Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Friday, 4 May 2012

सानो भ्यागुताको सपना

0 कमेन्ट
चिनिया बालकथा
लेखकः लिङ सोङइङ, चित्रांकनकर्ताः झाइ साओरोङ

सानो भ्यागुता पोखरीको किनारामा बसेर पानीमा आफूलाई हेरिरहको थियो । उसको जिऊको रंग हरियो थियो । तर उसलाई हरियो रंग पटक्कै मन पर्दैर्नथ्यो ।
"मेरो रंग फूलको जस्तो रातो भए कस्तो राम्रो हुनेथियो होला !" सानो भ्यागुताले यस्तो बिचार गथ्र्यो ।

एक दिन सानो भ्यागुता पोखरीमा कमलको फूलको पातमा सुतिरहेको थियो । उसले सपना देख्यो । सपनामा उसको जिउको रंग रातो गुलाफको फूलको रंग जस्तै भएको रहेछ ।

रातो सानो भ्यागुतालाई देखेर आकाशमा उडिरहेको गौँथली चरीले भनी, "आहा कति राम्रो भ्यागुता !"

गौँथलीको कुरा सुनेर सानो भ्यागुता दंग पर्यो । ऊ खुशीले यता उता उफ्रँदै आफ्नो नयाँ रंग देखाउन थाल्यो ।

एक छिनपछि उसलाई भोक लाग्यो । उसले घाँसमा एउटा फटेँग्रा बसेको देख्यो । उसले उफ्रेर फटेँग्रालाई समात्न खोज्यो । तर ऊ उफ्रन नपाउँदै फटेँग्रा उफ्रेर भागिहाल्यो । बिचरा भ्यागुता हिस्स पर्यो ।

पहिलेपहिले त यस्तो हुन्नथ्यो । जस्तोसुकै चलाक फटेँग्रालाई पनि उसले समात्न सक्थ्यो ।

त्यसै बेला उसले अर्को किरा झ्याउँकिरीलाई देख्यो । "यसलाई त पक्कै पनि समात्छु ।" सानो भ्यागुताले मनमनै भन्यो । तर ऊ चल्न नपाउँदै झ्याउँकिरी दुलोभित्र लुकिहाल्यो । ऊ फेरि हिस्स पर्यो ।

सानो भ्यागुतोले फेरि पनि किरा समात्ने कोशिस गर्यो । तर उसले एउटा किरा पनि समात्न सकेन । बिचरा भ्यागुता भोकले आत्तिन थाल्यो । ऊ बिस्तारै खेततिर गयो । खेतमा पुतली समात्न पाइएला भन्ने उसले आश गरेको थियो । तर खेतमा एउटा सर्प बसेको रहेछ ।

उसले हरियो धानको बोटभित्र लुकेर आफूलाई जोगाउन खोज्यो । तर उसको जिउको रंग हरियो नभै रातो भएको हुँदा ऊ हरियो धानको बीचमा लुक्न सकेन । सर्पले उसलाई देखिहाल्यो । ऊ खेतको हिलोमाटो भित्र लुकेर बाँच्यो ।

सर्प अर्कोतिर गएपछि ऊ बाहिर निस्क्यो । यसै बेला ऊ निँदबाट ब्युँझ्यो ।
"ओहो कस्तो डरलाग्दो सपना देखेछु ! झण्डै सर्पले नखाएको !" सानो भ्यागुता होसियार भयो । उसले पानीभित्र हेर्यो । उसको जिउको रंग त हरियो नै रहेछ । उसले लामो सास फेर्यो ।
त्यसै बेला उसकी आमा उसलाई खोज्दै आइन् । "के गर्दैछौ सानु -" आमाले सोधीन् ।

सानो भ्यागुताले सपनाको कुरा आमालाई सुनायो । आखिरमा उसले भन्यो, "आमा ! तपाईँले दिनु भएको हरियो रंग नै राम्रो रहेछ । हरियो रंग भएको हुनाले नै मैले किरा समात्न सकेको रहेछु । अनि हरियो रंगको घाँसमा लुकेर शत्रुबाट जोगिन पनि सजिलो हुने रहेछ ।"

उसको कुरा सुनेर आमा भ्यागुता मुसुक्क हाँसी । 
Source : balkatha

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post