Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Showing posts with label हट टु हट कनेक्सन. Show all posts
Showing posts with label हट टु हट कनेक्सन. Show all posts

Monday, 24 September 2012

हट टु हट कनेक्सन - D.J. Aacika

0 कमेन्ट

नेपालको पहिलो महिला डिजे अर्थात आश्रिका िसंह ठकुरी आज नेपालकै चर्चित पात्र छिन् । प्रोफेस्नल रुपमा स्टाफ नस्र भएकी आश्रिका मोडल पनि हुन् । तीन वटै पेशालाई एकैसाथ लिएर जान गाह्रो भएपनि उनले संघर्ष गरि रहेकी छिन् । यसै सन्दर्भमा टिन एजले डिजे आश्रिका सँग गरेको हर्ट टु हर्ट कुराकानी ।

डिजे गर्ने सोच कहाँबाट आयो
        म पहिला मोडलिङ फिल्डमा थिए । त्यसैले प्राय पार्टीहरु ह्याङ आउट गर्ने र पार्टी तथा क्लबमा जाँदा सबैतिर केटाहरुले मात्र डिजे बजाएको देख्दा केटीहरुले किन नगर्ने भन्ने जोसै जोसमा डिजे सिकेकी हुँ ।
डिजेमा लागॆको कति भयो
        पहिला म प्रोजेक्टमा पनि काम गर्थे हेन्डीक्याप्ट इन्टरनेस्नल नेपाल । त्यहाँ काम गर्दा गर्दै मैले डिजे सिकेकी हुँ । यस कार्यमा लागेको लगभक २ वर्ष जति भो ।
 डिजे कस्तो पेशा हो
      राम्रो र मर्यादीतका साथै इज्जतको पनि पेशा रहेछ । तर म तीन तिर लागेकोले गाह्रो हुन्छ । तैपनि भ्याएसम्म समेट्ने प्रयास गर्दै छु ।
बिवाहको साईत जुरेन र   
      त्यसको बारेमा मैले सोचेको छैन भनौ वा कामको व्यस्तताले गर्दा सोच्ने फुस्रद नै पाएको छैन ।
तिज नजिकिदै छ । ब्रतमा भगवान् सँग के माग्नु हुन्छ 
       मैले जे काम गरिरहेको छु त्यो कामलाई सपोर्ट गर्ने एउटा मान्छे माग्थें ।
यौनलाई तपाइ कुन रुपमा हेर्नु हुन्छ 
        यौन भनेको शारीरिक सम्बन्ध हो । जुन अपरिहार्य छ । तर दुर्भाग्यवस यसको अनुभव पाएकी छुइन ।
 मन पर्ने डिजेको नाम लिनु पर्दा 
        मलाई…अँ…डिजे शिसिर डिजे राजु र डिजे क्रान्ती मन पर्छ ।
अन्त्यमा…।
        टिन एजलाई शुभकामना । तराइबाट प्रतिनिधित्व गर्दै राजधानी प्रवेश गरोस यही छ मेरो शुभकामना ।

D.J. Aacika
 
Read more...

Recent Post