ggh\d
Monday, 29 October 2012
आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा ब्लड टेस्टले थाहा हुने
कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ?
Wednesday, 24 October 2012
निर्मात्री नायिकाको घट्दो क्रेज
एक समय थियो, जतिवेला हिरोइनले बनाएको फिल्म भनेपछि मुहूर्त नहुँदैदेखि निकै चर्चा परिचर्चा हुने गर्दथ्यो । वितरक, हलवाला मात्र होइन, सञ्चारकर्मीले पनि कान ठाडा पार्थे । फलानो हिरोइनले निर्माण गरेको चलचित्र भनेर प्रचार गरेपछि हलमा दर्शक पनि ठेलमठेल हुन्थे । तर, अहिले आएर समय बदलिएको छ । हिरोइनले बनाएकोभन्दा वितरकले अगि्रम फिल्म किनिदिने, हलवालाले फिल्म डिमान्ड गर्ने तथा हलमा दर्शक खचाखच हुन छाडेका छन् । यसको ताजा उदाहरण हो, झरना थापाको फेसबुक र ऋचा शर्माको भिसा गर्ल ।
पछिल्लो तीन महिनायता नेपाली फिल्म एकसँगै अर्काे लाइन लागेर फ्लप भइरहेका छन् । लुट र चपली हाइटपछि रावण, सायद, किन लाग्छ माया, मालतीको भट्टी र मायाज बारले औसत व्यापार गरे । प्रदर्शित अन्य सबै फिल्म फ्लप भए । फिल्म चलाउनका लागि अनेक तिकडम गर्दा पनि हलमा दर्शक आउन छाडेका छन् । केही वर्षअघिसम्म हिरो-हिरोइनले निर्माण गरेको फिल्ममा सामान्यभन्दा दर्शक बढी नै हुने गर्थे । तर, पछिल्लो समय हिरोको पावरले केही जोर नचल्ने प्रमाणित गरिदियो, भुवन केसीको साथी म तिम्रोले । नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीका रूपमा क्रेज घट्दै गएपछि फिल्म निर्माणमा लागेका थुप्रै उदाहरण छन्, जो निर्मात्रीका रूपमा समेत असफल देखिएका छन् ।
करिश्मा मानन्धरले हिरोइनका रूपमा आफ्नो क्रेज घट्दै गएपछि ढुकढुकी निर्माण गरेकी थिइन् । करिश्माको ढुकढुकी भनेर प्रचार गरिएको सो फिल्म समीक्षकले मन नपराए पनि दर्शकले भने मन पराएका थिए । ढुकढुकी हिट भएपछि करिश्माले जुनेली नामक अर्काे फिल्म निर्माण गर्ने घोषणा गरेकी थिइन् । तर, जुनेली बनेन । बरु उनले बाबुसाहेब बनाइन् । रमेश बुढाथोकीको निर्देशनमा बनेको बाबुसाहेबमा दुइटा हिन्दी फिल्म बिरासत र बुलन्दी मज्जाले मिसाइएको थियो । करिश्माको बाबुसाहेब सुपर फ्लप भयो । फिल्म फ्लप भएपछि करिश्मा घाटा उठाउनका लागि करिब ६ वर्ष अमेरिका पलायन भइन् । अमेरिकाबाट मुलुक फर्किएपछि उनले केही फिल्ममा चरित्र भूमिका निभाए पनि फिल्म बनाउने आँट भने गरेकी छैनन् ।
दाइजो फिल्ममा सानो भूमिका निभाएकी झरना थापाले हिरोइन बन्ने सपना पालेकी थिइन् । बिहेपछि उनका पति सुनीलकुमार थापाले धर्मसंकट नामक फिल्म निर्माण गरे । सो फिल्ममा झरना छोटो रोलमा थिइन् । झरना नाचेको मलाई नेपाली माया चाहिन्छ बोलको गीत हिट भएको थियो । त्यसपछि झरनाले एकल हिरोइन बन्ने 'कन्पिmडेन्ट' बढाइन् । झरनाको प्रस्तुतिमा पति सुनीलकुमारले निर्माण गरे- गोर्खाली । ज्ञानेन्द्र देउजा निर्देशित सो फिल्मबाट झरना एकल हिरोइनका रूपमा देखापरिन् । गोर्खालीले औसत व्यापार गर्यो । तर, झरना बाहिरी ब्यानरका फिल्ममा व्यस्त भइन् । हँुदाहँुदा झरना टप थ्री हिरोइनमा गनिन थालिन् । त्यसबीचमा उनले शिव रेग्मीको निर्देशनमा ए मेरो हजुर र दीपक श्रेष्ठको निर्देशनमा तक्दिर निर्माण गरेकी थिइन् ।
झरनाले निर्माण गरेको पाँचौँ फिल्म फेसबुक भने सुपर फ्लप भयो । गत भदौ २९ मा प्रदर्शित सो फिल्मको निर्देशन सुरज सुब्बाले गरेका हुन् । आफूले निर्माण गरेको फिल्म नराम्रोसँग पछारिएकाले झरना अचेल तनावमा छिन् । फेसबुकको असफलताबाट झरना यसर्थमा पनि तर्सिएकी छिन् कि उनलाई आफ्नो क्रेज घटेको महसुस राम्रैसँग भएको छ । हाल फेसबुकको विशेष सोका लागि अस्ट्रेलियामा रहेकी झरना अब हत्तपत्त फिल्म नबनाउने सोचमा पुगेकी छिन् ।
हुन त जेनी कुँवरलाई नायिकाभन्दा बढी निर्मात्रीको रूपमा चिनिन्छ । बज्रपात, मैदान, अभिमन्युलगायत केही फिल्ममा राम्रै रोलमा अभिनय गरे पनि उनी आफँैले निर्माण गरेको घायल र हलचल फिल्ममा हिरोइनका रूपमा देखिएकी हुन् । मदन घिमिरे निर्देशित घायलले जेनीलाई आर्थिक रूपमा थोरै दिएको थियो । तर, हलचलले भने उनलाई डुबायो । त्यसपछि भने उनले पुनः फिल्म निर्माण थालेकी छैनन् । 'अहिले फिल्म बनाए डुबिन्छ,' जेनी अचेल भन्ने गर्छिन्, 'जानीजानी भुंग्रोमा किन हात हाल्नू ?' त्यसैले अचेल चुपचाप छिन् जेनी ।
बेहुलीकी हिरोइन सुनीता शर्माले एक दशकअघि धर्ती नामक फिल्म निर्माण गरेकी थिइन् । निकै तामझामका साथ प्रचार गरिएको धर्ती त्यतिवेला नै फ्लप भएको थियो । त्यसपछि उनले अर्काे फिल्म बनाएकी छैनन् । बादल फ्लप भए पनि पुरानी नायिका शर्मिला मल्लको प्रस्तुतिमा लगनगाँठो निर्माण भएको थियो । त्यो फिल्मले पनि राम्रो व्यापार गरेन । त्यसपछि भने शर्मिलाले फेरि फिल्म बनाएकी छैनन् ।
नायक निखिल उप्रेतीसँगको पार्टनरसिपमा सावधान फिल्मको निर्मात्रीको रूपमा देखा परेकी सज्जा मैनाली पनि सफल भइनन् । सावधानपछि निखिलले निशाना बनाए पनि सज्जा निर्मात्रीको रूपमा देख्न पाइएन । बरु उनले फिल्म लाइनलाई नै बाइबाइ गरी अमेरिका उडिन् ।
नायिका रेखा थापा निर्मात्रीको रूपमा पनि चर्चित छिन् । उनको प्रस्तुति रहेका फिल्म अहिलेसम्म हिट भएका छन् । तर, उनी अभिनीत बाहिरी ब्यानरका थुप्रै फिल्म फ्लप भएका छन् । अचेल उनलाई अब आफ्नो नाममा फिल्म चल्लाकी नचल्ला भन्ने चिन्ता बढेको छ । किनभने उनी र पति छविराज ओझा छुट्टसिकेका छन् । त्यसको असर फिल्मलाई पर्ला या नपर्ला, त्यो भने हमेशाको रिलिजपछि नै थाहा हुनेछ ।
हिरोइनका रूपमा अफर आउने क्रम पातलिँदै गएपछि रेजिना उप्रेती फिल्म निर्माणमा लागिन् । उनले आफ्नो पूर्वप्रेमी सोभित बस्नेतलाई निर्देशक लिएर कविता श्रेष्ठसँगको पार्टनरसिपमा बरदान नामक फिल्म निर्माण गरेकी छिन् । आफँैले मुख्य भूमिका निभाएकी रेजिनाको सो फिल्म कहिले रिलिज हुन्छ ? टुंगो लागेको छैन । एकातिर फिल्म नपाएर बेरोजगार हुनु, अर्काेतिर बरदान रिलिज नहुनु, दोहोरो तनावमा रहेकी रेजिना केही दिनअघि आफ्नो प्रेमी भेट्न लन्डन उडेकी छिन् । स्रोतका अनुसार रेजिना वरदानको रिलिजसँगै बिहे गर्ने योजनामा छिन् ।
ऋचा घिमिरे पनि निर्मात्री बनिन्, ब्रेकफेल फिल्मबाट । वीरताको चिनो फिल्ममा अभिनय गर्ने क्रममा ऋचाको सोही फिल्मका निर्देशक शंकर घिमिरेसँग प्रेम भयो । बिहे गरेपछि उनीहरूले तुलसी नामक फिल्म निर्माण सुरु गरे । सो फिल्म नसक्दै उनीहरूले ब्रेकफेल निर्माण गरे । ऋचाको ब्रेकफेल भनेर निकै तामझाम गरिएको सो फिल्म फेलै भयो । त्यसपछि उनी फेरि फिल्म बनाउने धुनमा लागेकी छैनन् । हाल छोराको स्याहारमा दिन कटाइरहेकी ऋचा तुलसी रिलिज गर्न अनकनाइरहेकी छिन् । उनी भन्ने गर्छिन्, 'यस्तो वेलामा फिल्म रिलिज गर्नु फेरि फेल हुनु हो । त्यसकारण केही समय चुपचाप लाग्नु नै बेस हुन्छ ।'
फस्ट लभबाट चर्चामा आएकी नायिका ऋचा शर्मा पनि निर्मात्री बनिन्, भिसा गर्लबाट । चौधरी गु्रपको सिजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सो फिल्मले न दर्शकको मन जित्यो न त निर्मातालाई फाइदा दिन सक्यो । भिसा गर्ल फ्लप भयो । ऋचा र उनका प्रेमी विनय श्रेष्ठ सहनिर्माता रहेको भिसा गर्लको असफलताले गर्दा हिरोइनको क्रेजले फिल्म चल्छ भन्ने सोच, हल्ला र अनुमानमा पूर्णविराम लागेको छ । फिल्म फ्लपसँगै हिरोइनको व्यस्तता पनि घट्ने गरेको देखिएको छ ।
हिरोइनका फिल्म फ्लप हँुदै गए पनि हिरोइनले फिल्म बनाउने क्रम भने घटेको देखिँदैन । पूजना प्रधान पनि यही सूचीमा थपिँदै छिन् । उनले एकसाथ दुई फिल्म बनाउन सुरु गरेकी छिन् । हिरोइनले निर्माण गरेका फिल्म पनि सुपर फ्लप हुुनामा उनीहरूको घट्दो क्रेज नै कारक तत्त्व हो भनेर ठोकुवा गर्नु अनुचित हुँदैन ।
- लक्ष्मण सुवेदी
Read more...
Monday, 22 October 2012
सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ
यो एउटा बिन्दास युवतीको कथा हो। सहरका धेरै विन्दास युवतीहरूबीच एउटी प्रतिनिधि पात्र हुन्- साहाना बज्राचार्य। मिस नेपाल-२०११ की फस्ट रनर्सअप सहानाको सार्वजनिक चिनारी टेलिभिजन एंकर र मोडल हो। यसो भन्दा उनको परिचय खुम्चन सक्छ। उनी रात-विरात काठमाडौंका गल्लीमा अचानक भेटिन सक्छिन्। मुड आयो भने अचानक घर छाडेर कुनै गाउँको यात्रामा निस्कन सक्छिन्। फोटोग्राफी, चित्रकला र सिनेमाका कुरा निस्कँदा उनले नजानेको कुरा छैन झैं लाग्छ। कतिसम्म भने सहानाका विषयमा सहरमा धेरै किसिमका किस्सा सुन्न पाइन्छन्। दसैं आयो कस्तो लागिरहेको छ ? एक्साइटेड छु। किन ? अछाम जाँदैछु। अछामी दिदी-बहिनीहरूसँग रमाइलो गर्ने मुड बनाएकी छु। मानिसहरू आफन्त भेट्न घर र्फकन्छन्, तपाईंचाहिँ घर छाडेर विकट पहाड उक्लँदै हुनुहुन्छ, अचम्म होइन ? मेरो विशेषता नै त्यस्तै छ। मानिसहरू परिवारभित्र खुसी देख्छन्, म बाहिर पनि खुसी भेट्न सक्छु। दसैं मान्न अछाम जिल्ला नै किन रोज्नुभयो ? छाउपडी प्रथाको विषयमा अछाममा २० दिन लगाएर डकुमेन्ट्री बनाएकी थिएँ। दसैंमा सबै जम्मा हुन्छन्, त्यही बेला यो डकुमेन्ट्री देखाऊँ, विद्यालयका खाली पुस्तकालयमा केही पुस्तक भरिदिऊँ भन्ने लागेर त्यता जान लागेकी हुँ। २० दिन धेरै हो, बीचमै मिन्स हुनुभयो भने के गर्नुहुन्छ ? म पनि छाउपडी गोठमै बस्छु। अरूको ठाउँमा गएर त्यहाँ नियम मान्दिनँ भन्न पाइन्छ ? तपाईं सहरकी सुन्दरी, गोठमा खुम्चनुपर्दा गाह्रो हुँदैन ? अब त बानी परिसक्यो। ६ महिनाअघि डकुमेन्ट्री बनाउन जाँदा पनि म मिन्स भएकी थिएँ। त्यो बेला म गोठमै बसें। यसो गर्दा गाउँका महिलालाई कति समस्या छ भन्ने आफैंलाई अनभूति हुन्छ। यसो गर्नु नयाँ एक्सपेरिएन्स पनि हो। छाउपडी बस्दाको सबैभन्दा अचम्मको अनुभव के रह्यो ? रातभरि निदाउन सकिनँ। राम्रोसँग बस्न पनि नसकिने सानो कोठामा कसरी निदाउने ? कसैले अनिच्छापूर्वक जबरजस्ती गरिदिने हो कि भन्ने पीर लागिरह्यो। बिहान ट्वाइलेट लाग्यो, तर घरको बाथरुम छिर्न नपाइने। पानी बोकेर जंगल जानुपर्ने। जन्मदै बाथरुम प्रयोग गर्ने बानी परेकी मलाई हामी नेपाली कुन युगमा बाँचिरहेका छौं भन्ने लाग्यो। घरमा चाहिँ तपाईं मिन्स बार्नु हुन्न, यो दोहोरो चरित्र भएन ? गाउँमा सहरको जस्तो व्यवहार गर्यो भने अर्को पटकदेखि त्यहाँ जाने बाटो बन्द हुन्छ। फेरि त्यस्तो अनुभव लाखौं रुपैयाँ तिरेर पनि पाइँदैन भने किन नियम नमान्ने ? म अलिक त्यस्तै छु क्या ! घरभित्र मिन्स नबार्ने तपाईंको नियमका पछाडि कुनै कारण छन् ? महिलाहरू मिन्स नहुने हो भने संसार नै अवरुद्ध हुन्छ। उनीहरू मिन्स हुन्छन् र नै मानिसहरू जन्मन्छन्। यो त गर्वको विषय हो। अरू महिला मिन्स भएको बेला पूजाकोठामा छिर्दैनन्। म भने मिन्स भएका बेला भगवान्लाई धन्यवाद दिन मन्दिर जान्छु र पूजा गर्छु। हामी अछाममा छाउपडी प्रथा रै छ हगि भनेर कुरा काट्छौं, तर हामी पढेलेखेका भनिनेहरू पनि चार दिन त त्यही गरिरहेका छौं। यसरी पहिलेदेखि नै मिन्स बार्नुको कारण पनि होला नि ? शरीरबाट रगत निस्कने कारणले स्वास्थ्यका हिसाबले यो चलन सुरु भएको हुन सक्छ। यही कारणले चार दिनसम्म महिला अछूत भए भन्ने कुराको मैले विरोध गरेकी हुँ। नुहाइधुवाइ गरेर सेनेटरी प्याड लगाएपछि केको मिन्स ? मैले सुनेअनुसार तपाईंमा केटाको स्वभाव बढी छ रे ? यो केटाको स्वभाव भनेको के हो ? मेरो विचारमा यो केटी भएर यसो गर्नु हुन्न, उसो गर्नु हुन्न भनेर उनीहरूलाई हीनताबोध गराउने प्रपञ्च मात्र हो। म केटाहरूसँग गुच्चा खेल्थें, चङ्गा उडाउँथे। ब्वाइज केश पालेकी थिएँ। मैले कहिल्यै ‘केटीले गर्नुपर्ने’ नियम मानिनँ, त्यसैले केटाको जस्तो स्वभाव भनेका होलान्। कतिपय युवती केटाजस्तो बन्ने धुनमा रक्सी-चुरोट पिउँछन् र जुवाघर जान्छन्, युवतीले पनि त्यस्तै गर्नु स्वतन्त्रता हो ? टेस्ट त गर्नुपर्यो नि, अनि पो थाहा हुन्छ- त्यो गलत हो कि सही हो। अरुले भनेकै भरमा त्यो ठीक हो कि गलत भनेर कसरी विश्वास गर्ने ? सत्य त आफैंले पो थाहा पाउनुपर्छ। भनेपछि रक्सी-चुरोट तपाईंका लागि ठूलो कुरा होइन ? जुन दिन मैले सिगार तानें, त्यो दिन मैले आमालाई आज सिगार तारेर आएँ भनेर सुनाएँ। मैले त्यो गलत हो भन्ने फिल गरेकी भए भन्न सक्दिनँथेँ। मलाई सिगार तान्नु ठीक लागेन र छोडिदिएँ। वाइनचाहिँ पिउँछु। त्यसो भए वाइन पिउनु स्वास्थ्यका लागि ठीक हो भन्न खोज्नु भएको ? हामीमध्ये कतिपय यस्ता छौ, जो फलफूलको रसमा अलिकति स्कच मिसाइ दिनुहोस् र यो वाइन हो भन्नुस्, पत्याएर पिउँछन्। कुन चीज के हो र त्यो कसरी पिउने भन्ने कुरा थाहा नपाउनेहरूलाई नै त्यसले धेरै असर गर्छ। म त्यो वर्गमा पर्दिनँ। पहिलो पटक रक्सीको स्वाद कहिले लिनुभयो ? बच्चैमा, नेवारको घरमा यो कुन ठूलो कुरा भयो र ? त्यो त परम्पराको कुरा हो, पहिलो पटक साँच्चैको रक्सी पिएको दिन कुन हो भनेर सोधेको। ए, म सेभेनमा पढ्थें। आमाले नै एक गिलास बियर ल्याएर दिनुभयो। मज्जाले सुइँक्याइदिएँ। अहिले पनि म मात्नका लागि रक्सी पिउँदिनँ। तपाईंको व्यवहार केटाको जस्तै भएका कारण ब्वाइफ्रेन्ड पनि टिक्तैनन् रे हो ? यो चाहिँ हावा कुरा हो। म राम्री छु र बाई द वे बताइहालू, म लेस्बियन होइन। मेरो ब्याइफ्रेन्ड छ। जसरी केटाहरू सेक्सलाई सामान्य रूपमा लिन्छन्, तपाईं लिनुहुन्छ ? सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ। सेक्सलाई तपाईंले पिउने वाइनजस्तै नियमित मान्नुहुन्छ कि सिगारजस्तै टेस्ट लिइहालूँ भन्ने रूपमा लिनुहुन्छ ? अहो, तपाईं त निकै पर्सनल हुन खोज्नुभयो। के भन्ने ? ल यतिचाहिँ भनिहाल्छु, मलाई राम्रोसँग थाहा हुन्छ, म के गर्दैछु ? तपाईं परम्परागत नेवारी समाजमा हुर्किएकी केटी, यसरी नियम तोड्दा अभिभावकहरूले केही भन्नुहुन्न ? मेरो हजुरबुबा (आमाको बुबा) हेमब्रज बज्राचार्य, उहाँलाई बुद्धले सिकाएका सबै ज्ञान कण्ठ थियो। म उहाँकै संगतमा हुर्किएँ। उहाँ भन्नुहुन्थ्यो, तिमी अरुले बनाएको नियममा हिँड्ने होइन, आफ्नो नियम आफै बनाउने प्रयास गर। अरूको विश्वास जित। उहाँको छवि पनि त्यस्तै थियो। मेरो जीवनमा उहाँको छाप पर्यो। मैले जे गरें वा गर्दै जानेछु, अभिभावकले त्यसलाई गलत रुपमा लिनुहुन्न। त्यसका लागि प्रयास पनि ठूलै गर्नुपर्यो नि, परेन र ? पर्यो। एसएलसीपछि अरू साथीहरू ब्रिज कोर्स गर्न थाले, म विभिन्न संस्थामा स्वयंसेवकका रूपमा काम गर्न थाले। १८ वर्षको उमेरमा म अरूलाई तालिम दिन तयार पारिएको सर्टिफिकेटमा हस्ताक्षर गर्न थालिसकेकी थिएँ। १९ वर्षको उमेरमा मिस नेपालमा भाग लिन गएँ। पहिले मेरा लागि ४ बजे नै घर र्फकनुपर्ने नियम बनाइएको थियो, पछि त्यो नियम तोड्दै गएँ। केही महिनापछि ६ बजे घर जान थाले। एक वर्षपछि ८ बजेसम्म बाहिरै हुन्थें। पछि गएर रातको १२ बजाउन थालें। अहिले २ बजेतिर घर पुग्छु वा त्यो बेला घरबाट निस्कन्छु। रात-विरात सुनसान सडकमा निस्कँदा डर लाग्दैन ? जसले जीवन बुझेको छैन, उसलाई डर लाग्छ। डर मलाई देखेर डराउँछ।
सहरमा राति हुँदी के गर्नुहुन्छ ? मानिसहरूलाई लाग्छ, म कतै डिस्को जान्छु वा कुनै पुरुषसँग घुम्छु। मेरो सेक्रेट के भने म रातभरि सहरमा फोटोग्राफी गरिरहेकी हुन्छु। मलाई सुनसान रात मनपर्छ। आकाशको जून हेर्छु, टिलपिल तारा हेर्दै आनन्द लिन्छु। यो संसार कति रमाइलो छ भन्दै खुसी हुन्छु। तपाईंले बिहानीको सुन्दरता कहिल्यै देख्नुभएको छैन हो ? एकपल्ट देखेकी छु। साथीहरू भन्थे, बिहान ५ बजे उठेर हेर, काठमाडौं धेरै सुन्दर देखिन्छ। मलाई लाग्यो, बिहानीको काठमाडौं धेरैले हेरेका छन्, म रातको दुई बजे सडकका सुनसान गल्ली किन नहेरूँ ? फेरि सोचें, बिहानीको