फुर्सद
हुनेबित्तिकै उनका औँला मोबाइलको किप्याडमा नाच्न थाल्छन्। अल्छी लाग्यो
कि मिगमा व्यस्त भइहाल्छिन्, धरान-१२, चतरालाइनकी एल्जिना राई। टाइमपासका
लागि डेढ वर्षअघिदेखि मिग चलाउन थालेकी हुन् उनले। रमाइलो पनि भयो। सयभन्दा
बढी साथी पनि बनाइन्। तर मिगमा झुम्मिँदाको परिणाम- कक्षा १२ को रिजल्ट नै
बिग्रियो उनको। डिपोट उच्च माबिकी छात्रा एल्जिना भन्छिन्, 'मिगकै कारण
रिजल्ट बिग्रियो, घरमा धेरै गाली खाइयो।'
एल्जिनाजस्ता शहरी क्षेत्रका युवायुवती यतिबेला सोसियल नेटवर्क मिग ३३ मा मस्त र व्यस्त छन्। सडकमा हिँड्दाहिँड्दै, कक्षामा पढ्दापढ्दै वा घरमा बसेका बेला एकोहोरो बनेर मोबाइलमा औँला चलाइरहेका युवायुवती भेटिन्छन्, देखिन्छन्। बोलाउँदा पनि नसुन्ने, अन्त ध्यानै नदिने गरी मिग च्याटमा झुम्मिँदै गएको युवा पढाइ बिगार्दैछन्। रातभर मिगमा व्यस्त हुँदाको अनिद्रा, एकोहोरोपनले शारीरिक र मानसिक समस्यासमेत निम्त्याउन सक्छ। अभिभावकहरू त मिगलाई आफ्ना सन्तानका दुस्मनै ठान्छन्।
क्लासमै मिग चलाएर विद्यार्थीहरूले पढाइ बिगार्न थालेपछि केही कलेजहरूले कक्षामा मोबाइल प्रतिबन्ध गरेका छन्। तर, अधिकांश कलेजमा अहिले पनि विद्यार्थीहरू मोबाइल बोकेर कक्षामा पस्छन् र पढाइरहेका बेला मोबाइलमा मिग चलाइरहेका हुन्छन्। घरमा रातभर छोराछोरी पढिरहेका छन् भनेर अभिभावक मख्ख हुन्छन् तर छोराछोरी मिगमा रमाइरहेका हुन्छन्।
कसैस"ग नजिक हुनुपर्दा आजकाल युवायुवतीहरू एक आपसका फोन नम्बर होइन, मिग आइडी साटासट गर्ने गर्छन्। सामान्य चिनजानपछि मिग आइडी छ भनेर सोध्ने र भएमा माग्ने चलन छ। थोरै खर्चमा धेरै समय चलाउन सकिने, मोबाइलमा सजिलै चल्नेजस्ता कारणले युवापुस्तामा लोकप्रिय बनेको छ मिग। अधिकांशले मोबाइलमा चलाउँछन् मिग। फोन, फेसबुकभन्दा मिगमा बढी आत्मीयता हुन्छ भन्छन् युजरहरू।
मिग ३३ का युजरहरू सबैभन्दा बढी इन्डोनेसियामा भएको बताइन्छ। नेपालका काठमाडौँ, धरान, दमक, चितवन र पोखरामा मिगका प्रयोगकर्ता थुप्रै छन्। विशेष गरी प्लस टुका विद्यार्थी राति १० बजेपछि मिगमा झुम्मिन्छन्। मिगकै कारण ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड र साथी-साथीबीच झगडा बढेको यसका प्रयोगकर्ता बताउँछन्। मिगका कारण जीवन अस्तव्यस्त बनिरहेको स्विकार्छन् मिग युजरहरू तर नशाजस्तै बनिसकेको मिग छाड्न सक्दैनन् उनीहरू। इन्जिनियरिङ कलेज, धरानका विद्यार्थी विराट गौतम भन्छन्, 'साथीहरूसँग कुरा गर्न र राम्रा कामका प्रयोग गरे मिगबाट धेरै फाइदा लिन सकिन्छ तर अहिले अधिकांशले दुरुपयोग नै गरेका छन्। यसले मनोरञ्जन त दिन्छ तर करिअरमा असर पारिरहेको छ।'
मिगमै किस, मिगमै सेक्स
टिनएजरले बढी चलाउँछन् मिग। साथीभाइसँग गफगाफसम्म त ठिकै छ, तर अहिले मिगमा ननभेज गफ र गतिविधि बढिरहेको छ। मिगमै किस र सेक्स गर्छन् युवायुवती!
मिगमा सेक्स च्याट गर्ने क्रम बढेको छ। कहिल्यै नचिनेका मान्छेसँग गफ हुने भएकाले मनमा लागेको जुनसुकै कुरा प्याच्च भन्न सकिन्छ। एक युजरका अनुसार केटाहरू केटीलाई च्याट रुममा भेटे भने सिधै 'डु यु वान्ट सेक्स च्याट' भनेर प्रस्ताव गर्छन्। धेरै केटीहरूले ओके भनिदिन्छन्। त्यसपछि सुरु हुन्छ सेक्स च्याट। सेक्स च्याट गर्न चाहने केटीले चाहिँ केटालाई 'हाउ सेक्सी यु आर' भनेर प्रस्ताव राख्छन् रे। सेक्स च्याट गर्ने केटाले आफ्नो यौनांगको तस्बिर मोबाइलबाटै खिचेर पठाउँछ भने केटीले पनि त्यसै गर्छे। राति सुती सुती मिग चलाउनेहरू बढी यस्तो गर्छन्। एक युजर भन्छन्, 'यसमा लाइभ सेक्सको अनुभव हुन्छ।'

हुन
त मिगको नियममा सेक्स च्याट, छाडा शब्द, अश्लील फोटो सेयर गर्नेलाई
सस्पेन्ड गरिनुपर्ने हो, तर मिग सञ्चालकले त्यसो गरेको पाइँदैन। ग्रुप
च्याट र ग्रुप सेक्स गर्नेहरू पनि धेरै छन् मिगमा।
के हो मिग ३३
सन्
२००५ को डिसेम्बर महिनामा लन्च भएको मिग ३३ लाई विश्वकै सबैभन्दा ठूलो
मोबाइल सञ्जाल भनिन्छ। हालसम्म सबैभन्दा बढी डाउनलोड गरिएको मोबाइल
एप्लिकेसन बन्न सफल मिगका दुई सयभन्दा बढी देशमा ४० लाखभन्दा बढी
प्रयोगकर्ता रहेका छन्। मोबाइलबाट मोबाइलमा सस्तो शुल्कमा एसएमएस पठाउन
मिल्ने सुविधा सहितको एप्लिकेसन निर्माण गर्ने सोचका साथ यसको विकास गरिएको
थियो।
मिग ३३ बाट च्याट गर्ने, नया" साथी खोज्ने, आमन्त्रण पठाउने, आफ्नो एकाउन्टको क्रेडिट बढाउने काम गर्न सकिन्छ। मिग प्रयोग गरेर याहु, फेसबुक, गुगल टक, एमएसएन तथा एओएलबाट च्याटिङ गर्न मिल्ने सुविधा छ।

0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment