Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Sunday, 24 June 2012

Block websites without using any software

0 कमेन्ट
धेरै दिन को खोज पछी को सफलता के छ भने तपाईंले आफ्नो कम्प्युटर मा नचाहिने साईट बन्द गर्न चाहनु हुन्छ तर कुनै न कुनै सफ्टवेर प्रयोग गर्नु नै पर्ने हुन्छ । आज म तपाइलाई एउटा यस्तो उपाय बाड्न जादै छु कि यो प्रयोग गरेर तपाइले सजिलै सङ्ग वेबसाईट बन्द गर्न सक्नु हुनेछ । 

के तपाइ यस्तै पोस्ट को खोजिमा हुनु हुन्छ यदी हुनु हुन्छ भने यो पोस्ट तपाइको लागी निकै नै लाभदायी हुने कुरा मा मलाई पुर्ण बिश्वास छ । आज को पोस्ट मा मैले तपाइ हरुलाई कसरी वेबसाईट बन्द गर्ने भन्ने कुरा को step by Step सिकाउन जादै छु । कतिपय लाई त थाहा होला तर धेरै लाई यो तरिका थाहा नहुन सक्छ । हेर्नुहोस के तपाइलाई यो तरिका थाहा थियो ।   


 1 . सबै भन्दा पहिले तपाइले My Computer  खोल्नु होस र त्यसको Local Dick : C  सम्म पुग्नु होस । 
 2 . दोश्रो Step  मा तपाइले विन्डोज खोल्नुहोस । 

  3. खोली सके पछी तपाइले त्यस भित्र रहेको SYSTEM 32 खोज्नुहोस र क्लिक्क गर्नुहोस ।
 4 . अब तपाइ ले System 32 ड्राइभर्स Drivers खोज्नु होस र enter  वा Double क्लिक गर्नुहोस 
5 . यस भित्र रहेको etc फाइल खोज्नु होस र enter गरी दिनुहोस
 
6 . अब तपाइले त्यहाँ Hosts लेखेको फाइलाई खोल्नु होस त्यसै त खोल्ने छैन तसर्थ तपाइले त्यसलाई notepad द्वारा खोल्नु होस अथवा नोटप्याड खोल्नु होस
र त्यसमा Drag गरेर तानेर राख्नुहोस तपाइले यस्तो फाइल देख्नु हुनेछ । 
माथी को चित्र मा हेर्नुहोस त्यहाँ  127.0.0.1 Local host देखाएको छ र त्त्यस भन्दा तल 127.0.0.2 www.orkut.com यस्तो देखिएको छ । यसको मतलब के हो भने तपाइले जुन साईट लाई बन्द गर्न चाहनु हुन्छ त्यसलाई यसरि लेख्न सक्नु हुनेछ ।  
उधाहरण को लागी मैले www.orkut.com लाई बन्द गर्नु छ भने मैले  127.0.0.2 www.orkut.com यसरि लेख्नु पर्ने हुन्छ  / अन्य साईट बन्द गर्न को लागी तपाइले यस्तै गर्दै बन्द गर्न सक्नु हुनेछ । 
for i,e.
127.0.0.3 www.yahoo.com
127.0.0.4 www.msn.com
127.0.0.5 www.google.com
127.0.0.6 www.facebook.com

यसरि लिस्ट बनाउनु होस र शेभ गरी दिनुहोस अब सेभ गर्न को लागी तपाइले एकै चोटी Ctrl + S थिची दिनुहोस र हटै दिनुहोस । तपाइले बन्द गर्नु चाहनु भएको साईट अब बन्द भयो । 


Thank you for Visit

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post