----------------------------------समय बित्दै गयो
,सानी स्कुल जाने भइ । कहीले काही चाडपर्बमा दिदि आउँदा खुशी हुन्थी नत्र घरमा
भएकी अर्की दिदिसँग रमाउथी सानीको मनमा पराइ
घर गएकी दिदिको याद्ले जब सताउथ्यो ,आमालाई आमा म पनि दिदिको पराइ घर जान्छु भनेर
पिरोल्थी । -समयको चक्रसंगै सानी बढ्दै गइ । ४ बर्ष पछि सानीको अर्की दिदिको पनि बिहेको
कुरा चल्यो । दिदिलाई माग्न धेरै मान्छे आउथे । सानीलाई यति थाहा थियो की अब अर्की
दिदिलाई पनि पराइ घर पठाउदै छन् भनेर । बाबा आमासँगको गाइगुइ सुनेर सानी चनाखो भएर
कान थाप्थी । १ दिन अचानक घरमा ४,५
जना मान्छे आए र दिदिको बिहेको निर्यण गरे
तर को केटा हो आएको थिएन । दिदि सिरकले मुख छोपेर बेस्सरी रोएको देखेर सानी
पनि रोइ
। ती मान्छेहरुले सानीलाई खुब जिस्काए। ठुली दिदि पराइ घर गएजस्तै अब सानी
दिदि पनि गएपछी सानी एक्लै हुने चिन्ताले खुबै एकोरिन थाली
। सानीको मनमा दिदिसँग बिहे गर्ने केटा को होला भनेर उत्सुकता जाग्यो तर
उहाँ त बिदेशमा
हुनुहुन्छ रे भन्दा सानी जिल्ला परि र मनभरी जिज्ञासा भएर पनि केही सोध्न
सकिन । त्यति
बेला सानी ३ कक्षामा पढ्थी । घरमा दिदिको बिहेको तयारी गरियो । केही दिन
पश्चात विवाहको
दिन आयो । सानीदिदीसँग पनि छुटिनु पर्ने भयो अब सानीले । दिदिको इक्षा
नहुदानहुदै कहिल्यै
नदेखेको केटासँग विवाह गरिदिने कति पापीहरु है दिदि भन्दै २ दिदिबहिनी खुब
रोए । जन्तीहरुको
माझमा आएको दुलाहा वा भिनाजुलाई सानीले नियालेर हेरी । तर दिदिको अनुहार
घुम्टोले छोपिएको
थियो । जब दिदि भित्र जानु भयो ,सानीले दिदिको कानमा सुटुक्क भनि ,दिदी
केटा त राम्रो रहेछ । उतिबेला २ दिनको विवाह हुन्थ्यो । जन्तीहरु रात बस्ने चलन थियो
। भोलिपल्ट सानीको अर्की दिदिलाई पनि रुवाउदै रुवाउदै डोलिमा राखेर लगे । सानी बिचलित
हुँदै खुबै रोइ । अब सानीको घरमा ३ जना मात्रा बाँकी रहे बाबा ,आमा
र सानी । आफ्ना प्यारा दिदिहरुसँग अलगिएर एक्लै बस्नुपर्दा सानी यति दुखी भइ की दिनैपिछे
बाबा-आमालाई सताउथी । एक दिन सानि आफ्नी दिदिलाई लिएर आउने र पराइ घर पनि हेर्ने चाहनामा
अनगिन्ती जिज्ञास राख्दै पराइ घर हेर्न गाऊको काकी पर्नेसँग दिदिको घर
गइ । भिनाजु बिदेश गैसक्नु भएको थियो
। दिदिको घरमा ठुलो परिवार रहेछ झन्डै १८ ,२० जनाको परिवार मेरी
दिदि त्यस घरकी नयाँ दुलही । कस्तो चलन बिहान मिर्मिरे नहुदै उठेर घरको काम गर्नु पर्ने
। सबैलाई मान सम्मान गर्दै सबैले खाइसके पछि खाना खानु पर्ने अनि सबैका जुठा भाडा स्याहार्ने
काम मेरि दिदिको रहेछ । फेरि कस्तो बिडम्बना जुन खाना मेरि दिदिलाई पटक्कै मन पर्दैनथ्यो
त्यहि खानु पर्दोरहेछ । सानी पनि दिदिसंगै खाना खान बसी । सानी त पाहुना भनेर दुध ,दही
घिउ सब दिएका
थिय तर उनी संगै बस्ने दिदिको भागमा केही अपुग देखि सानीले
। सानीको दिदिले खाना खाएको देखेर मन खुम्च्याउदै
सानीले आफ्नो भागको मिठो खाना दिदिलाई दिइ । सानीको मन धेरै रोयो किन की
सानीको घरमा
खाने कुराको कुनै कमी थियन । सन्तानको चाहना अनुसार खाना पकाउनु हुन्थ्यो
