Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Showing posts with label Story. Show all posts
Showing posts with label Story. Show all posts

Tuesday, 16 October 2012

सत्य कथा

0 कमेन्ट

जुन आफ्नो ड्युटी गर्न भर्खर निस्केकी थिईन् । ताराहरु जुन माथि गिद्दे नजर लगाइरहेका थिए । दिन भरी घामको अर्धाङ्गिनी भएर घरमै बसेकी जुनलाई राती घाम डुल्न गएको मौका छोपेर ताराहरु गिज्याइरहेका थिए । तर पनि जुन भने उनीहरुको कुनै पर्बाह नगरी आफ्नी दिदी पृथ्वीलाई उज्यालो पारी रहेकी थिईन् ।

पृथ्वी त्यस दिन निराश थिईन । उनलाई कुन कुराले सताइरहेको थियो भन्ने कुरा कसैले नि बुझ्न सकेनन् । उनी दिनभरी आफै निथ्रुक्क हुने गरी रोएकी थिईन् । घामसँग टादै बसिन् । ज्वाईसँग सन्कोच मानेर होला ,सायद ।
म खाना खाएर बिस्तारामा पल्टी रहेको थिएँ । मेरो ल्याप्टपमा सुमधुर गीत बजिरहेको थियो,चन्द्रमा आकाशमा उदाउँदा लाग्छ तिमी झै …… । उनीहरु मेरो झ्यालबाट एक एक गर्दै भित्र पसे । ढोका बन्द थियो, त्यसैले होला । उनीहरुलाई मैले चिनेको थिईन । सबै नौला अनुहार थिए । उनीहरु भित्र पस्नुको कारण मैले थाहा पाइसकेको थिए ।उनीहरु मलाई चोट पु¥याउन आएका थिए । मैले उनीहरुको आँखामा आक्रोश देखेको थिएँ । आवाज सुन्दा लाग्दथ्यो उनीहरु काली माताका बहान हुन् । मसँग उनीहरुबिरुद्ध लड्न कुनै हतियार थिएन । म निशस्त्र थिएँ । तर मसँग हट्टा कट्टा हात खुट्टा थिए । यस्ता समूहहरु प्रत्येक दिन जसो आएर मलाई धम्काउने गर्थे । उनीहरुकै कारणले म सुत्न सक्दिनथेँ । त्यस दिन मैले केहि न केहि गर्नै पर्ने थियो । हरेक दिन म तेस्ता समुहसँग डराएरै बस्थेँ । त्यस दिन मैले आँट गर्नै पर्दथ्यो । हैन भने उनीहरुको मनोबल बद्न सक्दथ्यो र उनीहरु अझै ठूलो झुन्डमा मेरो कोठामा पस्न सक्थे ।
म जुरुक्क खाटबाट उठँे । सबै भन्दा भुस्तिग्रेले केहि नबोलि मेरो गालामा एक झापट हान्यो । उ नाच्न थाल्यो । अरु सबै खितितित्त हाँसे । म रीसले चूर भएँ र उसलाई सकी नसकी समातेर झ्यालबाट बाहिर फालिदिएँ । मेरो आत्माबल बद्यो ।अर्काे तर्पm भने आफ्नो टोली नेताको हालत देखेर सबै आत्तिए । तर पनि उनीहरु म माथि जाइ लगे । म पनि आफ्नो सामर्थले भ्याएसम्म लडी रहँे । उनीहरु कैले एक एक गर्दै लड्न आउँथे भने कहिले दुई तीन जाना मिलेर मलाई पिट्थे । उनीहरुसँग उड्न सक्ने शक्ती पनि थियो । मेरो शरीर रगत्ताम्मे बनेको थियो । तर पनि मैले उनीहरु माथि बिजय प्राप्त गरेँ । उनीहरु मेरो कोठाको कुना कुनामा ढलिरहेका थिए ।
त्यस रातको घटना एक कान दुई कान मैदान भएछ । सुनेको छु लाम्खुटे्हरु शोक मनाउँदै छन् रे । उनीहरुले भविष्यमा के गर्न सक्छन् भन्ने कुरा कसैलाई नि थाहा छैन ।
Read more...

Saturday, 6 October 2012

Story - "आमा बन्न नसक्नुको पीडा "

0 कमेन्ट
"आमा बन्न नसक्नुको पीडा "
सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको बालक हो र ऊ आफ्नो सन्तुष्टी र खुशी छोराछोरीहरूमाथि बर्षाइरहेछ । उता निलिमा भने पलङमा पल्टिएर आनन्दले बिभोर भै उनीहरूको रमिता हँसिलो मुद्राले हेरिरहेकी थिई।

सीमा "नारी कल्याण केन्द्रकी" अध्यक्ष जस्ले समाजका शोषित, पीडित नारीहरूकालागि आवाज उठाएर धेरै पीडित नारीहरूको कल्याण गरिरहेकी छ । ऊ निस्वार्थ भावनाले प्रत्येक महिलाहरूको हक हितको लागि लडिरहेकी छ । आज पनि ऊ एउटा त्यस्तै घट्नाको छलफल गरेर पीडित महिलाहरूको अधिकार दिलाई दिएर आएकी जुन महिलाको विवाह भएको ६ बर्षसम्म बच्चा नभएर लोग्ने, स्वास्नी दुबै जनाको सल्लाहले दोश्रो विवाह गरेको थियो तर दोश्रो विवाह गरे पश्चात उसको श्रीमानमा परिवर्तन आयो। समयको अन्तरालसँगै दोश्री श्रीमतीबाट छोरा भयो। त्यस पश्चात झनै उसको श्रीमान स्वार्थी र कपटी अनि ऊप्रति कर्तब्यहिन बन्दै गयो । ऊ आफ्नी कान्छी श्रीमती र बच्चाप्रति मात्र समर्पित भयो । आफ्नो श्रीमानको त्यस्तो नकारात्मक ब्यवहाँर र ऊप्रतिको हेय दृष्टिले ऊ दिन प्रतिदिन निर्बल बन्दै गैइ । उसको भावना, सपना, कल्पनामा ठुलो ठेस लाग्यो किनकि आमा हुन नसक्नु उसको कमजोरीको कारणले लोग्नेको खुशी र सन्तानको लागि उस्ले आफ्नो श्रीमानलाई अर्की विवाह गरेर खुशी बाँड्ने सुझाउ दिएकी थिई। तर अफसोच! अनायस लोग्नेमा आएको परिवर्तन र ऊप्रतिको तिरष्कारले ऊ बिह्वल बनेर आफ्नो श्रीमानसँग माया र अधिकार माँग्न उस्ले''नारी कल्याण केन्द्रमा" अपील गेरेकी थिई । त्यही समस्याको समाधान गरेर सीमा घर पसेकी थिई ।

ऊभित्र पनि कालो आँधीबेहरी मँडारिरहेको थियो किन कि ऊ पीडित नारीहरूको निम्ति अधिकार दिलाउन र उनीहरूको खुशी फर्काउन प्रयत्नरत थिई। तर ऊ आँफै एउटी पीडित नारी थिई जस्को प्रेम विवाह भएको ८ बर्षसम्म सन्तान नभएर उसको श्रीमानले पनि दोश्री विवाह गरेर दुइवटा छोराछोरीको आगमनमा नौलो जीवन आराम्भ गरेकाथिए। तर सीमा भने हरपल असन्तुष्टिको खण्डहरमा जकडिँदै गैरहेकी थिई। आमा बन्न नसक्नुको पश्चताप र आफ्नो श्रीमानको प्रत्एक पलको दुरीले भित्रभित्रै जलिरहेकी थिई। किनकि उसको श्रीमानको ब्यस्तता र छोराछोरीप्रतिको आकर्षणले सीमालाई आफू श्रीमानबाट टाडिएको आभास भैइरहेको थियो। अनि आफूले पाउने लोग्नेको माया अरु कसैसँग बाँडिदा ऊ भित्र पीडाको आगो सल्किरहेकोथियो। तर पनि ऊ ओँठमा फोस्रो हाँसो बोकेर आफ्नो ब्यथा ओकल्न नसकी अन्य पीडित महिलाहरूको अधिकारको लागि लडिरहेकी थिई। यसरी सीमा आफू पीडाको सागरमा पौडिएर अरुलाई किनारा दिइरहेकी थिई।

पल्लो कोठाको दृश्यले सीमाभित्र नमीठो आघात पर्यो । ऊ अतितमा डुब्न पुगी । यत्तिकैमा निलीमाको तीखो आवाजले झस्की "तपाईं त छोराछोरी भनेपछि भुतुक्क। अरुलाई त सम्झिने फुर्सद हुँदैन हैन? आफूले चाहिं आफ्नो बुढा भनेर अघिदेखि तातो दुध ल्याएर पर्खिरहेकी छु खै आउनुहोस् छिटो । छोरा छोरीसँग भोलि पनि खेल्ने समय छ।"

निलिमाको कुरा सक्न नपाउदै श्रीमान जुरुक्क उठेर कोठाको ढोका लगाउछ। भित्र दुई लोग्नेस्वास्नी भित्रिएको आवाज सुनिन्छ नीलिमा भनिरहेकी हुन्छे । "भो छाड्नु होस् मलाई ज्यादा चेप्रो पार्नु पर्दैन! जानु नि आफ्नै बच्चाहरू सँग मात्र म त को हुँ र?"