काठमाडौं पनि हेरिहालूँ, अनि एकपटक पाँचै बजे उठेर हेरें। कस्तो लाग्यो ? धेरै राम्रो। यति राम्रो कि मनमा केही भाव आयो। त्यो फेसबुकमा पनि पोस्ट गरिदिएँ। चाहनुभयो भने तपाईं पनि मेरो फ्यानपेजमा गएर हेर्न सक्नुहुन्छ। तपाईं घुमक्कड पनि हो, नेपाल घुम्दा तपाईंको दृष्टिकोण के हुन्छ ? एउटा उदारण दिएर सम्झाउँछु। मानिसहरू पोखरा जाँदा लेकसाइड जान्छन्, म गुरुङ बस्तीतिर पस्छु। नेपालमा यति धेरै विविधता छ, त्यो बुझ्ने प्रयास गर्नु नै मेरा लागि ट्रिप हो। तपाईंले नेपाली जीवनसँग सम्बन्धित हजारौं फोटोग्राफी गर्नुभएको छ, तर ती तस्बिर बाहिर आएका छैनन्, किन ? ती मेरो खुसीका लागि खिचिएका तस्बिर हुन्। सबै खुसी बाँड्नैपर्छ भन्ने के छ र ? तपाईंलाई सुन्दा यस्तो लाग्छ, तपाईंलाई कुनै चिन्ता छैन, साँच्चै हो कि मलाई त्यस्तो लागेको हो ? महिला भएपछि अलिकति प्रेसर त भैहाल्छ। टेलिभिजनले एउटा कार्यक्रम देखाइरहेको थियो, चलचित्रसम्बन्धी। एउटी महिला निर्देशकलाई कुनै पुरुषले प्रश्न गरे, यत्रो वर्ष तपाईं कहाँ हराउनुभयो ? ती निर्देशकले छक्क पर्दै जवाफ दिइन्, ‘यदि तपाईं महिला भएको भए यो प्रश्न गर्नुहुन्थेन।’ प्रश्न गर्नेले बुझे कि बुझेनन्, तर ती महिला निर्देशकको उत्तर मैले बुझें। महिलाहरू शिशु जन्माउन चाहन्छन्। त्यो चाहनाका कारण उनीहरूले करियर दाउमा लगाउनुपर्छ। मलाई पनि त्यस्तै प्रेसर हुन्छ। बल्ल त सार्वजनिक जीवन सुरु हुँदैछ, फेरि अर्को जीवन सुरु गर्नुपर्छ र शिशु जन्माउनुपर्छ। विवाह नगर्दै शिशुको चिन्ता किन ? किनभने नेपालमा शिशु एडप्ट गर्न पाइने नियम छैन। मलाई शिशु मन पर्छ, तर नेपालीले नै धर्मपुत्र पाल्न नदिन कडा नियम बनाइएको छ। यदि मिल्थ्यो भने एक वर्षअघि नै शिशु एडप्ड गरिसकेकी हुन्थें। शिशु एडप्ट गर्न मिल्यो भने विवाह पनि गर्नुहुन्न, शिशु पनि जन्माउनु हुन्न हो ? विवाह त गर्छु होला, तर शिशुचाहिँ जन्माउन चाहन्नँ। कुरा सुनेर मलाई तपाईं फरक युवती लाग्नुभयो। यो बिन्दास जीवनमा तपाईंलाई ब्रेक लगाउने तत्त्व कुन हो ? नेपालको राजनीति। किन ? त्यो पनि भनिरहनुपर्छ र ? तैपनि तपाईंकै शब्द भन्नुपर्यो भने ? एकपल्ट म कुनै टिनएज रिलेटेड सुन्दरी प्रतियोगितामा गएकी थिएँ। सबैले परिचय दिने क्रममा आफ्नो नाम र थर भन्दै गएँ। त्यसमा म नेवार, म लिम्बू, म मधिसे भनेर फुर्को जोडें। हाम्रो आउँदो जेनरेसन जात र धर्मका कारण कति पोलुटेड भैसक्यो भनेर निकै चिन्ता लाग्यो। जमाना कहाँ पुगिसक्यो, हामीचाहिँ म नेवार, म लिम्बू, म हिन्दू वा बौद्ध भनेर घमन्ड गरिरहेका छौं। राजनीतिले हामीलाई हिंसावादी बनाएको छ। किनभने हाम्रा नेता नै त्यस्तै छन्। तपाईं आफूलाई बुद्धिस्ट मान्नुहुन्छ ? म बुद्ध धर्मावलम्बी हुँ। यदि तपाईंले दसैंलाई हिन्दूको धर्म भन्नुभयो भने म त्यसलाई गलत सावित गरिदिन्छु। म दसैंमा कुमारी घरमा टीका लगाउन जान्छु। तलेजु भवानीको मन्दिर जान्छु र आफन्तको घरमा ‘नक्ट्या’ मनाउँछु। अब दसैंलाई हिन्दूहरूको पर्व भन्ने हो भने त मेरो संस्कृति मरिहाल्यो नि।
Read more...
पेन्टी देखाइन सुष्मिता सेनले
युनिभर्स सुष्मिता सेन वारड्रव मालफंक्सनको शिकार भएकी छिन ।
'आई एम शी'को एउटा कार्यक्रम बस्दै गर्दा उनको पेन्टी देखिएको थियो ।उनले यस्को वारेमा थाहा नपाएपनि त्यहाँ रहेका फोटोग्राफरहरुले भने कुनै मोका छोडेनन् ।
पछिल्लो केही समय यता सुष्मिताका कुनै चलचित्र आएका छैनन् र उनका चलचित्रहरुले खासै व्यापार समेत गर्न नसकिरहेको बेलामा भएको यो घटनालाई केही चलचित्र पण्डितहरुले अर्को नजरबाट समेत हेरेका छन्। उनीहरुका अनुसार चर्चामा आउन सुष्मिताले जानाजान यसो गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
यसभन्दा अगि बलिउड नायीका याना गुप्तालाइ जानाजान यस्तो हर्कत गरेको आरोप लागेको थियो भने अर्की नायीका समिता शेट्टी पनि यस्तै घटनामा परेकी थिइन् ।
Read more...
Friday, 19 October 2012
सेक्स मामिलाले वहालवाला मन्त्री टोपबहादुर रायमाझी पत्नीको चर्तिकलाको यथार्थता
वहालवाला मन्त्रीको श्रीमतीलाई अपुग के होला? उत्तर सजिलै आउन सक्छ, अपुग केही हुन्न। हुन पनि हो, क्षमता, विवेक, बुद्धी, शिष्टतालाई भन्दा तडक भडक, ढोंग, पाखण्ड देखाउनेलाई बढी सम्मान गर्ने हाम्रो जस्तो समाजमा मन्त्रीको पत्नीलाई शक्ति सान, सौकत सबै उपलब्ध नहुने कुरै रहेन। तर, यी सबै चिज उपलब्ध हुँदाहुँदै पनि स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीको निवर्तमान श्रीमती योगमाया बन्जाडे ‘सिमा’ ले मन्त्री श्रीमानलाई नै छोडेको घटनालाई सामान्य रुपमा लिन सकिन्न। रायमाझी र उनको कौशलबाट प्राप्त वैभवलाई बन्जाडेले किन परित्याग गरिन? बन्जाडेले आरोप लगाए जस्तै रायमाझीले यौनतुष्टी पुरा गरिदिन नसकेकोले मात्र उनी ‘पोइला’ गएकी हुन? वा यसभित्र लुकेका कारणहरू अझ गम्भिर छन्? खोजीनीति सुरु हुनु स्वभाविकै हो। किनभने यस काण्डले रायमाझीको राजनीतिमा ग्रहण लाग्ने निश्चित छ। बन्जाडेको चरित्र बारे करिव दुई वर्ष अघि नै दृष्टि साप्ताहिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। समाचारमा जनयुद्धकालमा भारतका विभिन्न स्थानमा बस्दा देखि नै बन्जाडेमा विभिन्न पुरुषहरूसँग चर्ने बानी परिसकेको, कुनै पनि बेला रायमाझीलाई धोका दिन र उनको राजनीतिक भविष्य डामाडोल बनाई दिन सक्ने उल्लेख थियो। स्रोतका अनुसार बन्जाडेका लागि नयाँ–नयाँ पुरुष फेर्नु गिलासको पानी पिउनु जति कठिन पनि थिएन। युद्धकालमा भारतमा रहँदा उनले दुई पटक परपुरुषसँग घरजम गरिसकेकी थिइन। त्यसक्रममा एक पटक दुई महिनापछि आफै फर्किएर आएकी थिइन भने एक पटक खोजेर ल्याइएको थियो। आफ्नो श्रीमतीको चरित्रबारे रायमाझी स्वयं पनि जानकार थिए। तर, पनि किन उनले बन्जाडेलाई नियन्त्रण गर्न सकेनन? यो भने निकै रहस्यको विषय रहेको उनी निकटस्थहरू बताउँछन्। रायमाझीको कुनै न कुनै ‘लुज प्वाइन्ट’ मा टेकेर बन्जाडेले बार्गेनिङ गर्ने गरेको र त्यही कारण उनले श्रीमतीलाई नियन्त्रणमा राख्न नसकेको जानकारहरूको दावी छ।
