Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Wednesday 24 October 2012

निर्मात्री नायिकाको घट्दो क्रेज

0 कमेन्ट
एक समय थियो, जतिवेला हिरोइनले बनाएको फिल्म भनेपछि मुहूर्त नहुँदैदेखि निकै चर्चा परिचर्चा हुने गर्दथ्यो । वितरक, हलवाला मात्र होइन, सञ्चारकर्मीले पनि कान ठाडा पार्थे । फलानो हिरोइनले निर्माण गरेको चलचित्र भनेर प्रचार गरेपछि हलमा दर्शक पनि ठेलमठेल हुन्थे । तर, अहिले आएर समय बदलिएको छ । हिरोइनले बनाएकोभन्दा वितरकले अगि्रम फिल्म किनिदिने, हलवालाले फिल्म डिमान्ड गर्ने तथा हलमा दर्शक खचाखच हुन छाडेका छन् । यसको ताजा उदाहरण हो, झरना थापाको फेसबुक र ऋचा शर्माको भिसा गर्ल । पछिल्लो तीन महिनायता नेपाली फिल्म एकसँगै अर्काे लाइन लागेर फ्लप भइरहेका छन् । लुट र चपली हाइटपछि रावण, सायद, किन लाग्छ माया, मालतीको भट्टी र मायाज बारले औसत व्यापार गरे । प्रदर्शित अन्य सबै फिल्म फ्लप भए । फिल्म चलाउनका लागि अनेक तिकडम गर्दा पनि हलमा दर्शक आउन छाडेका छन् । केही वर्षअघिसम्म हिरो-हिरोइनले निर्माण गरेको फिल्ममा सामान्यभन्दा दर्शक बढी नै हुने गर्थे । तर, पछिल्लो समय हिरोको पावरले केही जोर नचल्ने प्रमाणित गरिदियो, भुवन केसीको साथी म तिम्रोले । नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीका रूपमा क्रेज घट्दै गएपछि फिल्म निर्माणमा लागेका थुप्रै उदाहरण छन्, जो निर्मात्रीका रूपमा समेत असफल देखिएका छन् । करिश्मा मानन्धरले हिरोइनका रूपमा आफ्नो क्रेज घट्दै गएपछि ढुकढुकी निर्माण गरेकी थिइन् । करिश्माको ढुकढुकी भनेर प्रचार गरिएको सो फिल्म समीक्षकले मन नपराए पनि दर्शकले भने मन पराएका थिए । ढुकढुकी हिट भएपछि करिश्माले जुनेली नामक अर्काे फिल्म निर्माण गर्ने घोषणा गरेकी थिइन् । तर, जुनेली बनेन । बरु उनले बाबुसाहेब बनाइन् । रमेश बुढाथोकीको निर्देशनमा बनेको बाबुसाहेबमा दुइटा हिन्दी फिल्म बिरासत र बुलन्दी मज्जाले मिसाइएको थियो । करिश्माको बाबुसाहेब सुपर फ्लप भयो । फिल्म फ्लप भएपछि करिश्मा घाटा उठाउनका लागि करिब ६ वर्ष अमेरिका पलायन भइन् । अमेरिकाबाट मुलुक फर्किएपछि उनले केही फिल्ममा चरित्र भूमिका निभाए पनि फिल्म बनाउने आँट भने गरेकी छैनन् । दाइजो फिल्ममा सानो भूमिका निभाएकी झरना थापाले हिरोइन बन्ने सपना पालेकी थिइन् । बिहेपछि उनका पति सुनीलकुमार थापाले धर्मसंकट नामक फिल्म निर्माण गरे । सो फिल्ममा झरना छोटो रोलमा थिइन् । झरना नाचेको मलाई नेपाली माया चाहिन्छ बोलको गीत हिट भएको थियो । त्यसपछि झरनाले एकल हिरोइन बन्ने 'कन्पिmडेन्ट' बढाइन् । झरनाको प्रस्तुतिमा पति सुनीलकुमारले निर्माण गरे- गोर्खाली । ज्ञानेन्द्र देउजा निर्देशित सो फिल्मबाट झरना एकल हिरोइनका रूपमा देखापरिन् । गोर्खालीले औसत व्यापार गर्‍यो । तर, झरना बाहिरी ब्यानरका फिल्ममा व्यस्त भइन् । हँुदाहँुदा झरना टप थ्री हिरोइनमा गनिन थालिन् । त्यसबीचमा उनले शिव रेग्मीको निर्देशनमा ए मेरो हजुर र दीपक श्रेष्ठको निर्देशनमा तक्दिर निर्माण गरेकी थिइन् । झरनाले निर्माण गरेको पाँचौँ फिल्म फेसबुक भने सुपर फ्लप भयो । गत भदौ २९ मा प्रदर्शित सो फिल्मको निर्देशन सुरज सुब्बाले गरेका हुन् । आफूले निर्माण गरेको फिल्म नराम्रोसँग पछारिएकाले झरना अचेल तनावमा छिन् । फेसबुकको असफलताबाट झरना यसर्थमा पनि तर्सिएकी छिन् कि उनलाई आफ्नो क्रेज घटेको महसुस राम्रैसँग भएको छ । हाल फेसबुकको विशेष सोका लागि अस्ट्रेलियामा रहेकी झरना अब हत्तपत्त फिल्म नबनाउने सोचमा पुगेकी छिन् । हुन त जेनी कुँवरलाई नायिकाभन्दा बढी निर्मात्रीको रूपमा चिनिन्छ । बज्रपात, मैदान, अभिमन्युलगायत केही फिल्ममा राम्रै रोलमा अभिनय गरे पनि उनी आफँैले निर्माण गरेको घायल र हलचल फिल्ममा हिरोइनका रूपमा देखिएकी हुन् । मदन घिमिरे निर्देशित घायलले जेनीलाई आर्थिक रूपमा थोरै दिएको थियो । तर, हलचलले भने उनलाई डुबायो । त्यसपछि भने उनले पुनः फिल्म निर्माण थालेकी छैनन् । 'अहिले फिल्म बनाए डुबिन्छ,' जेनी अचेल भन्ने गर्छिन्, 'जानीजानी भुंग्रोमा किन हात हाल्नू ?' त्यसैले अचेल चुपचाप छिन् जेनी । बेहुलीकी हिरोइन सुनीता शर्माले एक दशकअघि धर्ती नामक फिल्म निर्माण गरेकी थिइन् । निकै तामझामका साथ प्रचार गरिएको धर्ती त्यतिवेला नै फ्लप भएको थियो । त्यसपछि उनले अर्काे फिल्म बनाएकी छैनन् । बादल फ्लप भए पनि पुरानी नायिका शर्मिला मल्लको प्रस्तुतिमा लगनगाँठो निर्माण भएको थियो । त्यो फिल्मले पनि राम्रो व्यापार गरेन । त्यसपछि भने शर्मिलाले फेरि फिल्म बनाएकी छैनन् । नायक निखिल उप्रेतीसँगको पार्टनरसिपमा सावधान फिल्मको निर्मात्रीको रूपमा देखा परेकी सज्जा मैनाली पनि सफल भइनन् । सावधानपछि निखिलले निशाना बनाए पनि सज्जा निर्मात्रीको रूपमा देख्न पाइएन । बरु उनले फिल्म लाइनलाई नै बाइबाइ गरी अमेरिका उडिन् । नायिका रेखा थापा निर्मात्रीको रूपमा पनि चर्चित छिन् । उनको प्रस्तुति रहेका फिल्म अहिलेसम्म हिट भएका छन् । तर, उनी अभिनीत बाहिरी ब्यानरका थुप्रै फिल्म फ्लप भएका छन् । अचेल उनलाई अब आफ्नो नाममा फिल्म चल्लाकी नचल्ला भन्ने चिन्ता बढेको छ । किनभने उनी र पति छविराज ओझा छुट्टसिकेका छन् । त्यसको असर फिल्मलाई पर्ला या नपर्ला, त्यो भने हमेशाको रिलिजपछि नै थाहा हुनेछ । हिरोइनका रूपमा अफर आउने क्रम पातलिँदै गएपछि रेजिना उप्रेती फिल्म निर्माणमा लागिन् । उनले आफ्नो पूर्वप्रेमी सोभित बस्नेतलाई निर्देशक लिएर कविता श्रेष्ठसँगको पार्टनरसिपमा बरदान नामक फिल्म निर्माण गरेकी छिन् । आफँैले मुख्य भूमिका निभाएकी रेजिनाको सो फिल्म कहिले रिलिज हुन्छ ? टुंगो लागेको छैन । एकातिर फिल्म नपाएर बेरोजगार हुनु, अर्काेतिर बरदान रिलिज नहुनु, दोहोरो तनावमा रहेकी रेजिना केही दिनअघि आफ्नो प्रेमी भेट्न लन्डन उडेकी छिन् । स्रोतका अनुसार रेजिना वरदानको रिलिजसँगै बिहे गर्ने योजनामा छिन् । ऋचा घिमिरे पनि निर्मात्री बनिन्, ब्रेकफेल फिल्मबाट । वीरताको चिनो फिल्ममा अभिनय गर्ने क्रममा ऋचाको सोही फिल्मका निर्देशक शंकर घिमिरेसँग प्रेम भयो । बिहे गरेपछि उनीहरूले तुलसी नामक फिल्म निर्माण सुरु गरे । सो फिल्म नसक्दै उनीहरूले ब्रेकफेल निर्माण गरे । ऋचाको ब्रेकफेल भनेर निकै तामझाम गरिएको सो फिल्म फेलै भयो । त्यसपछि उनी फेरि फिल्म बनाउने धुनमा लागेकी छैनन् । हाल छोराको स्याहारमा दिन कटाइरहेकी ऋचा तुलसी रिलिज गर्न अनकनाइरहेकी छिन् । उनी भन्ने गर्छिन्, 'यस्तो वेलामा फिल्म रिलिज गर्नु फेरि फेल हुनु हो । त्यसकारण केही समय चुपचाप लाग्नु नै बेस हुन्छ ।' फस्ट लभबाट चर्चामा आएकी नायिका ऋचा शर्मा पनि निर्मात्री बनिन्, भिसा गर्लबाट । चौधरी गु्रपको सिजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सो फिल्मले न दर्शकको मन जित्यो न त निर्मातालाई फाइदा दिन सक्यो । भिसा गर्ल फ्लप भयो । ऋचा र उनका प्रेमी विनय श्रेष्ठ सहनिर्माता रहेको भिसा गर्लको असफलताले गर्दा हिरोइनको क्रेजले फिल्म चल्छ भन्ने सोच, हल्ला र अनुमानमा पूर्णविराम लागेको छ । फिल्म फ्लपसँगै हिरोइनको व्यस्तता पनि घट्ने गरेको देखिएको छ । हिरोइनका फिल्म फ्लप हँुदै गए पनि हिरोइनले फिल्म बनाउने क्रम भने घटेको देखिँदैन । पूजना प्रधान पनि यही सूचीमा थपिँदै छिन् । उनले एकसाथ दुई फिल्म बनाउन सुरु गरेकी छिन् । हिरोइनले निर्माण गरेका फिल्म पनि सुपर फ्लप हुुनामा उनीहरूको घट्दो क्रेज नै कारक तत्त्व हो भनेर ठोकुवा गर्नु अनुचित हुँदैन । - लक्ष्मण सुवेदी

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post