ऐस/पछिल्लो पटक नेपाली सिने जगत विवादित हुँदै गएको छ । विशेषगरी समाजमा भद्दा सुनिने र अश्लिल लाग्ने शब्दको प्रयोग गरिएको चलचित्र लुटले अनपेक्षित सफलता हासिल गरेपछि भल्गर फिल्म बन्ने क्रम बढेपछि कलिउड विवादित बनेको हो । पैसा लुट्ने योजना बनाएको लुटबाट सकारात्मक भन्दा नकारात्मक पाठ सिकेका निर्देशक निर्माताले पछिल्लोपटक यौनको विषयलाई जोडतोडले उठाइरहेका छन् । अनावश्यक अंग प्रदर्शन, अधरपान र अश्लिल हर्कत समेटिएका नेपाली फिल्म यसअघि पनि नबनेका होइनन् तर तिनले सीमा नाघेका थिएनन् । तर अहिले बग्रेल्ती रुपमा निर्माण भैरहेका सिनेमाले भने सामाजिक मान मर्यादाको हद पार गरिरहेका छन् । सिनेमा क्षेत्रभित्र यो विकृति र विसंगतिको पराकाष्टा हो । पछिल्ला चरणमा निर्माण भएका ‘चपली हाइट’, ‘द लास्ट किस’, ‘एटीएम’ र ‘किन किन’ जस्ता फिल्म यस्तै विकृतिका नमुना हुन् ।
‘चपली हाइट’ नेपाली समाजमा पाच्य हुन खालको देखिदैँन । उक्त चलचित्रमा
लेख्नै नमिल्ने किसिमका शब्द संवादमा राखिएको छ । सुटिङका अधिकांश समय
तीनजना गाँजा, रक्सी, चुरोट खानमै व्यस्त रहेको देखिन्छ । चपली हाइटले
एडल्ट सर्टिफिकेट पाएको थियो । उक्त सर्टिफिकेट पाएको चलचित्रले १६ वर्र्ष
भन्दा मुनिका दर्शकले हेर्न पाउँदैन । तर अधिकांश हलमा ९ वर्र्ष देखिका
बालबालिका समेत उपस्थिति रहेको देखिन्थ्यो । जसका कारण विराटनगरमा
युथफोर्सले विरोध गर्दा झण्डै झडप भएको थियो । नेपाली फिल्म ‘लुट’ र
‘चपली हाईट’ ले राखेका संवाद र दृश्यले चर्चा बटुलेपछि, नेपाली फिल्मको धार
परिवर्तन भएको धेरैको बुझाई छ । यी दुई फिल्मपछि नेपाली फिल्म ‘द लास्ट
किस’ को चर्चा पनि निक्कै चल्यो । चलचित्रमा नायिका सोभिता सिंखडाले
चुम्बनका दृश्य प्रसस्तै दिएकी छिन् । यो चलचित्रमा त्यस्ता कैयौँ दृश्य
रहेका छन् जहाँ चुम्वन र संवाद निक्कै भद्दा लाग्छन् ।

http://ads.clicksor.com/showAlter.php?pid=271743&sid=440248&img=1&adtype=8&cbor=%2399CC33&cbg=%23FFFFFF&clink=%23000000&ctxt=%23666666
पछिल्लो चरणमा बनेका यस्ता चलचित्रका निर्माता, निर्देशकले नयाँ युवा पिढीँ
र प्रेम–रोमान्स मन पराउने दर्शकको माग बमोजिम दृश्य राखिएको बताउँदै
गर्दा युवाको भावना बुझेर फिल्म बनाउँछु भन्ने हो भने निर्देशकले अब पोर्न
फिल्म बनाउनुपर्ने हुन्छ, किनकि युवा त्यहि माग गर्छ । अझ उनीहरू हलमै गएर
यस्तै अश्लिल फिल्म हेर्न मन पराउलान् । के अब त्यस्तै फिल्म बनाउने ?
मुख्य कुरा समाज हो । चलचित्र समाजको ऐना पनि हो । मनोरञ्जनको माध्यम
मात्रै नभई चलचित्र र सिनेजगतको सामाजिक उत्तरदायित्व पनि हुन्छ । आफूले
पस्किएको सामाग्रीले समाजलाई कुन दिशातर्फ धकेल्छ भन्ने प्रश्न मुख्य हो ।
दर्शकले त जस्तो सामाग्री आएपनि पचाउँछन् र रमाउँछन् । तर ती सामाग्री
हेरेका दर्शकले समाजमा कस्तो भूमिका निर्वाह गर्लान ? यतातिर ध्यान
जानुपर्छ होइन र ?
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment