Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Monday 8 October 2012

आमाले सिनेमा हेर्न २० रुपैयाँ नदिँदा ७ बर्षका बालकले गरे आत्महत्या

0 कमेन्ट
रुकुम  असोज २२। सिनेमा हेर्नका लागि मागेको २० रुपैयाँ आमाले नदिएपछि रुकुमका एक बालकले आत्महत्या गरेका छन् । रुकुमको आठबीसकोट गाविस वडा नम्बर २ निवासी लालसिंह परियारका सातबर्षका छोरा भूपेन्द्रले चलचित्र हेर्न मागेको पैसा आमाले नदिएपछि आमाकै पछ्यौरीमा पासो लगाएर आत्महत्या गरेका छन् ।
भुपेन्द्रकी आमा कालिकाले भनिन्-’छोराले फिल्म हेर्न भन्दै २० रुपैयाँ माग्यो, मँसग भएको १० रुपैयाँ दिए, मलाई लुगा धुन हतार भएकाले नजिकैको खोलामा लुगा लिएर गए, आउँदा छोराले ज्यानै गुमाएछ,’ आँखाभरि आँसु पार्दै उनले भनिन्-’आफु दिनरात उनीहरुकै लागि भनेर खट्छौ तर मनमा ठूलो चोट दिएर गयो ।’
खलंगामा लुगा सिलाउने काम गर्दै आएका लालसिंहले पनि आफुले कल्पनै नगरेको काम गरेर छोराले मर्माहत बनाएको बताए, उनले भने-’अर्को छोरो सानै छ, ठूला छोरालाई पनि भरसक केही अपुग गराएको थिएन, के बुद्धि आयो र ज्यानै गुमाएछ ।’
शवको शनिबार नै पोष्टमाटम गरी अन्तिम संस्कार सम्पन्न भएको छ । पोष्टमाटम पछि चिकित्सकहरुले यो रुकुमको लागि नौलो घटना भएको बताएका छन् । बाल मनोविज्ञ सिद्दार्थ पनेरुले भने बालकले कुनै फिल्मको पर्दामा झुण्डिएको दृश्य देखेकाले यस्तो अभिनय गरेको बताए । उनले पनि आफ्ना बालबालिकाको भावना अनुसार समयमै सचेतना अपनाएमात्र सुरक्षा दिन सकिने बताए .
रुकुम २२ असोज, । सिनेमा हेर्नका लागि मागेको २० रुपैयाँ आमाले नदिएपछि रुकुमका एक बालकले आत्महत्या गरेका छन् । रुकुमको आठबीसकोट गाविस वडा नम्बर २ निवासी लालसिंह परियारका सातबर्षका छोरा भूपेन्द्रले चलचित्र हेर्न मागेको पैसा आमाले नदिएपछि आमाकै पछ्यौरीमा पासो लगाएर आत्महत्या गरेका छन् ।
भुपेन्द्रकी आमा कालिकाले भनिन्-’छोराले फिल्म हेर्न भन्दै २० रुपैयाँ माग्यो, मँसग भएको १० रुपैयाँ दिए, मलाई लुगा धुन हतार भएकाले नजिकैको खोलामा लुगा लिएर गए, आउँदा छोराले ज्यानै गुमाएछ,’ आँखाभरि आँसु पार्दै उनले भनिन्-’आफु दिनरात उनीहरुकै लागि भनेर खट्छौ तर मनमा ठूलो चोट दिएर गयो ।’
खलंगामा लुगा सिलाउने काम गर्दै आएका लालसिंहले पनि आफुले कल्पनै नगरेको काम गरेर छोराले मर्माहत बनाएको बताए, उनले भने-’अर्को छोरो सानै छ, ठूला छोरालाई पनि भरसक केही अपुग गराएको थिएन, के बुद्धि आयो र ज्यानै गुमाएछ ।’
शवको शनिबार नै पोष्टमाटम गरी अन्तिम संस्कार सम्पन्न भएको छ । पोष्टमाटम पछि चिकित्सकहरुले यो रुकुमको लागि नौलो घटना भएको बताएका छन् । बाल मनोविज्ञ सिद्दार्थ पनेरुले भने बालकले कुनै फिल्मको पर्दामा झुण्डिएको दृश्य देखेकाले यस्तो अभिनय गरेको बताए । उनले पनि आफ्ना बालबालिकाको भावना अनुसार समयमै सचेतना अपनाएमात्र सुरक्षा दिन सकिने बताए

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post