Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Showing posts with label Love. Show all posts
Showing posts with label Love. Show all posts

Saturday, 6 October 2012

Story - "आमा बन्न नसक्नुको पीडा "

0 कमेन्ट
"आमा बन्न नसक्नुको पीडा "
सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको बालक हो र ऊ आफ्नो सन्तुष्टी र खुशी छोराछोरीहरूमाथि बर्षाइरहेछ । उता निलिमा भने पलङमा पल्टिएर आनन्दले बिभोर भै उनीहरूको रमिता हँसिलो मुद्राले हेरिरहेकी थिई।

सीमा "नारी कल्याण केन्द्रकी" अध्यक्ष जस्ले समाजका शोषित, पीडित नारीहरूकालागि आवाज उठाएर धेरै पीडित नारीहरूको कल्याण गरिरहेकी छ । ऊ निस्वार्थ भावनाले प्रत्येक महिलाहरूको हक हितको लागि लडिरहेकी छ । आज पनि ऊ एउटा त्यस्तै घट्नाको छलफल गरेर पीडित महिलाहरूको अधिकार दिलाई दिएर आएकी जुन महिलाको विवाह भएको ६ बर्षसम्म बच्चा नभएर लोग्ने, स्वास्नी दुबै जनाको सल्लाहले दोश्रो विवाह गरेको थियो तर दोश्रो विवाह गरे पश्चात उसको श्रीमानमा परिवर्तन आयो। समयको अन्तरालसँगै दोश्री श्रीमतीबाट छोरा भयो। त्यस पश्चात झनै उसको श्रीमान स्वार्थी र कपटी अनि ऊप्रति कर्तब्यहिन बन्दै गयो । ऊ आफ्नी कान्छी श्रीमती र बच्चाप्रति मात्र समर्पित भयो । आफ्नो श्रीमानको त्यस्तो नकारात्मक ब्यवहाँर र ऊप्रतिको हेय दृष्टिले ऊ दिन प्रतिदिन निर्बल बन्दै गैइ । उसको भावना, सपना, कल्पनामा ठुलो ठेस लाग्यो किनकि आमा हुन नसक्नु उसको कमजोरीको कारणले लोग्नेको खुशी र सन्तानको लागि उस्ले आफ्नो श्रीमानलाई अर्की विवाह गरेर खुशी बाँड्ने सुझाउ दिएकी थिई। तर अफसोच! अनायस लोग्नेमा आएको परिवर्तन र ऊप्रतिको तिरष्कारले ऊ बिह्वल बनेर आफ्नो श्रीमानसँग माया र अधिकार माँग्न उस्ले''नारी कल्याण केन्द्रमा" अपील गेरेकी थिई । त्यही समस्याको समाधान गरेर सीमा घर पसेकी थिई ।

ऊभित्र पनि कालो आँधीबेहरी मँडारिरहेको थियो किन कि ऊ पीडित नारीहरूको निम्ति अधिकार दिलाउन र उनीहरूको खुशी फर्काउन प्रयत्नरत थिई। तर ऊ आँफै एउटी पीडित नारी थिई जस्को प्रेम विवाह भएको ८ बर्षसम्म सन्तान नभएर उसको श्रीमानले पनि दोश्री विवाह गरेर दुइवटा छोराछोरीको आगमनमा नौलो जीवन आराम्भ गरेकाथिए। तर सीमा भने हरपल असन्तुष्टिको खण्डहरमा जकडिँदै गैरहेकी थिई। आमा बन्न नसक्नुको पश्चताप र आफ्नो श्रीमानको प्रत्एक पलको दुरीले भित्रभित्रै जलिरहेकी थिई। किनकि उसको श्रीमानको ब्यस्तता र छोराछोरीप्रतिको आकर्षणले सीमालाई आफू श्रीमानबाट टाडिएको आभास भैइरहेको थियो। अनि आफूले पाउने लोग्नेको माया अरु कसैसँग बाँडिदा ऊ भित्र पीडाको आगो सल्किरहेकोथियो। तर पनि ऊ ओँठमा फोस्रो हाँसो बोकेर आफ्नो ब्यथा ओकल्न नसकी अन्य पीडित महिलाहरूको अधिकारको लागि लडिरहेकी थिई। यसरी सीमा आफू पीडाको सागरमा पौडिएर अरुलाई किनारा दिइरहेकी थिई।

पल्लो कोठाको दृश्यले सीमाभित्र नमीठो आघात पर्यो । ऊ अतितमा डुब्न पुगी । यत्तिकैमा निलीमाको तीखो आवाजले झस्की "तपाईं त छोराछोरी भनेपछि भुतुक्क। अरुलाई त सम्झिने फुर्सद हुँदैन हैन? आफूले चाहिं आफ्नो बुढा भनेर अघिदेखि तातो दुध ल्याएर पर्खिरहेकी छु खै आउनुहोस् छिटो । छोरा छोरीसँग भोलि पनि खेल्ने समय छ।"

निलिमाको कुरा सक्न नपाउदै श्रीमान जुरुक्क उठेर कोठाको ढोका लगाउछ। भित्र दुई लोग्नेस्वास्नी भित्रिएको आवाज सुनिन्छ नीलिमा भनिरहेकी हुन्छे । "भो छाड्नु होस् मलाई ज्यादा चेप्रो पार्नु पर्दैन! जानु नि आफ्नै बच्चाहरू सँग मात्र म त को हुँ र?"

श्रीमान पनि उत्तेजित हुँदै भनिरहेको हुन्छ "तिमी भनेकी मेरो सृष्टि बसाइदिने स्वास्नी हौ । तिमीले गर्दा त आज मेरो आँगन रमाइलो भयो। यस्ता सुन्दर बच्चाहरूसँग खेल्न पाएँ । धन्य छ तिम्रो गुण मलाई, तिमी मेरी प्रिय श्रीमती हौ । "

ती दुइको वार्तालाप र श्रीमानको बद्लिदो ब्यवहारले सीमा खिन्न बन्छे र अतितका मीठा झल्झल्का हरू आँखाभरि साँच्दै सुस्ताएर गहभरि आसुँ पारेर ओछ्यानमा ढल्कन्छे । कुन बेला निद्रादेवीले उसलाई अंगाल्छ उसलाई पत्तो नै हुन्न।

Read more...

Friday, 5 October 2012

Story- "बिश्वास"

0 कमेन्ट


त्यो बालक कहिले आफ्नो ड्याडिको काँधमा चढ्दथ्यो त कहिले बोकी माँग्दथ्यो । कहिले "मम्मी"भन्दै मम्मिकोमा लेप्सिन पुग्दथ्यो । अहो !कस्तो अथाह माया पाएको उस्ले मम्मी,ड्याडीबाट लाग्दथ्यो धेरै लाड्प्यारले त्यो बालक अलिकती मातिए झैं देखिन्थ्यो पनि ।
त र "मम्मी" "ड्याडी" अमेरिकन भए पनि उस्को अनुहार भने मङोलियन थियो लाग्दथ्यो त्यो बालाई उनिहरुले "एड्प्ट" गरेका थिए। मैले लग्भग दुई घण्टा सम्म त्यो बालकको उछलकुद हेरी रहेँ । केही क्षणपश्चात त्यो बालकको चक चकले सिमा नाघे पछी उस्की मम्मीले अलिक ठुलो आवाजले "बिश्वास"भनेर बोलाई अनी मलाई साँचै बिश्वास भयो कि उक्त बालक नेपाली रहेछ भनि । मैले केही समयपछी ""मम्मी" चाँहीलाई प्रश्न गरेँ। उस्लाई नेपालबाट ल्याएको हो? भनेर । साँचै त्यो केटोलाई नेपालको स्वयम्भुबाट ल्याएको रहेछ जत्तिबेला ऊ तीन बर्षको थियो र अहिले ऊ पाँच बर्षको भएछ ।
मैले त्यो केटोलाई नाम सोधें। उस्ले "बिश्वास" भन्यो । आफ्नो भाषा त उस्लाई थाहा नै रहेनछ । अङ्रेजी भने यत्ती स्पष्ट थियो कि अमेरिकन कै बच्चाको झै थियो। मलाई मनमा पीडा बोध भयो । मेरो सम्बेदनशिल मनले उस्का आफ्नै जन्म दिने आमाबाबुलाई सम्झन पुग्यो। म सोँच्न थालें कत्ती ह्रीदय टूक्रिँदो हो हरेक पल पलमा आफ्नो नाबालक छोरालाई सम्झेर त्यस्की आमाले कत्ती आँशुको घुट्की पिउँदी हो छोराको सम्झना र तड्पनमा डुबेर । कुन बाध्यताले त्यसरी दुधमुखे बालकलाई पराइ देशको मान्छेलाई जिम्मा लगाउन वाध्य हुन पर्‍यो होला ?कस्तो बिवशता र सम्झौतामा आफ्नो काख रित्याएर अर्काको खुशीको निम्ती आफ्नो बच्चालाई मुल्यमा साटे होलान ?
म यसरी त्यो बालकको काहानीमा हराइ रहेँ अनेक कल्पना,तर्कनासँग अनी चित्त पनि बुझाउँदै गरेँ तर त्यो बालकको भविष्य पनि त सुन्दर भयो नि। यदी आफ्नो आमा,बाबासँग भएको भए शायद त्यो लाडप्यार, त्यो स्याहार,सुशार कहाँ पाउँथ्यो र ?गरिबिको मारमा पिल्सिएर भोको पेट र नाङो शरीर लिएर यत्तिबेला कुन गल्लिमा खातेको उपनाम पो भिरी सक्थ्यो कि ? फेरी मेरो अर्को मनले बिरोध गर्दै सोँच्न थाल्यो जत्तिसुकै सुख,सुबिधा,एश,आराम र लाड्प्यार पाए पनि आफ्नो आमाबाबुको माया र न्यानोपनबाट ऊ बन्चित बन्यो अनी सधैं कृतिम दुनियाँमा ऊ हराउन वाध्य बन्यो । यो दुनियाँमा अब उस्ले आफ्नो समाज,आफन्तको समिपता आफ्नोपन कहाँ पाओस ?बस सब कृतिमता नै कृतिमताको देशमा ।
अन्त्यमा मैले त्यो केटोलाई सोधे । तिमीलाई थाहा छ ?"बिश्वास"तिम्रो नाम हो त र त्यस्को "अर्थ"के हो ?भनेर । ओहो !उस्ले यस्तरी ओंठ लेप्र्याउंदै मलाई जवाफ दियो कि मानौ उस्लाई विश्वाशको अर्थ पूर्णरूपमा थाहा छ । उस्ले भन्यो "बिलिभ" "फैथ" भनेर ।
फेरि म सोँच्न थालें नामको अर्थसंगै अब आउने सारा भविष्य उस्ले विश्वाशमा नै बिताउनु पर्नेछ। उस्लाई के थाहा ?म को हु ? के हुँ ?भनेर । अब कृतिम बाबुआमालाई नै गरेर आफ्नो जन्म दिने आमाबाबुलाई अबिश्वासको भुमरिमा धकेल्नु पर्नेछ र उस्को मानसपटलबाट त धकेली सकेको नै छ । यत्तिकैमा उनिहरु जानलाई तयार भए ड्याडिको ढाडमा उफ्रिएर चड्दै मलाई "बाइ बाइ" भन्दै त्यो केटो मम्मी,ड्याडी सँग बाहिरियो । मैले पर सम्म नजर फ्याँकिरहेँ । मनमा अनौठो दुखाइ दुखी रह्यो । आखिर "बिश्वास" साँचै कस्को "बिश्वास" बन्ला भनि ?

Copied from Acharyaprabha.blogspot.com 
Read more...

Saturday, 1 September 2012

नेपाली सनि लियोन ?

0 कमेन्ट
बलिउडमा अहिले सनी लियोनको चर्चा छ। सनीलाई हिन्दी चलचित्र 'जिस्म-२' ले चर्चामा ल्याएको होइन। उनको पेसा नै पोर्न कलाकार  भएकाले पहिलो पटक मूलधारको चलचित्रमा नायिका बनेपछि उनको चर्चा चुलिएको हो। जिस्म-२ को एउटा दृश्यमा सनीले ब्लाउजबिनाको  रातो सारी लगाएकी छिन्। यद्यपि  यहाँ उल्लेख गर्न लागिएको प्रसंग नेपाली नायिका बिनिता बरालको हो। पहिलो चलचित्र ँचपली हाइट' बाटै  आफूलाई नायिकाका रूपमा स्थापित गर्न सफल बिनिताको दोस्रो चलचित्र 'फुल स्टप' प्रदर्शनको क्रममा छ। संयोग कस्तो जुरेको छ भने  आगामी भदौ १५ गतेदेखि प्रदर्शनमा आउने 'फुल स्टप' को एउटा गीतमा बिनिताले पनि रातो सारी लगाएकी छिन्। ब्लाउजसहितको रातो  सारीमा सजिएकी बिनिताले एउटा दृश्यमा 'जिस्म-२' की सनिले झैं पोज दिएकी छिन्। उक्त तस्बिर सार्वजनिक भएपछि बिनितालाई 'नेपाली  सनि लियोन...' भन्नेहरू प्रशस्त छन्, पेसागत रूपमा होइन तस्बिरमा देखिएको समानताका आधारमा मात्र।
http://www.ekantipur.com/saptahik
Read more...

Saturday, 9 June 2012

मुटु छुने कथा

0 कमेन्ट
Photo: मुटु छुने  कथा  तपाइको को बीचमा लाएको छु ....
यो कथा लेख्नु भएको छ मेरो साथी
Gajurel Nepali Bquib 

१दिन चरिले चरालाई
भन्यो तिमीले मलाई
छोडेर
कहिल्यै उडेर त जाँदैनौ ?
चरा : उडेर गएछु भने
तिमी मलाई छोप्नु नि त!
चरि : मैले तिमीलाई
छोप्न त सक्छु तर
फेरी तिमीलाई पाउन
आफ्नो बनाउन सक्दिन
कि?
चरि को यो कुरा सुनेर
चराको आँखामा आँशु छलक्क
छल्कियो उसले आफ्नो दुबै
पखेटा भाँचिदिई
अनि चरि लाई भन्यो सानु
अब हामी जिवनभरी सँधै
साथमै रहनी है कहिल्यै
नछुट्टिने अब!
समयले कोल्टे फेर्यो
~~~~~~~~~~~~~~~~~~~
१दिन
ठुलो आँधिबेरी तुफान
आयो आफ्नो ज्यान
बचाउनको निम्ति चारि उड्न
थाली
अनी चरा ले
भन्यो तिमी उडेर जाउ म त
उड्न
सक्दिन सानु
आफ्नो ध्यान राख्नु है
चरि भुर्रर्रर्र उडेर
गई
केहि समय पछि अचानक
तुफान
रोकियो (थामीयो)
मौसम सफा भयो
अनी चरि वापस फर्केर
आयो र आउँदा त
चरा मरी सकेको रहेछ
चराले
एउटा डाली हाँगामा केहि लेखेर
छोडेको थियो
त्यो चरी ले पढी, तेस
मा थियो
प्रियसानु-तिम्र
ो विश्वास मा आज
यो संसार बाट
बिदा भय ,,म
बिना पनि तिमि सदा सुखी-
खुसि रहनु
ल .....कति स्वार्थी चरि रहेछ ,.
उस्को लागी चराले आफ्नो पखेटा भाच्नु ब्यर्थ भयो

१दिन चरिले चरालाई
भन्यो तिमीले मलाई
छोडेर
कहिल्यै उडेर त जाँदैनौ ?
चरा : उडेर गएछु भने
तिमी मलाई छोप्नु नि त!
चरि : मैले तिमीलाई
छोप्न त सक्छु तर
फेरी तिमीलाई पाउन
आफ्नो बनाउन सक्दिन
कि?
चरि को यो कुरा सुनेर
चराको आँखामा आँशु छलक्क
छल्कियो उसले आफ्नो दुबै
पखेटा भाँचिदिई
अनि चरि लाई भन्यो सानु
अब हामी जिवनभरी सँधै
साथमै रहनी है कहिल्यै
नछुट्टिने अब!
समयले कोल्टे फेर्यो
~~~~~~~~~~~~~~~~~~~
१दिन
ठुलो आँधिबेरी तुफान
आयो आफ्नो ज्यान
बचाउनको निम्ति चारि उड्न
थाली
अनी चरा ले
भन्यो तिमी उडेर जाउ म त
उड्न
सक्दिन सानु
आफ्नो ध्यान राख्नु है
चरि भुर्रर्रर्र उडेर
गई
केहि समय पछि अचानक
तुफान
रोकियो (थामीयो)
मौसम सफा भयो
अनी चरि वापस फर्केर
आयो र आउँदा त
चरा मरी सकेको रहेछ
चराले
एउटा डाली हाँगामा केहि लेखेर
छोडेको थियो
त्यो चरी ले पढी, तेस
मा थियो
प्रियसानु-तिम्र
ो विश्वास मा आज
यो संसार बाट
बिदा भय ,,म
बिना पनि तिमि सदा सुखी-
खुसि रहनु
ल .....कति स्वार्थी चरि रहेछ ,.
उस्को लागी चराले आफ्नो पखेटा भाच्नु ब्यर्थ भयो
 मुटु छुने कथा तपाइको को बीचमा लाएको छु ....
यो कथा लेख्नु भएको छ
Gajurel Nepali Bquib
Read more...

Sunday, 13 May 2012

कथाः सहवास - Hiranya kumari Pathak

0 कमेन्ट

प्रतिदिनको ताडना र लाञ्छनाले असहय भइसकेको थियो मुनाको मन । विवाह गरेको ६ वर्षमा पनि एउटा सन्तान दिन नसक्ने ! यस्ता वचन सुन्दासुन्दा उनको कान टट्याइसक्यो, हृदयमा सुल घोपेझैँ चस्स-चस्स बिझाउन थालिसक्यो । सन्तानको आवश्यकता र चाहना प्रत्येक स्त्रीलाई अवश्य हुन्छ । सन्तानबिना, मातृत्वको सुखबिना अरू संसारिक सुख सबै-सबै फिका हुन् ।

मुनाको हृदय पनि यस कुराले चिमोटिरहेकै थियो, तर के गर्ने ! लामो सास फेरेर मन बुझाउनु सिवाय अरू केही समाधान थिएन । विवाहको दुई वर्षपछि नै सन्तान नहुँदा, जँचाउन दुवै पति-पत्नी डाक्टरकहाँ गएको सम्झना बारम्बार आइरहन्छ उनलाई । त्यस दिन डाक्टरले मुनामा हैन, प्रजनन शक्ति श्रीमान् नरेशमा छैन भन्ने रिपोर्ट देखाउँदा पतिको अनुहारमा आएको उतार-चढाव आज पनि उनका सामु ताजा छ । घरमा सबैका सामु मुनाले पनि केही भनिनन् । उनको श्रीमान्को यही निर्देशन थियो रिपोर्टबारे । त्यस रात नरेशले आफ्नो कमजोरी अरू कसैलाई नभन्नू भनेर मुनासँग वाचा पनि लिए । मुनाको स्त्री हृदयले के गरोस् ?

तर त्यसपछिका उनका दिनहरू छटपटाहटमा बित्न थाले । विस्तारै-विस्तारै समय बित्दै गयो । दुई वर्ष, चार वर्षपछि पाँचै वर्षमा त नरेशकी आमाले अर्कै निर्णय सुनाइन् । उनले अवश्य पनि मुनाबाट नै सन्तान नभएको हो भन्ने अठोट गरिन् । घरको एक्लो छोरा नरेश ! उसका कुनै सन्तान नभएपछि घरमा चिन्ता हुनु त स्वाभाविक नै थियो ।

नरेशमा कुनै कुराको कमी थिएन- रूप, धन सम्पत्ति, आलिशान घर । नरेशको राम्रो व्यापार पनि छ तर अभाव एउटै कुराको छ- घरको कुलदीपकको आगमनमा ढिलाइ ।

नरेश दिनभरि काममा नै व्यस्त हुन्थे । तर मुनालाई त दिनभरि घर परिवारसँग भिज्नुको विकल्प थिएन । नन्दको बिहे उनीपछि भएको थियो । ती नन्दले छोरा-छोरी लिएर माइत आउँदा मुनाको मुटु चस्सक्क भएर चर्किन थाल्थ्यो । ती साना नानीका मीठा-मीठा कुरा र अबोध वालापनलाई धेरैबेरसम्म आफैँसँग राख्थिन् । उनको मन त्यति बेला रसिलो हुन्थ्यो । शरीरमा फूर्ति आएझैँ हुन्थ्यो । तर उनीहरू गएपछि के गरुँ, कसो गरुँको छटपटी हुन्थ्यो । धेरैबेरसम्म शून्यतामा डुबिरहन्थिन् । उनको मातृ-हृदय ममता पोख्न उर्लिरहन्थ्यो । अनि घरमा सासूलाई पनि दुःख लाग्नु स्वाभाविक नै हो भन्ने ठान्दथिन् ।

आखिर घर त घरै हो नि । घरको रमाइलो नै केटाकेटीले गर्दछन् । नाति-नातिनाको अभावमा दिनका दिन घरमा कचिङ्गल उठ्न थाल्यो । बिहानदेखि बेलुकासम्म आफूलाई अनेक दोषारोपण गरेको सहन अब मुनालाई पनि असैहृय हुन थाल्यो । किनकि जुन बात उनीमाथि लगाइएको थियो, त्यो निराधार थियो । आफ्नो कमजोरी लुकाउन नरेशले उनीमाथि थोपरेको वाचालाई जोगाउन नसक्ने भइसकेकी थिइन् उनी ।

अनि त्यस रात उनले नरेशसँग भनिन्, “अब त अति नै भयो । मलाई आमाले अरू घरमा आएकाहरूका सामु लाञ्छना लगाउदा सारै नै दुःख लाग्छ । अब त म सहन सक्दिनजस्तो छ- नरेश के गर्ने ? सबै कुरा भन्नुमा नै ठीक छ । अब त अति नै भयो ।”

“के गर्ने र हामी के गर्न सक्छौँ मुना ! हेर मलाई त तिमी मात्रभए पुग्छ । आमाले जे भने पनि सहनुपर्छ है ।” नरेश उनलाई मायालु पारामा सम्झाउन खोज्दै थिए ।

“हैन, तर म त अब सहन सक्दिनँ, बिनादोष ममाथि आइपरेको आरोप । कसैको बच्चा हामीले गोद लिए पनि त हुन्छ नि नरेश आमासँग कुरा गर ।”

“ल के भनेको तिमीले मुना ! अर्काको रगत पनि कहिले आफ्नो हुन सक्छ र ?”

अनि के गर्ने त ?

यस्तै सुर्ता गर्दा गर्दै उनीहरूको त्यो रात बित्यो ।

घरमा विस्तारै नरेशको अर्को बिहेको कुरा चल्न थाल्यो । त्यो कुरा नरेशले मुनाले दुवैले सुने । मुनालाई त नरेशको कमजोरी थाहा थियो । नरेशले आमासँग आपत्ति जनाए । “म अरूसँग बिहे गर्दिनँ” भन्दै ढिपी गरे ।

केहीबेरको गलफत्तीपछि आमाले आफ्नो अडान राखिन्, “अबका वर्ष दिन भित्रमा नाति भएन भने म तेरो अर्को बिहे गराउँछु, मलाई नाति चाहियो, चाहियो ।”

आमाको कड्किलो आवाज छोराबुहारीले दुवैले सुने । अब के गर्ने ! नरेशलाई पनि मनमा चैन छैन ? दिनभरि भौँतारिँदै राति मुनासँग अँगालोमा आफ्नो छटपटीको समाधान कसो गर्ने भन्नेबारे छलफल गर्‍यो । तर कसै गर्दा पनि समाधान निस्केन ।

मुनाले नरेशको मनमा उत्पन्न छटपटी देखेर निकास निकाल्ने उपाय सोचिन् । नरेशलाई माया गर्दै भनिन्- “हेर्नुस्, हजुरको अर्को बिहे भयो भने अर्की श्रीमतीले त मजस्तै गरी हजुरको कमजोरी लुकाउन सक्दिन ! बरु अब म जे गर्छु चुप लागेर खुसी भई अंगीकार गर्नुस् । आमाले भनेजस्तै एक वर्ष भित्रमा म नाति उहाँलाई दिन्छु, हजुर र मलाई छोरा दिन्छु । त्यसबारे केही नबोल्ने हो, केही नसोध्ने हो भने हजुरको कमजोरी पनि लुक्छ, सन्तान पनि पाइन्छ । मञ्जुर हुनुहुन्छ भने अहिले नै वाचा गर्नुस् ।”

मुनाको मुखबाट अचानक आएको प्रस्तावपछि नरेश निकैबेर घोरिए, सोचमग्न भए । आफ्नो कमजोरी उनी सार्वजनिक गर्नै चाहँदैनथे जग सम्मुख तर आमालाई नाति दिनु पनि जरुरी थियो । के गर्ने त अब ?

धेरै सोचे नरेशले । उनी एउटा सफल व्यापारी पनि हुन् । चारैतिरबाट घाटा नहुने बरु शान्ति र रमाइलो पनि हुने मुनाको प्रस्तावलाई उनले सहर्ष स्वीकार गरे, कुनै जवाफ-सवाल नगरी । त्यसको वर्ष दिनभित्र मुनाले गुदमुने नाति सासूको काखमा राखिदिइन् । मुना घरपरिवार सबैकी प्यारी भइन् भने नरेश पनि छोराका बाबु भए । घरमा आएको रमाइलो वातावरणले सबैलाई मोहित बनायो । वंश चलाउने सन्तान दिइन् मुनाले । सासूससुरालाई प्रसन्न मुद्रामा राखिन् ।

अस्पतालमा छोरा जन्मिएको दिन मुनाले नरेशलाई हेर्दै भनिन् “ल ! आफ्नो छोरालाई काखमा लिनुस् ।” मुनाका कुराले एकैछिन अलमल परे पनि नरेशले । त्यसपछि लगत्तै “आऊ, मेरो छोरा आऊ” भन्दै काखमा लिए ।

मुना मुस्कुराइरहिन् ।
Read more...

Wednesday, 9 May 2012

आएन ऊ फर्केर -Geeta

4 कमेन्ट


शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकी थिई, नकुल ढोकाबाट बहिर निक्लिदै थियो। तर शान्तालाई आफूले पढन नपाएकोमा साह्रै दुख लागेको थियो। नकुललाई भने कत्ति पनि झन्झट लागेको थिएन। किनकि उसलाई अरुलाई सयोग गर्न पाउदा आनन्द लाग्थ्यो। शान्ता नकुलकी गाउँले भाउजू थिई र साँच्चै नै सुशील र स्वाभिमानी थिई।शान्तालाई देखेर नकुल भन्छ, "ए शान्ता भाउजू! दाइको चिट्ठी आएछ। खै दिनुस् त तपाईंलाई सुन्न हतार मलाई पढन हतार।"
शान्ता मनभरि पीडालाई लुकाएर आफनो हात अघि बढाउँछे। अनि नकुल अशिमको चिट्ठी पढ्छ, "पुजनीय मेरी आमालाई पाउ परी ढोग, र साथै मेरी प्यारी जीवनसँगीलाई अति न्यानो मुटुभरिको चोखो माया। सबै मेरा मान्यजनहरूलाई धेरै धेरै सम्झना यो परदेशीको तर्फबाट। अनि मेरो गाउँले भाइ नकुललाई पनि गर्वले भरिएको मिठो माया।"
आहा! कति मिठा शब्द। शब्दका भोकालाई त साँचै भोक नै मेटाउने। तर शब्दले यहाँ भोकाको भोक र नाङ्गो आँग ढाकिंदैन थियो। घरबारी साहुको नाउँमा बन्दकी राखेको थियो। घरमा मृत्यु कुरेर बसेकी बुढी आमा सधैं आँसुमा डुबेकी थिइन्। तर आज पनी पैसा पठाउनेको कुरा चै लेख्न भुसुकै भुलेको थियो अशिमले। शान्ता मनभरि उही पीडा र ब्याथा बोकेर नकुलको हातबाट चिट्ठी लिएर घरमा आउँछे। सासूको "शान्ता! ए शान्ता!" को बोलाइलाई मसिनो स्वरमा उत्तर दिन्छे, "हजुर।"
"अनि के लेखेछ हँ अशिमले चिट्ठीमा?""सबै राम्रो नै छ रे।""पैसा कहिले पठाउँछ रे त?"शान्ता आफ्नो पतिको आड लिन्छे, "आमा धेरै चिन्ता नगर्नू के! एकैचोटि सबै ऋण चुक्ता हुने गरी पठाउनुहुन्छ रे।"

सासूको त मन केही पलको लागि भए पनि शान्त बनाउँछे। तर आफ्नो भने रातभरि आँसुको भल। कहिले रित्तिदैनन् उसका यी आँसु। हरे! छोरीको जन्म हारेको कर्म भनेर उखान त त्यत्तिकै बनाएको होइन रहेछ बुढापाकाले। आज पनि यिनै नाना थरी कुरामा चार-प्रहर रातको मिरमिरे प्रहर फाटेको थियो शान्ताको। बिहानको चिसो हावाले आँखा जोडन खोज्छे, तर सासूको खोकीले ब्युँझाउँछ उसलाई।ऊ जुरुक्क बिछ्यौनाबाट उठेर भान्सतिर लाग्छे। चुलो जोडेर तातो पानी बसाउँछे। केही बेरमा नुन चिया बनाएर सासूछेउमा जान्छे। दुबै सासू-बुहारी चिया खान्छन, तर मनभरिको पीडा त बाँढेर रित्तिंदैन र अरुलाई केही क्षणलाई ढाँटे पनि आफ्नो मन, आँफैसँग ढाँट्न नमिल्ने। के गर्नु? चिया खाइसकेपछि शान्ता पत्कर टिप्न डोको बोकेर हिड्छे।सासूको खोकी गाउँको निकै परसम्म एक तमासको सुनिन्छ। गाउँको हेल्पोस्टबाट त कति औषधी बोकेर खुवाको हो। तर निको भएको भने होइन। टाढा लैजाऊँ पैसाको अनिकाल। कसलाई सुनाउनु हात पसारेर माग्ने ठाउँ पनि बाँकी थिएन। घरको दु:ख मुटुभरि बोकेर पैसा कमाउन परदेश लागेको पतिको पत्तो खबर थिएन। कति कहाली लाग्दो जिन्दगी? कस्तो बेडम्बना? यो मनलाई बुझाउँने ठाउँ नै छैन। के ऊ साँचै कठोर मनको धनी पुरुष हो त? साँचै मेरी आमाले भनेकी थिइन्, "छोरा मान्छेको आँखाले देखे मात्र माया हुन्छ रे।" के यो साँच्चै हो त? शान्ता मनभरि कुरा खेलाउँदै पत्करको भारी पुराउँछे।
हुन पनि हो बिहा अघि त शान्ताले न अशिमलाई देखेकी थिई न चिनेकी। बिहा गरेको २ महिना पनि राम्रो बित्न नपाई अशिम परदेश लागेको आज एक बर्ष हुनलाई पन्ध्र दिन बाँकी रहेछ। अब साहुको नाउमा राखेको घरबारी पनि उसैले खाने पर्यो। शान्ता आँखाका बगेका आँसुका भेललाई पछ्यौराको फेरले पुछेर डोको बोकेर घरमा पुग्छे।
उसको घरमा नकुल पनि थियो। शान्ता आत्तिंदै नकुललाई सोध्छे, "बाबु तपाईं यहाँ?""हो भाउजू। आमालाई जवरोले हन-हन भएछ। मसँग औषधी थियो पुर्याउन आएको। म अहिले लाग्छु पनि। आमको राम्रो ख्याल गर्नुहोला।" भनेर बाटा लाग्छ।शान्ताको परिवारको लागि गाउँभरिमा नकुल त थियो एउटा दु:खमा साथ दिने। शान्ताका न देवर न जेठाजु- न नन्द न आमाजू कोही थिएनन्। त्यसैले शान्ताका आमा बुवाले छोरीले सुख पाउँछे धेरैको बुहार्तन खप्नु पर्दैन भनेर अशिमसित बिहा गरिदिएका रे। आमाबुवालाई आफ्नो काखबाट छोरीलाई पन्छाउन पाए साह्रै आनन्द। बढेकी छोरी घरमा राख्दा पनि गाउँलेको कुराको बै-बै हुन्छ। कस्तो संस्कार हो यो? छोरीको त आस्तित्वहिन जिन्दगी। उसको त आफ्नो जिन्दगी नै छैन अरुको नाउँसित नजोडी।
"शान्ता, ए शान्ता!"
"हजुर!"
"यहाँ मेरो नजिक आ' त।"
"किन आमा?"
साह्रै असल थिइन शान्ताकी सासू। अनि शान्ता के छेउमा पुग्छे सासू भन्छिन्, "त्यो अशिमलाई एउटा चिट्ठी नकुललाई भनेर लेखन लगाएर पठान बा। म त डाँडा पारीकी घाम। म मरेपछि तेरो बिजोक हुने भयो।"
शान्ता आफनो हातले सासूको मुख छोपिदिन्छे, "किन त्यस्त्यो अशुभ बोल्नु भएको नि?"
"के गर्छेस् बाबै? यो नै सत्य हो कि सबैले यो संसार छोड्नै पर्छ एक दिन। तेरो मायाले म सधैं तसँग नै कहाँ बस्न पाउछु र बा!"
शान्ता नकुलको घरतिर लागछे। नकुलको घरमा चालचुल थिएन। ढोकामा ताल्चा ठोकेको थियो। तै पनि शान्ता केही बेर पिंढीमा कुरेर बस्छे। केही बेरपछि नकुल आइपुग्छ।
"ए! शान्ता भाउजू कति खेर आउनु भएको नि?""एकैछिन अगाडि हो बाबु।""अनि आमालाई अलि सन्चो भयो?""छैन, उस्तै छ। छोराको धेरै चिन्ता लिनुहुन्छ त्यसैले होला। अनि बाबु म त तपाईंलाई फेरि दु:ख दिन आएकी।""केको दु:ख भाउजू? यो जीवन त अरुको सेवा कै लागि जन्मेको हो नि। भन्नुस् न मैले के गर्नु पर्यो?"
"तपाईंको दाइलाई एउटा चिट्ठी लेखिदिनुस् न बाबु। आमा साह्रै बिरामी हुनुहुन्छ चाँडै घरमा आउनू रे भनेर। कतै आमा बिरामीको खबरले घरको याद आउँछ कि!"
"हुन्छ भाउजू तपाईं धेरै चिन्ता नलिनुस्। अर्काको देशमा कहाँ आफूले भनेर सोचेको जस्तो हुन्छ र भाउजू? केही सारो गाह्रोमा अड्किनु भयो होला नि! नत्र गाउँमा छँदा त त्यति खराब मान्छे त होइन। अब उहाँलाई शहरको बातावरण्ले नै खराब बनाएछ भने के जानौं भाउजू।"
त्यसपछि नकुल चिट्ठी लेखन तयार हुन्छ।


"दाइ अशिम, म गाउँले भाइ नकुलको तर्फबाट दुबै हात जोडेर नमस्कारका साथै धेरै सम्झना। दाइ, कि तपाईंले गाउँघर छोडेदेखि यी पाटी पौवा देउराली त सुन्ने भएकै नै छन्। त्यो भन्दा पनि तपाईंको घरको हालत धेरै कमजोर छ। तपाईं गएदेखि आमा सधैंको बिरामी। घरबारी पनि साहुले भाका पुग्यो छोड्नू भनेको भन्यै छ रे। हामी गाउँले सबै छक्क परेका छौं कि एउटा असल र सिधा गाउँलेको छोरोको मनलाई परदेशले कसरी धमिलो बनाइदियो। आफ्नी जन्म दिने आमालाई र जन्मभूमिलाई नै चट्टकै भुल्ने गरी दाइ? ल दाइ आमाको स्वास्थ्य धेरै कम्जोर हुँदैछ। भाउजूको पनि उही हालत छ। यो चिट्ठी पाउने बित्तिकै घरमा आउनु होला। तपाईंको चिट्ठीको आशमा शान्ता भाउजूका धेरै दिन र रात बिते, तर तपाईंको चिट्ठी आएन। त्यसैले यो चिट्ठी लेखेको हो। ल त उही गाउँले भाइ नकुल।"नकुलले चिट्ठी लेखेर शान्तालाई सुनाउँछ र सोध्छ, "भाउजू ठीक छ?"शान्ता "ठीक छ बाबु" भन्छे र सारीको फेरमा गाँठो पारेर राखेको चिट्ठी पठाउने पैसा नकुललाई दिन्छे।"बाबु तपाईंले यो हामीप्रति लगाएको गुण के गरी तिर्ने होला नि?""भाउजू त्यसो नभन्नुस् न। एउटा मान्छेलाई दु:ख पर्दा अर्को मान्छे काममा आएन भने के गाउँ समाज भएर बस्नु त?"त्यसपछि शान्ता घर आउँछे। सासू उही सधैंको जस्तो लामो-लामो सास र खोकीमा रुम्मलिएर मुर्छा परेकी-पर्यै नै छिन्। तातो पानी बेसार राखेर तताएर शान्ता सासूको छेउमा जान्छे। हातको अाढेस लगाएर उठाएर शिरानीको सपोर्ट लगाएर राखिदिन्छे। सासू आँखाबाट आँसु झार्दै शान्तालाई हेर्दै भन्छिन्, "तेरो साह्रै पाप लाग्छ होला मलाई शान्ता।"तिनै शब्दमा रुम्मलिएर केही-बेर सासू बुहारी रुन्छन्। तर कति रुने? दु:ख त जहाँको त्यहीं नै छ। बिधिको बिधान र लेखेको लेखन त नभोगी कसैलाई सुखै छैन। सधैंको थला परेर ओछ्यानमा परेकी सासूले पनि यो पापी संसारबाट मुक्ति पाइन्। तर अशिमको कुनै खबर आएन। उसलाई न यो धर्तीले खायो न आकाशले निल्यो केही थाहा भएन। सासूको दागबत्ती पनि शान्ताले नै दिई। गाउँलेको हरेक मुटु छेड्ने बचनलाई पनि सहेर जिन्दगीको लडाईं लडी शान्ता। तर भनिन्छ कि नारी धर्ती हो। हो नारी साँच्चै धर्ती हो तर उसको पीडालाई चै सधैं मुल्यहिन बनाइन्छ। सुन्दरताकी खानि हो नारी मायाकी प्रतिमूर्ती हो नारी। तर असल कामको भागीदार हुनलाई चाहिं धेरै अभागीकी खानी हो नारी? धेरै दु:खको भाग उसैलाई नै लगाइन्छ, कलङ्कित पनि उसैलाई नै पारिन्छ। आज शान्ता अशिमको एक त्यान्द्रो पोते र एक चिम्टी सिंदुरमा बाँधिएर बसेकी छे। तर अशिम आएन। आएन, ऊ फेर्केर आएन। कहिले पनि आएन।

गीता थापा (दोषी)
इजरायल 
Source : Preshchautari 
Read more...

Saturday, 5 May 2012

साँचो माया

0 कमेन्ट

यो कथा साँचो माया गर्ने एक प्रेमी र प्रेमीकाको हो । जसको नाम सागर र सपना थियो । सागर र सपना एक अर्कालाई असाध्य माया गर्दथे । सागर र सपनाको पहिलो पटक भेट क्याम्पसमा भएको थियो । जहाँ सागर आफ्नो अगाडीको अध्ययन गर्न आएको थियो । सपना सागर संग केहि बोल्न खोज्छ तर सागर भने केहि नबोली हिड्छ र सपना भने उसलाई हेरि रहन्छिन् ।
सपना करोडपति वावु की एक्ली छोरी हुन्छे तर उसमा धनको कुनै घमण्ड हुदैन । उ अरु केटीहरु जस्तै सरल र चञ्चल स्वभावकी थिईन । सपनाले पहिलो भेटमा नै सागरलाई मन पराउन थाल्छिन् । सागर भने गरिब आमाको एक्लो छोरो थियो । उ शान्त स्वभावको थियो त्यसैले होला सपना सागर भने पछि भुतुक्कै हुन्थिन । तर सागर भने सपनासंग टाढिन खोज्थ्यो । क्याम्पसमा सागर नयाँ थियो त्यसमाथि पनि गाँ उबाट आएको उसलाई सबैले गिज्याउथ्यो तर सपना मात्र थिईन की उसलाई केहि भन्दिन थिईन, सागरकै पक्षमा बोल्थीन । जसले गर्दा सागर र सपनामा घनिष्ट मित्रता हुन पुग्यो । विस्तार विस्तारै उनिहरुको मित्रताले प्रेमको रुप लिन थाल्यो र मित्रता प्रेममा परिणत भयो । सागर र सपना एक अर्कालाई एक छिन पनि नदेख्दा पानी बिनाको माछा छटपटे झै छटपटिन्थे । संगै हिडेने बस्ने गर्न थाले । उनिहरुलाई एक अर्का बिना वाँच्न मुस्किल भयो । उनीहरुको यस्तो गाढा र साँचो माया देखेर साथीहरु ईष्र्या गर्थे र भन्थे सागर र सपना जस्तो एक अर्कालाई साँचो माया गर्ने प्रेमी हामीलाई पनि पाए हुन्थ्यो ।
सागर र सपनाको प्रेम कहानी चलेको एक वर्ष भई सकेको थियो कि अचानक सागरको हातमा एउटा पत्र पर्छ, जसमा लेखिएको थियो सागर तेरो आमा साह्रै विरामी छ । तँ जसरी पनि घर आइज । पत्र पढ्नासाथ सागर गाँउ फर्कने तयारी गर्छ र घर फर्कन्छ । गाँउ फर्कने बेलामा सागरको सपनासंग भेट हुन पाउदैन । उता सागर घर पुग्दा आमाले प्राण त्यागि सकेकी हुन्छीन । यता सपना सागरले केही नभनी यसरी हराएकोले उ पानी बिनाको माछी झै छटपटि रहेकी हुन्छिन । त्यसैबेला उसको हातमा एउटा पत्र पर्छ, जुन पत्र सागरले सपनालाई पठाएको हुन्छ । पत्रमा सागरले आफु एक्कासी हराउनु परेको कारण र आफु आउन अझ एक महिना लाग्ने कुरा उल्लेख गरेको थियो । सपनालाई सागर बिना एक दिन त काट्न मुस्किल भएको बेला एक महिना सागरको अनुपस्थितिमा आफ्नो जीवन विताउनु पर्दा दश वर्ष बिताउनु परेझै लाग्न थाल्यो । विस्तार–विस्तारै सपनाको सपनाको पर्खाईको घढी पनि सिद्धयो ।
यता सागर आफ्नो सम्पूर्ण काम सिध्याएर सपनालाई भेट्ने खुशीले रम्दै शहर आउछ । शहरमा आउनासाथै सपनाको विषयमा साथीहरुसंग कुरा गर्छ । सपनाले त आजै अरुनै केटासंग विवाह गरिन भन्ने समाचार उसको साथीहरुले सुनाउछ । यस्तो खबर सुन्नासाथ उ हागाबाट खसे जस्तो हुन्छ । संगै वाच्ने, संगै मर्ने खाएको कसम यति छिट्टै तोडेर जान सक्दैन भनि उ त्यहाबाट सपनाको घर तर्फ जान्छ । जाँदा–जाँदा बाटोमा उसले एउटी केटी र केटा वेहुली र वेहुलाको भेषमा आफुतिर आएको देख्छ, अलि नजिक आएपछि उसले त्यस केटीलाई चिन्छ । त्यो केटी अरु कोहि नभई आफैले चाहेको सपनापो रै’छ । आफु अगाडी आफुले प्राण भन्दा बढी माया गरेको आफ्नो प्रेमिकाको त्यस्तो रुप देखे पछि उसलाई बाँच्नुको कुनै अर्थ रहेन र उ नजिकको पोखरीमा हाम फाल्छ । त्यसपछि सपना कराउछिन, पोखरीमा मान्छे डुब्यो बचाउ.....बचाउ.......बचाउ.... । केहि बेर पछि केटाहरुले चाल पाई सागरलाई खोलाबाट बाहिर निकाल्छ । सपनाको आँखाभरी आँसु आउछ । उनी रुदै भन्छिन तिमीले यो के गरेको सागर ? सागरले जवाफ दिन्छ, तिमी किन रोएकी ? तिमी त आज खुशी हुनुपर्ने हो किनकी तिम्रो त आज विवाह भएको छ । म तिम्रो को हुँ र ? सपना तर्सिन्छीन । उसले सागरलाई सम्झउछे । सागर मैले कैसैसंग विवाह गरेको छैन । यो त मैले नाटक गरेकी हुँ , तिम्रो माया जाच्नकोलागि हामी साथीहरु मिलेर नाटक गरेको । मलाई के थाहा ?, कि तिमी मलाई आफ्नो प्राण भन्दा पनि बढी माया गर्छौ भनेर नत्र म आफ्नो प्राणको परिक्षा लिने थिईन । सपनाको यस्तो भनाई सुनी सागरले सपनालाई भन्छ, अब उप्रान्त मसंग यस्तो नाटक नगर । नत्र तिम्रो यो प्राणले यो संसार छाड्ने छ । यति भन्न नपाउदै सपनाले सागरको मुख थुन्दिनछिन । त्यस पछि दुवै जना मिली आ–आफ्नो कोठा फर्कन्छ ।
सागर र सपनाको सम्पूर्ण प्रेम कहानी सपनाको बुवाले चाल पाउछ र सपनाको विहेको कुराकानी अन्तै चलाउन थाल्छ । सपनाले आफ्नो बुवालाई आफुले सागरलाई मन पराएको र उसैसंग विवाह गर्ने निधो गरको कुरा सुनाउछिन । तर सपनाको बुवाले यी दुवै माया गर्ने प्रेमीको बीचमा धनी र गरिबको ठूलो पर्खाल खडा गरिदिन्छन । बुवाको अगाडी केही जोड नचले पछि सपनाले सागरलाई भागेर जाने आग्रह गर्छिन तर सागरले भने मान्दैन । उसले सपनालाई सम्झाउछ, हेर हामी एक अर्कालाई साँचो माया गर्छौ किन डराउने ? म तिमीलाई तिम्रो बुवासंग मागेर विवाह गर्छु । तिमी आफ्नो घर जाउ भनि सपनालई घर पठाउछ । यता सपना घर पुग्दा उसको विवाहको कुरा अन्तै छिनोफानो गरिसकेको हुन्छ र दुई दिन पछि उसको विवाहको मिति पनि तोकिन्छ ।
सागरले सपनाको विवाहको कुरा छिनियो भन्ने चाल पाएपछि उ सपनाको घर जान्छ उसको हात माग्न । तर त्यहाबाट अपमानित भई फर्कनु पर्छ, आफ्नो अगाडी आफ्नो प्रेमीको अपमान भएको र उ बीना बाँच्नु पर्ने हुदा उ बीना बाँच्नु भन्दा मर्नु उचित ठानी आफ्नो कोठमा गई सागरको फोटो हेरी मलाई माफ गरि देउ सागर म यो जुनीमा तिम्रो हुन सकिन म तिमीलाई छाडेर यो संसारबाट जादैछु । म तिम्रो वाहेक अरु कसैको भई बाँच्न चाहान्न भनि विष सेवन गर्छिन । उसले विष सेवन गरेको आमा–बुवाले चाल पाई सपनालाई अस्पताल पु¥याउछन । उता सागर सपना बीना विछोडी बाँच्नु भन्दा मर्नु उचित भनि उ पनि मर्ने निष्कर्षमा पुगि नजीकको औषधी पसलमा गई किरा मार्ने औषधी लि फर्कीदा सागरले सपना विष सेवनबाट घाईते भई अस्पतालमा लगेकोछ भन्ने चाल पाउछ । त्यसपछि उ स्वाँ –स्वाँ र फ्वाँ –फ्वाँ गर्दै अस्पतालतीर दौडन्छ । अस्पताल पुगेपछि होश नआए सम्म सपनाको केहि भन्न सकिन्न भन्ने डाक्टरबाट सुन्छ र सपनाको बेडमा गई भक्कानो फुट्ने गरि रुन्छ सपना तिमीले मलाई एक्लै छाडेर जान सक्दैनौ भन्दै रुदै गर्छ । सपनालाई होश नआएको देखी सपना म बाट विछोडीने पिडाले आत्महत्या गरिन् म किन बाँच्ने भनि हातमा रहेको किराको औषधी पिउछ जसबाट सागरको मृत्यु हुन्छ ।
सागरले प्राण त्यागेको केहि वेरपिछ सपनालाई होश आउछ, होशमा आउनासाथ उसले सागरलाई नै खोज्छीन जब सागरलाई आफु समक्ष प्राण त्यगेको उनले देख्छिन , अनि उनी पनि सागर भनि जोडले कराई अंकमाल गर्छीन र आफ्नो प्राण त्याग्छिन । यसरी साँचो माया गर्ने प्रेमी र प्रेमीका बाचुन्जेलसम्म संगै रहे र मर्ने बेलामा पनि संगै मरे । एक अर्का विना बाँच्नु भन्दा संगै एक अर्काको साथ रहने गरि प्राण त्यागे ।
Read more...

Tuesday, 1 May 2012

जन्मदिनको मिठो उपहार

0 कमेन्ट
सुजित आज निकै खुशि छ नहोस पनि कसरि आज उसको प्रियशी सुजिताको जन्मदिन न पर्यो । अरु दिन भए राती नौँ बजेनै निद्रादेवीको काखमा मस्त निदाउने सुजित हिजो भने राति १२ बजेसम्म जागै बसि आफ्नी प्रियशीलाई जन्मदिनको शुभकामना दिएर अरु धेरै मिठामिठा कुरा गरेर करिब २ बजेतिर मात्र सुतेको भएरहोला आज ऊँ उठ्दा नौँ बजीसकेको हुन्छ ।

हिजो सुजितालाई भोली दश बजे क्याफेमा भेट्ने भनी गरेको वाचा सम्झी सुजित हतारहतार तयार हुन्छ सधैँझै आफुलाई मनपर्ने जीन्स र सुजिताले गिफ्टमा दिएको टिसर्ट र कन्र्भसमा । हतारै भएको भए पनि आफ्नो जुल्फि मिलाउन र पल्सर बाइक पुछपाछ गर्न पनी भ्याउँछ सुजितले अनि बाइक हुइक्याउदैँ लाग्छ सुजितालाई भेट्न क्याफेतिर ।
...


कानमा एयरफोन लगाई पाश्चात्य संगितको आन्नद लिदैँ तिव्र गतिमा बाइक कुदाउदैँ सुजित केही बेरमै क्याफेनिर पुग्छ अनि आफ्नो बाइक पार्किङ्ग गरेर क्याफे भित्र छिर्नै लाग्दा बल्ल आफुले सुजितालाई गिफ्ट ल्याउनै बिर्सेको सम्झेर आफुलाई मनमनै गाली गर्दै नजिकै रहेको गिफ्टसप तिर लाग्छ ।

गिफ्टसपमा गई गिफ्ट छान्दै गर्दा कोही बेस्सरी रोइरहेको सुनेर सुजितले पछि फर्की हेर्दा एउटा यस्तै करिब १५–१६ वर्षको एउटा केटालाई एउटा बुढो मान्छेले पिटिरहेको हुन्छ तर त्यो केटा भने त्यही मान्छेको खुट्टा छोपी केही मागिरहेको हुन्छ । यो सब के भइरहेको छ भनी जिज्ञाशा लागेर सुजित त्यतैतिर लाग्छ ।

ऊँ त्यहाँ पुग्दासम्म त्यो बुढो मान्छे अलि परै पुगिसकको हुन्छ तर त्यो केटा भनी त्यही बसेर डाँको छोडेर रोइरहेको हुन्छ । यो देखेर सुजितलाई निकै दया लाग्छ त्यो केटालाई नरुउ भन्दै सम्झाएर के भयो भनी सोध्छ।

धेरैबेरको सोधाइपछि र सुजितले फकाएपछि अश्रुमिश्रित स्वरमा सुकसुकाउदैँ त्यो केटाले आफु त्यही परको सुकुम्बासीको भएको र अहिले नजिकै रहेको स्कुलमा कक्षा दशमा पठ्दै गरेको र आज एस.एल.सी.को परीक्षा फर्म भर्ने अन्तिम मिती भएकोले र दशबजे भित्रमा फर्म भरीसक्नुपर्ने हुदाँ गिट्टी कुटेर जम्मा पारेको हजार रुपिया लिएर स्कुलतिर जान लाग्दा आफ्नो जड्याँहा बाबुले खोसेर लगीदिएकोले रोएको हो भन्छ र अब मैले एस.एल.सी दिन नपाउने भए भनी फेरी रुन थाल्छ ।

त्यो केटाको अवस्था देखी आफ्नो बाल्यकालमा आफुलाई पठाउन आफ्नो अभिभावकले गरेको संघर्ष सम्झी सुजितलाई त्यो केटाप्रति निकै दया लाग्छ र आफ्नो पर्शबाट हजारको नोट निकाली त्यो केटाको हातमा राखिदिन्छ र नरोऊ अब जाउँ गएर फर्म भर भन्छ ।

 आफ्नो हातमा रहेको हजारको नोट देखेर त्यो केटा निकै खुशि हुन्छ आशुँ पुच्छ र सुजितको खुट्टा ढोग्न खोज्छ तर सुजितले रोक्छ । अनि सुजितको हातमा रहेको घडी हेरी – “ओहो १० बज्न लाग्यो म जान्छु है दाजु, मैले हजुरको पैशा छिट्टै जम्मा पारेर दिन्छु, म बस्ने उ त्यही सुकुम्बासीमा हो ! काले भनेर सोध्नु भयो भने सबैले बताइदिनेछन ” भन्दै दौडिदैँ आफ्नो स्कुलतिर जान्छ ।

त्यो केटालाई सहयोग गर्न पाएकोमा र त्यो केटाको इमान्दारिता देखेर सुजित पनि खुशि हुन्छ र घडीमा हेरी ला ! दश बजीसकेछ अब सुजिताले मार्ने भइन अझ गिफ्ट पनि लिएको छैन मनमनै सोची यसो पछाडि के फर्केको थियो सुजिता उसकै पछि उभिइरहेकी हुन्छिन । अब आज मर्ने भइयो भनी डराउदैँ सुजित सरी लेट भयो मैले त तिम्रो लागि गिफ्ट पनि लिन भ्याएको छैन नरिसाऊँ है बरु मैले तिमीले भनेकै गिफ्ट किनिदिउला नि भनी कान समात्छ ।

सुजितको कुरा सुनेर सुजिता रिसाएझैँ गर्दै सुजिततिर आउछिन । सुजितालाई त्यसरी आफुतिर आएको देखेर सुजित डराएर आखाँ चिम्म गर्दछ तर एकैछिन पछि ऊँ निकै अच्चम्मित हुन्छ जब सुजिताले उसका ओठमा लामो अनि कसिलो चुम्बन गर्छिन ।


सुजिता रिसाईन होली भनी डराइरहेको सुजित सुजिताको त्यो मिठो चुम्बन त्यो पनि सबैका सामु पाएपछि एकछिन त के भो भनी टोलाउँछ र लजाउदैँ सुजितातिर हेर्दै– जन्मदिन त आज तिम्रो हो ! तर मलाई यो मिठो उपहार के को लागि नि ! भनी सोध्छ ।

आफुले सबैको सामु चुम्बन गरेको महसुस गरेपछि सुजिता पनि लाजले एकछिन धपक्कै बल्छिन अनि आफ्ना मृगनयनी नयन झुकाउदैँ लजालु मुस्कान छर्दै खुशि मिसिएको स्वरमा–“मेरो जन्मदिनमा तिमीले अघिको त्यो बाबुलाई उसको भविष्य नै उपहारमा दियौँ मेरो लागि यो भन्दा ठुलो जन्मदिनको उपहार अरु के नै हुन सक्थ्यो र ?” भनी सुजितलाई आफ्नो कसिलो अंगालोमा बाध्छिन्

कथाकार
P.M.
जन्मदिनको मिठो उपहार ( Nepali Katha )
Read more...

Sunday, 22 April 2012

अधुरो प्रेम कहाँनी - Kiran Sth

6 कमेन्ट
यो कथा मेरो साथी को हो जो अस्ती भर्खर १० तारिख मा मृत्यु भयो उस्ले मलाई मेल गरेको थियो जुन कथा मसङ्ग नि समबन्धित छ र उस्को कहाँनी पनि छ जुन आज मैले प्रस्तुत गर्दै छु । एउटा कुरा परिवर्तन गरेको छु उस्ले  roman  बात लेखेको थियो अङ्रेजिमा भने मैले नेपाली युनिकोड बात लेखेको छु सबै कहाँनी ।

उन्लाई मैले देखेको पनि धेरै भएको छैन भर्खर २-३ महिना जती भयो होला । मलाई थाहा छ उस्को प्रेमी छ तर पनि घरी घरी उसङ्ग नाता जोद्न मन लागि रहन्छ ।  यो कुरा हो यही बर्ष २०६८ को BBS फर्स्ट  Year को  Admission  को बेला हो । म आफ्नो पढाई निरन्तर गर्न चाहन्थे तर आफ्नो जिन्दगी ले साथ नदिने कुरा त  Sure थियो तर पनि जती दिन सम्म निरन्तर गर्न सक्छु गरी रहनेछु भन्ने लागेको थियो त्यसैले मैले पब्लिक युथ मा पढ्ने निर्णय गरे तर एक दिन मेरो फेसबुकको साथी लाई सोधे कता पढ्ने भनेर उस्को रोजाइ थियो पिपुल्स क्यम्पस । मैले तेतै जाने निर्णय गरे । मैले उस्लाई फेस्बूक बात चिनेको थिए उस्को फोतो थियो तर मैले राखेको थिइन । त्यसैले मैले उस्लाई चिन्थे तर उस्ले मलाई चिन्दैन थियो । तर म गए  Admission  नै नगरिकन पढ्नलाई ।  साहेद मैले पूर्व जन्म मा केहि पुन्य गरेको थिए कि जो मैले संसार मा सबै भन्दा राम्रो साथी लाई चिनेको रहेछु । मैले उस्लाई फेसबूकमा देखेको भन्दा धेरै राम्रो थियो । मैले उस्लाई साथी बनाएर धेरै राम्रो गरे जस्तो लाग्यो । मेरो पहिलो दिन उस्लाई देखेको थिए बास्तबिकमा तर उस्ले मलाई चिन्दैन थियो त्यसैले म पनि उसङ्ग गएर बोलिन न त उ नै बोल्न आए उ आफ्नो प्रेमिका सङ्ग बसी रहेको थियो । सुरु को दिन त मलाई खासै त्यस्तो लागेन । म जती दिन कलेज गए त्यती नै मलाई मेरै साथीको प्रेमिका मन पर्न थाल्यो यो मेरो पहिलो अनुभब थियो जो आफुलाई थाहा हुँदा हुँदै पनि प्रेमी छ भन्ने थाहा हुँदा हुँदै मैले उस्लाई  One Sided  माया गर्न थालेको पत्तै भएन । तर एउटा कुरा चाही पक्का थियो मैले चाहेर त के भगवानले चाहेर पनि उस्लाई आफ्नो बनाउन सक्दिन भन्ने कुरा किनकी मेरो जिन्दगी त्यती प्रायप्त थिएन जुन चाही मैले उनि सङ्ग जिन्दगी बिताउन पुगोस ।  हरेक दिन मैले आफ्नो जिन्दगी को दिन गनेर बाची रहेको थिएँ भने उनि सङ्ग कती दिन जिउ थे होला । आज पक्षुतो लाग्छ मेरो बितेको जिन्दगी देखेर यदी मैले आफ्नो जिन्दगी लाई रक्सी र ड्रग्स को साहारा नदिएको भए आज यस्तो दिन आउने नै थिएन । मैले नपिउ पनि कस्को लागी । मलाई कस्ले छेक्ने र न आमा थियो छेक्न न त  Dad नै थियो गाली गर्नलाई । आमाले सम्झाउथ्यो होला एदी भएको भए र Dad भएको भए साहेद गाली गर्थ्यो होला ।मेरो जिन्दगी त काँडा र फुल ले भरिएको रहेछ भनिन्छ , जिन्दगी सुख र दु:ख मिलन हो मेरो खुशी भनेको मैले यती मिल्ने साथी पाए मलाई नदेखी नचिनिकन धेरै सहयोग गरेको छ भने मेरो दुख को त लेख्न ठाउ नै पुग्दैन कापिका पानाहरुमा । जती बेलामा खुशी हुनु पर्ने थियो त्यती बेला शोक मा डुब्नु पर्‍यो मैले । त्यो बेलाको कुरा हो मैले SLC मा फर्स्ट डिभिजनमा स्कुलको दोश्रो भए तर त्यो सुनाउनको लागी मेरो  Dad & Mom त भ ग वान को प्यारो भाई सक्नु भएको थियो । आज रिजल्ट आउने तर के गर्नु दुइ दिन अगाडी नै एक्सिडेन्ट मा मलाई छोडेर जानु भयो दुबै जनाले । सम्पती मात्र छोडेर जानु भयो मलाई केबल सम्पती । मेरो  Mom ra Dad को ठुलो सपना थियो मैले फर्स्ट डिभिजनमा पास गरे भने सबै लाई पार्टी दिने तर रिजल्ट आइ सक्दा म आफै थिए कृयापुत्री को रुपमा । यो चोट त थियो नै फेरी यो चोट माथी पनि अर्को चोट आइ पर्‍यो मेरो जिवनमा । मैले कृयापुत्री बाट निस्किएर याहू मा बस्न थाले दिन रात त्एही बेला भेट भयो मेरो साथी सङ्ग । जो आज पनि मेरो लागी प्यारो छ । आज उ नभएको भए साहेद जिउदो हुने पनि थिन होला । जब जब मलाई मेरो परिवारको याद आउथ्यो तब तब मैले रक्सी को साहरा लिन थाले । पैसा को कमी थिएन मलाई साथी हरु सबै त्यस्तै ड्रगस युज गर्ने गर्थ्यो । पछी मलाई पनि गर्न आग्रहा गर्‍यो पछी मैले पनि गर्न थाले र १ बर्ष बिती सकेको थियो न म अरु सङ बोल्थे न त कलेज नै जान्थे कलेज भर्ना त गरे तर पढ्न गैन तर परिक्षा भनेभने निरन्तर दिइ नै रहे । मेरो नसिब दरो रहेछ म पास भए तर मैले उस्लाई लगभाग बिर्सी सकेको थिए रश्मी । उस्ले निरन्तर मलाई सम्प र्क गर्ने प्रायअस गरिन तर मैले दुखद घडी को कारण ले उसङ्ग नजिक हुन सकेको थिइन   जब मलाई उस्को याद आयो र भेट्न खोजे अकस्मात फेरी म बिरामी हुन पुगे र मलाई मेरो काका काकी ले अस्पताल लिएर जानु भयो र पछी थाहा भयो मलाई Blood Cancer  भएको रहेछ त्यसैले म उसङ्ग टाढा हुनु पर्ने अवस्था त थियो नै तर उस्ले नै मलाई लत्याएर गैन धेरै टाढा म बाट टाढा अब उनि मेरो हुन सक्दिन थिइन उनि अरु कसै को भैसकेको थियो । उस्को त्यो बिछोड सहन सकिन र सम्हाल्नै सकिन र झन ड्रगस र चुरोत अनि रक्सी त जिन्दगी को अर्को नाम भैसकेको थियो मेरो जिवनमा त्यसैले झन छितो मर्ने वाला थिए म मलाई सबै थाहा थियो ।   यदी उस्ले एक चोटी मात्र भनेको भए मलाई छोड्न चाहन्छ भनेर । कसम म उस्लाई राम्रो सङ बिदाइ गर्ने थिए होला  यदी उस्ले एक चोटी मात्र भनेको भए मलाई छोड्न चाहन्छ भनेर । कसम म उस्लाई राम्रो सङ बिदाइ गर्ने थिए होला । साहेद सक्दिन थिए कि होला कि तर जे भए पनि उनि म बात बिदा लि सकेको थियो । र मेरो जिन्दगी यसरि परिवर्तन हुन्छ भन्ने सोचेको थिएन पिपल्स कलेज मा गएर मेरो मन परिवर्तन हुने थाहा भएको भए साहेद म त्यो कलेज नै जाने थिइन ।किन कि जिन्दगी छोटो छ तर सपना मोटो छ अनि कसरी सम्भब छ र त्यसैले गर्दा म कलेज जान छोडें । म आफु दोशी थिए किनकी मलाई सब्से प्यारो लाग्ने साथी को प्रेमिकालाई नै मन पराउनु अपराध त हो नै र मुर्खता पनि । यस्तो अवस्था आउला सपना मा समेत सोचेको थिइन मैले । एकातिर साथी अर्को तिर उस्को प्रेमिका भने अर्को तिर मेरो छोटो आयु । जसरि दोधार मा त म नै थिए । के गर्ने कसो गर्ने मलाई के हि थाहा थिएन । एक दिन जिन्दगी ले यसरि बाटो परिवर्तन गर्‍यो कि मेरो साथिले बिहे गर्‍यो तर प्रेमिका सङ्ग हैन को हि अरु सङ्ग । उस्को प्रेमिका समेत मेरो नजिक भाई सकेको थियो त्यसैले त्यती बेला मैले प्रस्ताब राखे तर उस्ले सोझै अस्वीकार गरिन । मलाई धेरै खुशी लाग्यो किन कि मेरो जिन्दगी मा उनि लेखेकै थिएन । उनि त मेरो साथी लाई नै चाहन्थिन । उन्को प्रेम देखेर म आफै लाई नरमाइलो लाग्यो मैले बिचमा किन बाधा बन्न खोजेको जस्तो लाग्यो   । तर जे होस आफ्नो मन को कुरा त भने नि जस्तो लाग्यो यदी नभनेको भए साहेद पछुतो हुन्थ्यो कि । यसरि दिन हरु बड्दै गए मेरो जिन्दगी घ ट्दै थियो । जती जती म मृत्यु को मुखमा अघी बढ्दै थिए त्यती नै उस्को याद आइ रहेको थियो । त्यसैले मैले मेरो साथिलाई बोलाए भेट्नलाई यो हामी हरुको पहिलो भेट थियो । उ मसङ्ग साहेद १ घण्टा जती बसेर कुरा गर्‍यो होला तर मलाई मेरो जिन्दगी को आदी समय बितेको जस्तो आभास हुँदै थियो । जिन्दगी मा यती खुशी मिल्यो कि सिमाना नै थिएन । साहेद आफ्नो अन्तिम घडी आइ सकेको ले गर्दा हो कि छोटो मिलन पनि जिन्दगी भरिको भयो । यो हाम्रो भेट पहिलो र अन्तिम थियो यस पछी मैले उस्लाई भेट्न न आउन आग्रह गरे किन कि उस्लाई देखे पछी मलाई जिउने इक्षा बढेर आउनेछ तर यो सम्भब हुँदैन र बिदाइ को समय रोएर बिदा हुनु पनि भएन ।  एक चोटी तपाइ पनि भेट्नुहोस मेरो साथिलाई अनि मेरो बयान खेर गएको जस्तो लाग्दैन तपाइ लाई उन्को जिन्दगी पनि दुखले नभरिएको हैन तर उस्ले आफ्नो जिन्दगी खुशी साथ बिताइ रहेको छ । हो यही कारण ले मलाई उस्को फ्यान बनायो । म सङ्ग केवल २ य तीन दिन बाकी छ जती दिन बाच्ने छु त्यती दिन खुशी साथ बाच्ने प्र यास गर्ने छु । मेरो अन्तिम सब्द सबै साथिलाई के भन्न चाहन्छु भने जस्तो सुकै अवस्था मा आए पनि कुलत मा नफस्नुस । तपाइ लाई लाग्दो होला अब जिन्दगी जिएर के गर्नु छ र के मेरो जिन्दगी जिउन लायक थियो र तै मैले तेही सोचेर कुलत मा फसे त्यसैले आज जिउने चाहना हुँदा हुँदै पनि म असम्र्थ छु । तपाइले चुरोट किन्न ५ रुपैया फाल्नु हुन्छ एदी त्यही पैसा सहयोग गर्नु भयो भने मर्ने बेला मा सजिलो हुन्छ जस्तो लाग्यो मैले गरिन त्यसैले यती गाह्रो गरी बाची रहेको छु  । मर्ने बेला मा पुन्यको काम गर्नु रे त्यसैले मैले सबैलाई यो कुरा बताउन चाहन्छु । जती पिडा परे पनि आफ्नो जिन्दगी खेर नफाल्नुस कतै मेरो जस्तै तपाइ को जिन्दगी पनि बिग्रन सक्छ कि के भर जिन्दगी को । आज छ भोली छैन । अन्तिम चोटी मेरो तर्फ बात सबैलाई नमस्कार र म बाट के हि गल्ती भएको भए माफी चाहन्छु धन्यबाद   /


यो  कथा  काल्पनिक  नभएर सत्य हो यसको साक्षी म आफै छू . यो मेरो साथी किरण को सत्यता हो मेरो साथीले मलाई यो कथा पठाको २ दिन पश्च्यात उसको मृत्यु भयो . उसको कथाले साहेद तपाई को मन लाइ छोयो की त्यसैले म पानी आफ्नो तर्फ बाट तपाई लाइ अहिले नै कुलत त्याग्नु होस भन्ने सल्लाह दिन्छु र सुभकामना पनी दिन्छु . 
 फेब्रुअरी - १० , २०१२ Death ऑफ़ किरण
दिबंगत आत्मा ले शान्ति पाओस मेरो साथी किरण Facebook for details
Read more...

एउटा अदभुत प्रेम कथा

3 कमेन्ट
तिनीहरुको पहिलो भेट एउटा पार्टीमा भएको थियो । उनी अरुभन्दा अलग थिइन् । सबै केटाहरु उनको पछी लागिरहेका थिए । तर उ भने एउटा सामान्य खाले केटा थियो., कसैले उसको वास्ता गर्दैन थियो । पार्टी सकिए पछि उसले तिनलाई सँगै बसेर कफी पिउन आग्रह गर्छ । उनि अचम्ममा परिन् तर उनको नम्र स्वभावका कारण उनले उसको आग्रहलाई नकार्न सकिनन् ।तिनीहरु एउटा राम्रो कफी-शपमा गए । ऊ आत्तिएको हुनाले उसले केहि पनि बोल्न सकेन । उनलाई पनि साह्रै अप्ठ्यारो लागिरहेको थियो । अकस्मात् उसले वेटरलाई भन्छ, "अलिकति नून दिनुस् न, मेरो कफीमा हाल्नको लागि"। सबैजना छक्क परेर उसलाई हेर्न थाले । उ लाजले रातो पिरो भयो । तर पनि उसले
आफ्नो कफीमा नून मिसायो र पिउन थाल्यो । आफ्नो जिज्ञासा मेटाउन उनले उसलाई यसको कारण सोध्छे । जवाबमा उसले भन्छ," मेरो बाल्यकाल समुद्र किनारमा बितेको थियो । म समुद्रमा खेल्न मनपराउथे । मलाई अझै समुद्रको नुनिलो पानी याद आँउछ । त्यहि याद ताजा गर्न म सधै नून भएको कफी खान्छु । त्यसपछि मलाई मेरो आमाबाबुको याद आँउछ जो अझै त्यहिँ समुद्रितटमा बस्छन । मलाई उहाँहरुको माया साह्रै खट्किन्छ ।" यति भन्दै उसको आँखा आँसुले भरिन्छ ।उसको कुराले उनको पनि मन छुन्छ । उनले पनि आफ्नो बाल्यकालको कुराहरु सुनाउन थाल्छिन् । त्यहाँबाट उनीहरुको प्रेम कथाको राम्रो शुरुवात हुन्छ । उनीहरु सधैं भेट्न थाल्छन् र एक अर्कालाई मन पराउँछन् । उनीहरु बिहे गर्छन् र रमाईलो गरि जीवन बिताउन थाल्छ्न् ।उनी हरेक दिन उसकोलागि कफी बनाउथिन् र त्यसमा नून हाल्थिन् किनभने उनी सोच्थिन् कि यसरी बनाएको कफी उसलाई मनपर्छ ।उनीहरुको पहिलो भेट भएको पनि ४० वर्ष बितीसक्छ । उ मरिसकेको हुन्छ । उ मर्दा उसले एउटा चिठि उनको नाममा छोडेको हुन्छ जसमा उ लेख्छ, "प्रिय मलाई माफ गरिदेउ । मैले ४० वर्ष अगाडि तिमीसँग एउट झुठ बोलेको थिएँ । पहिलो पटक भेट्दा म साह्रै आत्तिएको थिएँ । त्यसैले मैले त्यो दिन चिनीको ठाउँमा नून माँगे । मलाई थाहा थिएन हाम्रो कथाको सुरुवात त्यहि नून भएको कफीबाट हुन्छ भनेर । मैल तिमीलाई धेरै पल्ट साँचो कुरा सुनाउन खोजे तर तिमीलाई गुमाउने डरले केहि पनि भन्न सकिन । तर म अहिले मर्न लागेको छु त्यसैले मलाई केहि पनि डर छैन । म तिमीलाई सबै कुरा भनेर मर्न चाहन्छु । मलाई नून भएको कफी पटक्कै मन पर्दैन । त्यसको सारै नमिठो स्वाद हुन्छ । तरपनि मैले जीन्दगीभर नूनिलो कफी खाँए । त्यहि कारणले मैले जीन्दगीभर तिम्रो साथ पाएँ । मलाई त्यहि कुराको खुसि लाग्छ । अर्को जन्ममा पनि म तिमीसँगै हुन चाहन्छु चाहे मलाई जिन्दगीभर फेरि नूनिलो कफी किन खान नपरोस् ।" यस्तो कुरा पढेर उनको आँसुले चिठी नै भिज्छ ।कुनैदिन कसैले उनलाई सोध्छ , " नून भएको कफीको स्वाद कस्तो हुन्छ?" उनी जवाब दिन्छिन्, " साह्रै मिठो हुन्छ —

Source : Facebook { Reason Paudel }  
Read more...

Recent Post