श्रीमान पनि उत्तेजित हुँदै भनिरहेको हुन्छ "तिमी भनेकी मेरो सृष्टि बसाइदिने स्वास्नी हौ । तिमीले गर्दा त आज मेरो आँगन रमाइलो भयो। यस्ता सुन्दर बच्चाहरूसँग खेल्न पाएँ । धन्य छ तिम्रो गुण मलाई, तिमी मेरी प्रिय श्रीमती हौ । "

ती दुइको वार्तालाप र श्रीमानको बद्लिदो ब्यवहारले सीमा खिन्न बन्छे र अतितका मीठा झल्झल्का हरू आँखाभरि साँच्दै सुस्ताएर गहभरि आसुँ पारेर ओछ्यानमा ढल्कन्छे । कुन बेला निद्रादेवीले उसलाई अंगाल्छ उसलाई पत्तो नै हुन्न।

Read more...

Friday, 5 October 2012

Story- "बिश्वास"

0 कमेन्ट


त्यो बालक कहिले आफ्नो ड्याडिको काँधमा चढ्दथ्यो त कहिले बोकी माँग्दथ्यो । कहिले "मम्मी"भन्दै मम्मिकोमा लेप्सिन पुग्दथ्यो । अहो !कस्तो अथाह माया पाएको उस्ले मम्मी,ड्याडीबाट लाग्दथ्यो धेरै लाड्प्यारले त्यो बालक अलिकती मातिए झैं देखिन्थ्यो पनि ।
त र "मम्मी" "ड्याडी" अमेरिकन भए पनि उस्को अनुहार भने मङोलियन थियो लाग्दथ्यो त्यो बालाई उनिहरुले "एड्प्ट" गरेका थिए। मैले लग्भग दुई घण्टा सम्म त्यो बालकको उछलकुद हेरी रहेँ । केही क्षणपश्चात त्यो बालकको चक चकले सिमा नाघे पछी उस्की मम्मीले अलिक ठुलो आवाजले "बिश्वास"भनेर बोलाई अनी मलाई साँचै बिश्वास भयो कि उक्त बालक नेपाली रहेछ भनि । मैले केही समयपछी ""मम्मी" चाँहीलाई प्रश्न गरेँ। उस्लाई नेपालबाट ल्याएको हो? भनेर । साँचै त्यो केटोलाई नेपालको स्वयम्भुबाट ल्याएको रहेछ जत्तिबेला ऊ तीन बर्षको थियो र अहिले ऊ पाँच बर्षको भएछ ।
मैले त्यो केटोलाई नाम सोधें। उस्ले "बिश्वास" भन्यो । आफ्नो भाषा त उस्लाई थाहा नै रहेनछ । अङ्रेजी भने यत्ती स्पष्ट थियो कि अमेरिकन कै बच्चाको झै थियो। मलाई मनमा पीडा बोध भयो । मेरो सम्बेदनशिल मनले उस्का आफ्नै जन्म दिने आमाबाबुलाई सम्झन पुग्यो। म सोँच्न थालें कत्ती ह्रीदय टूक्रिँदो हो हरेक पल पलमा आफ्नो नाबालक छोरालाई सम्झेर त्यस्की आमाले कत्ती आँशुको घुट्की पिउँदी हो छोराको सम्झना र तड्पनमा डुबेर । कुन बाध्यताले त्यसरी दुधमुखे बालकलाई पराइ देशको मान्छेलाई जिम्मा लगाउन वाध्य हुन पर्‍यो होला ?कस्तो बिवशता र सम्झौतामा आफ्नो काख रित्याएर अर्काको खुशीको निम्ती आफ्नो बच्चालाई मुल्यमा साटे होलान ?
म यसरी त्यो बालकको काहानीमा हराइ रहेँ अनेक कल्पना,तर्कनासँग अनी चित्त पनि बुझाउँदै गरेँ तर त्यो बालकको भविष्य पनि त सुन्दर भयो नि। यदी आफ्नो आमा,बाबासँग भएको भए शायद त्यो लाडप्यार, त्यो स्याहार,सुशार कहाँ पाउँथ्यो र ?गरिबिको मारमा पिल्सिएर भोको पेट र नाङो शरीर लिएर यत्तिबेला कुन गल्लिमा खातेको उपनाम पो भिरी सक्थ्यो कि ? फेरी मेरो अर्को मनले बिरोध गर्दै सोँच्न थाल्यो जत्तिसुकै सुख,सुबिधा,एश,आराम र लाड्प्यार पाए पनि आफ्नो आमाबाबुको माया र न्यानोपनबाट ऊ बन्चित बन्यो अनी सधैं कृतिम दुनियाँमा ऊ हराउन वाध्य बन्यो । यो दुनियाँमा अब उस्ले आफ्नो समाज,आफन्तको समिपता आफ्नोपन कहाँ पाओस ?बस सब कृतिमता नै कृतिमताको देशमा ।
अन्त्यमा मैले त्यो केटोलाई सोधे । तिमीलाई थाहा छ ?"बिश्वास"तिम्रो नाम हो त र त्यस्को "अर्थ"के हो ?भनेर । ओहो !उस्ले यस्तरी ओंठ लेप्र्याउंदै मलाई जवाफ दियो कि मानौ उस्लाई विश्वाशको अर्थ पूर्णरूपमा थाहा छ । उस्ले भन्यो "बिलिभ" "फैथ" भनेर ।
फेरि म सोँच्न थालें नामको अर्थसंगै अब आउने सारा भविष्य उस्ले विश्वाशमा नै बिताउनु पर्नेछ। उस्लाई के थाहा ?म को हु ? के हुँ ?भनेर । अब कृतिम बाबुआमालाई नै गरेर आफ्नो जन्म दिने आमाबाबुलाई अबिश्वासको भुमरिमा धकेल्नु पर्नेछ र उस्को मानसपटलबाट त धकेली सकेको नै छ । यत्तिकैमा उनिहरु जानलाई तयार भए ड्याडिको ढाडमा उफ्रिएर चड्दै मलाई "बाइ बाइ" भन्दै त्यो केटो मम्मी,ड्याडी सँग बाहिरियो । मैले पर सम्म नजर फ्याँकिरहेँ । मनमा अनौठो दुखाइ दुखी रह्यो । आखिर "बिश्वास" साँचै कस्को "बिश्वास" बन्ला भनि ?

