Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Monday 2 July 2012

Computer Format , Repair & Dual windows Install

1 कमेन्ट
सर्ब प्रथमत: म तपाइलाई आज पुरानो तर उपायोगी पोस्ट पस्कन चाहन्छु । सबैले आफ्नो कम्प्युटर लाई आफैले Format गर्ने गर्दछ तर धेरै जसो ले थाहा नहुन पनि सक्छ कसरी गर्ने भन्ने कुरा ।आज म यही बिसयमा के न्द्रीत भएर पोस्ट गर्न जादै छु ।

ध्यान दिनु पर्ने कुरा  :
क ) कम्प्युटर फर्म्याट गर्नु अघी के के कुरा चाहिन्छ निस्चित हुनु होस 
  1. Windows XP CD or Boot able CD
  2. Driver CD or Driver Install गरेको पेन ड्राइभ 
  3. Computer CD ROM DVD ,VCD USB port काम गरी रहेको सुनिश्चित गर्नुहोस 
  4. र इलेक्ट्रिसिटी को sheduale पनी हेर्नुहोस ताकि काम गर्दा गर्दा बंद नहोस 
  5. BIOS सेटिंग हेर्नुहोस CD रीड गर्ने बनाउनुहोस 
यो त भयो अनिवार्य कुरा हरु जस्को अति आवसेक पर्ने हुन्छ तपाइलाई । तपाइको कम्प्युटर को Driver CD  बिना कम्प्युटर चल्दैन तसर्थ तपाइको कम्प्युटर लाई चलाउन Driver CD को मुख्य भूमिका खेलेको हुन्छ । यदी यो भएन भने त बिना सिम को मोबाईल जस्तै हुन्छ ।  

ख ) अब दोश्रो कुरा के भने नि तपाइको सम्पुर्ण कुरा हरु धेरै जसो Local Disk : C मा शेभ भएको हुन्छ तसर्थ आवसेक पर्ने फाइलालाइ कपि गरेर अरु कुनै फोल्डर मा सेभ गर्नु होस ।

1) अब आफ्नो कम्प्युटरलाई restart गर्नुहोस् ।
2) जब तपाईंको कम्प्युटर restart हुँदै छ तपाईंले screen मा "Press any key to boot from CD" भन्ने मेसेज आएपछि keyboard को कुनै कि प्रेस गरिदिनुहोस् ।

@ यदि तपाईंको screen मा यो मेसेज आएको छैन भने तपाईंले boot sequence reset गर्नु पर्ने हुन्छ र त्यसको लागि कम्प्युटरको BIOS settings भित्र जानु पर्ने हुन्छ । BIOS settings भित्र जान कम्प्युटर restart गर्नुहोस् , जब restart हुँदै छ तब कि बोर्ड मा Delete कि थिची राख्नुहोस् । केही सेकेन्ड पछि कम्प्युटरको स्क्रीनमा BIOS mode देखा पर्नेछ । त्यहा boot sequence options मा CDROM drive to be 1st option छान्नुहोस् र save चेन्ज गरेर exit गर्नुहोस् ।

3) अब फेरी स्टेप ३ दोहर्याउनुहोस् , सि.डि लोड हुनेछ र निलो स्क्रीन देखा पर्नेछ र सि.डि को फाइलहरु कपि हुन थालनेछ । एक छिन कुर्नुहोस् । केही मिनट पछि setup ? मेसेज आएपछि Enter गरिदिनुहोस् ।
R को मतलब तपाइको कम्प्युटर लाई तपाइले गर्नु भएको कुनै परिवर्तन ले गर्दा खराबी आएको सम्झनु हुन्छ भने थिच्नु होस यस्ले Repair हुन्छ र फेरी कम्प्युटर ठीक हुने छ । त यो विन्डोज XP को CD नै राखिएको हुनु पर्ने छ ।  

4) अब windows install कुन Drive मा गर्ने अथवा कुन drive लाई Format गर्ने भन्ने option देखा पर्नेछ , तपाईंको कम्प्युटरको कुन Drive मा operating system install गरिएको छ त्यो drive छान्न्हुहोस् (Normally Drive C मा opereting system install गरिएको हुन्छ ) । छानिसके पछी Enter गर्नुहोस् ।

5) अब अर्को स्टेपमा कुन फाइल सिस्टम मा Drive Format गर्ने हो छान्नु पर्ने हुन्छ । NTFS option छिटो हुन्छ र formatting option "Quick" छान्नुहोस् र Enter थिच्नुहोस् ।

6) अब कम्प्युटर फरम्याट प्रोसेसमा गयो । कती बेरमा सकिन्छ त्यो भने कम्प्युटरको hard Drive को साइज र speed मा भर पर्छ ।

7) बिचमा टाईम place छान्नुपर्ने option आउन सक्छ । ओके ओके गरिदिनुहोस् ।

8) फरम्याट सकिसकेपछि opetating system files कपि हुन थालछ र install भईसकेपछि कम्प्युटर आँफै restart हुन्छ ।

9) अब कम्प्युटरमा सम्बन्धित driver हरु एक एक गरी install गर्नुपर्ने हुन्छ , जस्तै Sound card, LAN card आदी आदी ।
यो त भयो तपाइको कम्प्युटर लाई फर्म्याट गर्ने तरिका अब गर्नुहोस एउ टै कम्प्युटर मा डबल विन्डोज । यसको कती बेला काम लाग्छ भने यदी तपाइको कम्प्युटर एउटा बिगृयो भने अर्को चलाउन सक्नु हुनेछ । तपाइको कम्प्युटर लाई भाइरस लागेको बेला मा नखोल्ने समस्या आउन सक्छ यस्तो बेला तपाइले डबल राख्नु भएको छ भने काम लाग्न सक्छ । तर महत्व पूर्ण कुरा के भने नि तपाइले एउटा इन्स्तल गर्नु भएको अर्को मा रहदैन तसर्थ तपाइले दुइ ओटा मा नै Drivers  राख्नु पर्ने हुन्छ ।   
माथी को Step -4 सम्म दोहोर्‍यौनु होस र पाँचमा चाही परिवर्तन गर्नुहोस किन भने फर्म्याट अप्सन लाई छोड्नु होस र अन्तिम मा रहेको लाई छान्नु होस । तपाइको कोप्मुतेर मा अब दुइ वटा windows रहनेछ ।   

Writer : Jiban Shrestha

1 कमेन्ट:

Anonymous said...

Thank you so much for post this maile sadhai yehi ko pratikshaa maa thiye aaj bhete

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post