फ्रान्सेली
पत्रकारले लिवियाका तानाशाह मुअम्बर गद्दाफीले स्कुले किशोरीहरुलाई ल्याउने
र यौन दाशी बनाउने गरेको खुलासा गरेका छन्। पत्रकार अनिक कोजिनले एक १५
वर्षीय किशोरी सोरायाले सन् २००४ देखि कसरी अपहरण र यौन दाशी बन्नुपर्यो
पुस्तकमा खुलाएका हुन्।
पुस्तकमा लेखकले कसरी किशोरीको अपहरण
गरियो र नाङ्गो अवस्थामा उनलाई गद्दाफीको शयन कक्षमा पुर्याइयो खुलाएका
छन्। ‘उसले भन्यो – नडराउ। म तिम्रो बाबा हुँ। तिमी यसै भन्छ्यौ होइन? तर म
तिम्रो दाजु र प्रेमी पनि हुँ।

गद्दाफीले किशोरीहरुको मुखबाट यौन संवाद
गराएर उनीहरुको शोषण गर्थे। र नयाँ किशोरीहरुलाई त्यो संवाद सुनाएर
त्यसैअनुसार काम गर्न आदेश दिन्थे।
पुस्तकमा एक युवतीले गद्दाफीले दिने गरेको
कपडा र अश्लिल फिल्म हेर्न लगाउने गरेको खुलासा गरेकी छिन्। उनले
गद्दाफीका लागि दैनिक फरक फरक किशोरीहरु चाहिने गरेको समेत सार्वजनिक गरेका
छन्।एजेन्सी;
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment