Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Showing posts with label Online Earning. Show all posts
Showing posts with label Online Earning. Show all posts

Friday, 28 September 2012

यु ट्युबमा भिडियो राखेर कसरी कमाउने पैसा ?

2 कमेन्ट
सबै मान्छे पैसा कमाउन चाहन्छन् । अझ अहिलेको सूचना प्रविधिको जमानामा काइदा जान्नेले बसीबसी अनलाइन मार्फत पैसा कमाउँछन् ।
अनलाइन मार्फत पैसा कमाउने विभिन्न विधि हुन्छन् । त्यसमध्ये एउटा विधि भनेको यु ट्युबमा भिडियो अपलोड गर्नु पनि हो । यदि तपाइँले उत्कृष्ट तथा अनौठा भिडियोहरु बनाउन सक्नुहुन्छ भने यु ट्युबको मद्दतले तपाइँले अनलाइन मार्फत पैसा कमाउन सक्नुहुन्छ । तपाइँले आफुले तयार पारेको भिडियो अरु कुनै लगानी विनानै पैसाको श्रोतको रुपमा उपयोग गर्न सक्नुहन्छ मात्र यु ट्युमा शेयर गरेर ।
वास्तवमा भिडियो शेयरिङ वेबसाइट यु ट्युबमा यसका लागि एक पार्टनरसीप प्रोग्राम छ । यस प्रोग्राममा सहभागी भएर तपाइँले आफ्नो भिडियोमार्फत पैसा कमाउन सक्नुहुन्छ ।
यो यु ट्युब प्रोग्राममार्फत तपाइँले पैसा कमाउनका लागि केही सर्त भने छन् । त्यो के भने तपाइँको भिडियो आफैले तयार गरेको ओरिजिनल हुनुपर्नेछ न की अरु कसैको कपी गरिएको । यसका लागि सबैभन्दा पहिले तपाइँले यु ट्युब पार्टनरसीप र्फम भर्नुपर्छ । यसो गर्न तपाइँले कुनै शुल्क तिर्नुपर्दैन ।
तपाइँले यु ट्युको उक्त पार्टनरसीप प्रोग्रामको फारम भरेपछि तपाइँ एक प्रकारले यु ट्युबसँग आबद्ध हुनुहुनेछ । त्यसपछि तपाइँले अपलोड गरेको भिडियो यु ट्युबको प्राविधिक टोलीले अनुगमन गर्नेछ । उक्त भिडियो यु ट्युबमा अपलोड भएसँगै भिडियो हेर्ने दर्शकको संख्याको आधारमा त्यसबाट हुने आम्दानीको केही हिस्सा यु ट्युबले राख्नेछ भने बाँकी हिस्सा तपाइँको खातामा हालिदिनेछ ।
कसरी कमाउने त यु ट्युबाट पैसा ? यसका लागि हेर्नुहोस् यो भिडियो
Read more...

Recent Post