सानीको आमाले । पराइ घर भनेको येस्तो पो हुदोरहेछ भन्ने मनमनै
सोच्दै १ दिन भएपनी दिदिको काम सघाइ सानीले
। दिदिलाई आफ्नो साथमा लिएर फर्किने चाहनामा सानी गएकी थिइ । जब सानीले
दिदिको दु:ख
देखि ,भित्रभित्रै बाट पर्देशिएको भिनाजुलाई गाली गरि । पापी किन मेरि दिदिलाई बिहे
गरेर यस्तो दु:ख दिएको भन्ठानी मन मनै । सानीले दिदिको सासू सँग आफू दिदि लिन आएको
कुरा बताइ तर सासूले अहिले कामको चाप छ , जान मिल्दैन भनेर नमिठो
जवाफ दिएपछी सानी मलिन अनुहार लगाएर दिदि भएनेर गइ । मेरि दिदिले यो घरको के रिन खाएकी
रहेछ ? पेट पाल्नकै लागि यति दु:ख गर्नु पर्ने जस्ता अनाबत कुरा सोच्दै सानीको गहभरी आँशु टल्पियो । दिदि सानीलाई पुर्याउन अलिक पर सम्म
आउनु भएको थियो । बाटोमा २ दिदिबहिनी खुब रोए । रुदै बिदाइका हातहरु हल्लाउदै उनिहरु
छुट्टिए ।
-------------------जति जन्म घरमा छोरीलाई मायाको आभाश मिल्छ त्यती
माया कर्म घरमा कदापी नमिल्दोरहेछ भन्ने कुरा महशुस गर्दै सानी आफू कदापी यस्तो पराइ
घर जान नपरोस भन्ने सोचाइमा समय काट्न थाली ।
कस्तो परम्परा देबीलाई सिङारे झै सजाइन्छ र माइती घरबाट बिदा गरिन्छ । (माइती
घर तिम्रो होईन पराई घर जाउ कहीले काही बिदा लीइ जन्म घर आउ) हिजोसम्मकी छोरी बुहारी
हुन्छे । त्यो सिङारिएको शिर मान्यजनहरुको
पाउमा निहुरिदा निधारको सिङ्गार् नै पुछिन्छ
कहीले कही त । हुन त मान्यजनहरुको सम्मान गर्नु नराम्रो परम्परा
होईन तर सधैं शिर ढाक्नु पर्ने ,खुट्टाको
पानी खानु पर्ने ,जस्ता बिबिध परम्पराले एउटा कलिली नारीको मनोबलमा कस्तो
असर पर्ला ? पराइको घरलाई आफ्नो सम्झिदै पराइहरु सँग रमाउनु
अबश्य त्यति सरल हुदैन जति कल्पना गरिन्छ । जुन घरलाई सुरुमा पराई घरको सङ्ज्ञा दीईन्छ त्यहि घरलाई कर्मघर
स्वीकार्नु पर्छ । जन्म घर फर्केर जादा पराईलाई दिएकी कुटुम्ब चेली भनिन्छ ,कस्तो
रहेछ यो पराइघर ? भर्खर बिहे
भएकी नब दुलहीलाई चटक्क छोडेर श्रीमान परदेसिदा पनि परिवारको चाकडि गर्दै दिन गुजार्नु पर्ने ,अझ
यतिमात्र कहाँ हो र धेरै रहेछन् हाम्रा समाजमा नारीहरुलाई लगाइने तगाराहरु । बाल विवाह
, बाल बिधुवा तथा समाज र अभिभाबकको अन्यायको कारण जिन्दगी नै नर्कसरी बिताइरहेका
नेपाली नारीमनहरुको बेदना आज पनि जिबितै जीइरहेको देखिन्छ । जब सानीले
समाजमा देखिने नारी शोषणहरुको अनुभुती गर्न थाली ,कुनै
न कुनै
माध्यामबाट बिरोधाभासका पाइला चाली । समयको बिकाससंगै आज समाजमा नगन्य
परिवर्तनहरु
भैसकेका छन् । त्यहि हिजोको समाजले आज तेस्रो आँखा उघारिसकेको परिस्थिती
हामि देखिरहेका छौ । समाजमा गरिने अनगिन्ती भेदभाबहरु बिस्तारै
प्रगतितर्फ घिस्रिरहेको
छ । आजभोलि सानीलाई लाग्छ,हिजो
रहरहरु कुन्ठित पार्दै जबर्जस्ती पठाइने पराइ घर र आज खुसियालीको रंग भर्दै
नयाँ जीवनको सूरुवातसंगै रमाउने पराइघर ।
आखिर त्यहि पराइघर । पराइघर सम्झिदै जीवनका वास्तविक भोगाइहरु पोख्ने उही सानी
------
सुभद्रा
भण्डारी ,
--हाल ईजरायल
1 कमेन्ट:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment