह गरिदिने कति पापीहरु है दिदि भन्दै २ दिदिबहिनी खुब रोए । जन्तीहरुको माझमा आएको दुलाहा वा भिनाजुलाई सानीले नियालेर हेरी । तर दिदिको अनुहार घुम्टोले छोपिएको थियो । जब दिदि भित्र जानु भयो ,सानीले दिदिको कानमा सुटुक्क भनि ,दिदी केटा त राम्रो रहेछ । उतिबेला २ दिनको विवाह हुन्थ्यो । जन्तीहरु रात बस्ने चलन थियो । भोलिपल्ट सानीको अर्की दिदिलाई पनि रुवाउदै रुवाउदै डोलिमा राखेर लगे । सानी बिचलित हुँदै खुबै रोइ । अब सानीको घरमा ३ जना मात्रा बाँकी रहे बाबा ,आमा र सानी । आफ्ना प्यारा दिदिहरुसँग अलगिएर एक्लै बस्नुपर्दा सानी यति दुखी भइ की दिनैपिछे बाबा-आमालाई सताउथी । एक दिन सानि आफ्नी दिदिलाई लिएर आउने र पराइ घर पनि हेर्ने चाहनामा अनगिन्ती जिज्ञास राख्दै पराइ घर हेर्न गाऊको काकी पर्नेसँग   दिदिको घर  गइ  । भिनाजु बिदेश गैसक्नु भएको थियो । दिदिको घरमा ठुलो परिवार रहेछ झन्डै १८ ,२० जनाको परिवार मेरी दिदि त्यस घरकी नयाँ दुलही । कस्तो चलन बिहान मिर्मिरे नहुदै उठेर घरको काम गर्नु पर्ने । सबैलाई मान सम्मान गर्दै सबैले खाइसके पछि खाना खानु पर्ने अनि सबैका जुठा भाडा स्याहार्ने काम मेरि दिदिको रहेछ । फेरि कस्तो बिडम्बना जुन खाना मेरि दिदिलाई पटक्कै मन पर्दैनथ्यो त्यहि  खानु पर्दोरहेछ । सानी  पनि दिदिसंगै खाना खान बसी । सानी  त पाहुना भनेर दुध ,दही घिउ सब दिएका थिय  तर उनी  संगै बस्ने दिदिको भागमा केही अपुग देखि सानीले । सानीको   दिदिले खाना खाएको देखेर मन खुम्च्याउदै सानीले आफ्नो भागको मिठो खाना दिदिलाई दिइ । सानीको मन धेरै रोयो किन की सानीको घरमा खाने कुराको कुनै कमी थियन । सन्तानको चाहना अनुसार खाना पकाउनु हुन्थ्यो सानीको आमाले  । पराइ घर भनेको येस्तो पो हुदोरहेछ भन्ने मनमनै सोच्दै १  दिन भएपनी दिदिको काम सघाइ सानीले । दिदिलाई आफ्नो साथमा लिएर फर्किने चाहनामा सानी गएकी थिइ । जब सानीले दिदिको दु:ख देखि ,भित्रभित्रै बाट पर्देशिएको भिनाजुलाई गाली गरि । पापी किन मेरि दिदिलाई बिहे गरेर यस्तो दु:ख दिएको भन्ठानी मन मनै । सानीले दिदिको सासू सँग आफू दिदि लिन आएको कुरा बताइ तर सासूले अहिले कामको चाप छ , जान मिल्दैन भनेर नमिठो जवाफ दिएपछी सानी मलिन अनुहार लगाएर दिदि भएनेर गइ । मेरि दिदिले यो घरको के रिन खाएकी रहेछ ? पेट पाल्नकै लागि यति दु:ख गर्नु पर्ने जस्ता अनाबत कुरा सोच्दै सानीको गहभरी  आँशु टल्पियो । दिदि सानीलाई पुर्याउन अलिक पर सम्म आउनु भएको थियो । बाटोमा २ दिदिबहिनी खुब रोए । रुदै बिदाइका हातहरु हल्लाउदै उनिहरु छुट्टिए  ।
-------------------जति जन्म घरमा छोरीलाई मायाको आभाश मिल्छ त्यती माया कर्म घरमा कदापी नमिल्दोरहेछ भन्ने कुरा महशुस गर्दै सानी आफू कदापी यस्तो पराइ घर जान नपरोस भन्ने सोचाइमा समय काट्न थाली ।  कस्तो परम्परा देबीलाई सिङारे झै सजाइन्छ र माइती घरबाट बिदा गरिन्छ । (माइती घर तिम्रो होईन पराई घर जाउ कहीले काही बिदा लीइ जन्म घर आउ) हिजोसम्मकी छोरी बुहारी हुन्छे । त्यो सिङारिएको शिर  मान्यजनहरुको पाउमा निहुरिदा  निधारको सिङ्गार् नै पुछिन्छ कहीले कही त  ।  हुन त मान्यजनहरुको सम्मान गर्नु नराम्रो परम्परा होईन तर सधैं  शिर ढाक्नु पर्ने ,खुट्टाको पानी खानु पर्ने ,जस्ता बिबिध परम्पराले एउटा कलिली नारीको मनोबलमा कस्तो असर पर्ला  पराइको घरलाई आफ्नो सम्झिदै पराइहरु सँग रमाउनु अबश्य त्यति सरल हुदैन जति कल्पना गरिन्छ । जुन घरलाई सुरुमा  पराई घरको सङ्ज्ञा  दीईन्छ त्यहि घरलाई  कर्मघर  स्वीकार्नु पर्छ । जन्म घर फर्केर जादा पराईलाई दिएकी कुटुम्ब चेली भनिन्छ ,कस्तो रहेछ यो पराइघर ? भर्खर बिहे  भएकी नब दुलहीलाई चटक्क छोडेर श्रीमान परदेसिदा   पनि परिवारको चाकडि गर्दै दिन गुजार्नु पर्ने ,अझ यतिमात्र कहाँ हो र धेरै रहेछन् हाम्रा समाजमा नारीहरुलाई लगाइने तगाराहरु । बाल विवाह , बाल बिधुवा तथा समाज र अभिभाबकको अन्यायको कारण जिन्दगी नै नर्कसरी बिताइरहेका नेपाली नारीमनहरुको बेदना आज पनि जिबितै जीइरहेको देखिन्छ ।   जब  सानीले समाजमा देखिने नारी शोषणहरुको अनुभुती गर्न थाली ,कुनै न कुनै माध्यामबाट बिरोधाभासका पाइला चाली । समयको बिकाससंगै आज समाजमा नगन्य परिवर्तनहरु भैसकेका छन् । त्यहि हिजोको समाजले आज   तेस्रो  आँखा उघारिसकेको परिस्थिती हामि देखिरहेका छौ  । समाजमा गरिने अनगिन्ती भेदभाबहरु बिस्तारै प्रगतितर्फ  घिस्रिरहेको  छ । आजभोलि सानीलाई लाग्छ,हिजो  रहरहरु कुन्ठित पार्दै जबर्जस्ती पठाइने पराइ घर र आज खुसियालीको रंग भर्दै नयाँ जीवनको सूरुवातसंगै रमाउने   पराइघर । आखिर त्यहि पराइघर । पराइघर सम्झिदै जीवनका वास्तविक भोगाइहरु पोख्ने उही सानी ------  
   सुभद्रा भण्डारी ,  
--हाल ईजरायल

1 कमेन्ट:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post