काठमाडौ, १२ असोज । सीता एयरको
टीवनअटर विमान चरा ठोक्कीएर दुर्घटना भएको विमानस्थलले पुस्टि गरेको छ ।
बिमानमा चरा ठोकीए पछी बिमान अनियन्त्रित हुदा दुर्घटना भएको पनि
विमानस्थलले जनाएको छ । दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबै १९ जना
यात्रुको मृत्यु भएको छ । विमानमा रहेका सबै यात्रुको घटनास्थलमा नै मृत्यु
भएको छ । विमानमा ३ जना चालक दलका सदस्य, एक नेपाली यात्रु र अन्य सबै
विदेशी पर्यटक रहेका थिए । चालक दलका सदस्यहरुमा चालक विजय तन्डुकार,
सहचालक प्राकृति थापा, परिचारिका रोजा शाक्य रहेका छन् । विमानमा ७ जना
बेलायती र ५ जना चिनियाँ नागरिक र चालक दल सहित ७ जना नेपाली नागरिकको
मृत्यू भएको छ । अन्य मृत्यू हुने नेपालीहरुमा एमके तामाङ, एल एन सेर्पा,
वि राई,
केएम मगर रहेका छन् । मृत्यू हुने
विदेशी पर्यटकहरुमा आर ईगल, भी केल्ली, टि डाक्सी, सी डभाय, एस होल्डीङ,
मिस्टर बेरिरुल, ओग्डेन एमआर, डि जभी, मिसेज याङसन्जे मिसेज याङचेन, मिसेस
बेलिङ रहेका छन् ।
दुर्घटना अघि विमान चालकले ट्राफिक कन्ट्रोलरलाई
चरा ठोक्किएर विमान अनियन्त्रित भएको जानकारी दिएका थिए । पर्यटक बोकेर
लुक्लाका लागि उडेको ४ मिनेटमै आगो लागेर भक्तपुरको मनोहरामा खसेको थियो । ६
बजेर १५ मिनेटमा उडेको विमान ६ बजेर १९ मिनेटमा अथवा उडेको ४ मिनेटभित्रै
दुर्घटना भएको सीता एअरले जानकारी दिएको छ । नजिकै रहेको सुकुम्बासी
बस्तिमा पनि विमान खस्दा खैलाबैला मच्चिएको थियो ।
विस्तारै पछाडीबाट
सल्केको आगोले एकैछिनमा विमान ध्वस्त पारेको थियो । शवहरु ध्वस्त भएर
जलेकाले चिन्न कठिनाई भएको छ । अहिले पोष्ट मार्टमका लागि शवहरु शिक्षण
अस्पताल महाराजगञ्जमा लगिएको छ । समथल भूमिमा विमान खसेका कारण मनोहरा
बस्तिमा भने कुनै मानवीय क्षति हुन पाएन । घटनास्थलको प्रकृति हेर्दा विमान
चालकले बस्तिलाई छलेर समथल ठाउँमा अवतरण गराउन खोजेको प्रत्यक्षदर्शीले
बताएका छन् । विमानका आगो लागेको २० मिनेट जतिपछि मात्रै दमकल पुगेका थिए ।
उद्दार गरिदै
मानिस हरु को जमात
दुर्घटना अघि विमान चालकले ट्राफिक कन्ट्रोलरलाई चरा ठोक्किएर विमान अनियन्त्रित भएको जानकारी दिएका थिए । पर्यटक बोकेर लुक्लाका लागि उडेको ४ मिनेटमै आगो लागेर भक्तपुरको मनोहरामा खसेको थियो । ६ बजेर १५ मिनेटमा उडेको विमान ६ बजेर १९ मिनेटमा अथवा उडेको ४ मिनेटभित्रै दुर्घटना भएको सीता एअरले जानकारी दिएको छ । नजिकै रहेको सुकुम्बासी बस्तिमा पनि विमान खस्दा खैलाबैला मच्चिएको थियो ।
1 कमेन्ट:
sarai dukha lagyo yaar malai ta
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment