Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Monday 8 October 2012

मुसलमान बालिकाको नाङ्गो छातीले

0 कमेन्ट
images (2) (1)जर्मनीको एक अदालतले शुक्रबार मुसलमान बालिकाले नाङ्गो छाती भएका केटाहरूसँग नजिक रहेर पौडी खेल्न असजिलो हुने भएकाले पौडी कक्षा छोड्न दिएको निवेदनलाई अस्वीकार गरेको छ ।मोरोक्कोबाट आएकी १२ वर्षीया यी बालिका हाल जर्मनीको फ्र्याङकफर्ट नगरमा अध्ययन गर्छिन् । उनले विद्यालयमा पौडीको कक्षा लिन अस्वीकार गरेकी थिइन् ।यी बालिकाले पौडी कक्षा छोड्न अनुमतिका लागि अदालतमा निवेदन दिएकी थिइन् र उनका कानुन व्यवसायीले पनि कुरानअनुसार उनलाई बालकलाई आफ्नो शरीर देखाउन तथा बालकहरूको नाङ्गो छाती हेर्न अनुमति नभएको तर्क गरेका थिए ।क्यासेलस्थित प्रशासनिक अदालतले यी बालिकाको निवेदन अस्वीकार गरेको छ । अदालतले यी बालिकाले अरु बालिकाजस्तै शरीर पूर्ण ढाकिने बुर्का लगाउन सक्ने र उनलाई धार्मिक स्वतन्त्रताअनुसार यो सुविधा मात्र दिन सकिने उल्लेख गरेको छ ।अदालतले यी बालिकाको परिवारले जर्मनीमा बस्न स्वीकार गरेको जहाँ पौडीको कक्षा अनिवार्य रहेको उल्लेख गरेको छ ।

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post