स्रोतका अनुसार त्यो वार्गेनिङ प्वाइन्ट भनेको आर्थिक अपचलन हुन सक्छ। बुझिए अनुसार सशस्त्र युद्ध चलिरहेकै बेला बन्जाडेले दिल्ली नजिकैको नोयडामा फ्ल्याट खोज्दै हिडेकी थिइन्। त्यसबेला रायमाझी दम्पतीले फ्ल्याट खरिद गरेका हुन सक्छिन। ‘सायद तैले मलाई नियन्त्रण गर्न खोजिस भने पोल खोलिदिन्छु भनेर बन्जाडेले बार्गेनिङ गरेकी र त्यही भएर रायमाझीले उनलाई नियन्त्रणमा लिन नसकेका हुन सक्छन।’स्रोत भन्छ। स्रोतका अनुसार बन्जाडेले बुटवलमा बिहानै देखि वियर खाएर मात्ने गरेकी थिएन भने मधेसमुलको एक जना कवाडी ठेकेदारसँग पनि लहसिएकी थिइन्। बुटवलकै एउटा अपार्टमेन्टमा रहेको रेष्टुरेष्टमा गएर उनीहरूले वियर खाने गरेका थिए। बन्जाडेलाई विभिन्न पुरुषहरूसँग लहसिने बानी रायमाझीसँग विवाह हुनु अघि देखि नै लागेको हो। स्रोतका अनुसार उनका बाबु भारतमा दिल्लीनगरको हरियो गाडी चलाउँथे। बाबुकै पछि लागेर वन्जाडेका दाजुले पनि दिल्ली नगरको गाडी चलाउने काम नै गरिरहेका छन्। र, उनीहरू दिल्लीमै बस्छन्। उनीहरूको आय राम्रै छ। सानै देखि घरमा तास खेल्न, मादक पदार्थ सेवन गर्न आइरहनेहरूको संगतबाट उनी पुरुषहरू फेरिरहने बानी परेकी हुन्। माओवादी शान्ति प्रक्रियामा आएर बन्जाडे बुटवलमा बस्न थालेपछि पनि उनले अहिले विवाह गरिएको भनिएका रामबहादुर कार्की बाहेकका पुरुषहरूसँग समेत यौन सम्वन्ध कायम राख्ने गरेकी स्रोतको दावी छ। बुझिए अनुसार बन्जाडेले करोडौ रुपियाँ पनि हिनामिना गरेकी छिन्। जुन रुपियाँलाई माइतीहरूकै सल्लाहमा दिल्लीमै राखेकी हुनसक्ने अनुमान गरिएको छ। ६ महिना अघि नै बन्जाडेले माइतीहरूलाई नयाँ ज्वाइ यो हो भनेर कार्कीलाई चिनजान गराएकी थिइन्। रायमाझीलाई समेत उनले ‘तिमीलाई छोडछु’ भनेर जानकारी दिएकी थिइन्। त्यसलाई सार्वजनिक गर्दा आफ्नो ‘प्रेष्टिज’ गुम्ने भएकोले रायमाझीले त्यसलाई सार्वजनिक नगरी दिन बन्जाडेलाई आग्रह गरेका थिए। उनले ‘तिम्रो स्वतन्त्रता गर तर मेरो इज्जत जाने गरी बाहिर नदेखाई देऊ बेला–बेलामा आउँदै गर’ भनेका स्रोतका दावी छ। दोस्रो श्रीमान् भनिएका कार्कीले पनि गलहत्याएपछि बन्जाडेले अहिले आत्मा हत्या गर्छु भन्ने गरेकी छन्। ‘त्यो उसको घुर्की मात्र हो। त्यसरी केटा फेर्ने बानी परेकी र त्यति ठूलो रकम जिप्ट्याकी बन्जाडे के मर्थी। आगामी दिनमा अझ मस्ती गरेर बस्छे।’ उनको आनीबानीबारे नजिकबाट जानकार स्रोत भन्छ।
Read more...
कलेज ड्रेसमै भ्याउँदा भ्याउँदै रङ्गे हात पक्राउ
Subscribe to:
Posts (Atom)