Copied from Acharyaprabha.blogspot.com 
Read more...

Saturday, 23 June 2012

कथा : आँपको रुख

5 कमेन्ट
'मैले उसलाई भुँडी बोकाउनै नहुने......' हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।

म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; 'मैले उसलाई गर्भ बोकाउनै नहुने' अथवा 'मैले उसलाई गर्भवति बनाउनै नहुने' । तर......... मैले त्यसैगरी सम्झिएँ । ................

जे होस् उ गर्भवति भएकि थिई र त्यसमा म जिम्मेवार हुनसक्ने ठाउँ थियो ।

झण्डै १३ वर्षको अन्तराल पछि आज यहाँ आँपको रुख छैन । तर आह्रा लगाएर ढालिएको त्यसको ठुटो भने अझै रहेछ । फेदैदेखि दुई बराबर काण्डहरुमा बिभक्त भएर हुर्किएको त्यो आँपको रुखलाई यौटा अग्लो र अर्को अलिक होचो हुनेगरि ढालिएको थियो । दुबैमा समान रुपमा आह्राले समतल काटेको भाग र ढल्नेबेला मर्किएर लामो लामो छेस्का सहित रहेको उबडखाबड भाग थिए ।

म होचो काटिएको ठुटोमाथि चढेँ र कुर्शीमा बसेझैं अग्लो काटिएको ठुटोमाथि बसें । बसें यस्तरी कि मानौं म भर्खरै एक जघन्य अपराधी घोषित भएको छु ।

Read more...

Monday, 18 June 2012

(प्रेम पत्रबाट उनिलाई) - Rup Haram Biswa Karma

0 कमेन्ट
वास्तबमा उनी संग छुटिएको पनि हिजो दुई बर्ष पुगेछ। कतार छंदाका मायाका लहरहरु

मनकी रानी अनिता, 'हराम' प्रतिक्षा
अनि तिमिलाई हृदय देखी नै न्यानो माया असिम सम्झनाका लहरहरु,
अप्रत्यक्ष स्पर्शका लाखौँ रसास्वादनहरु!
सम्झनाले जती सताए पनी ,बिछोडको पिडाले जती तड्पाए पनी भावाना रुपी दियोमा, कल्पना रुपी आशाका दीप जलाउँदै तिम्रै सम्झनामा, भरोसा र आशामा बाँचिरहेकोछु। तिम्रो सुकोमल, पुर्णिमा सरीका बदनका आधिकारिकता म प्रती नै कायम गरी सकुशल र सुमङ्गल जिन्दगीलाई अगाडी बढाई रहेकी छौ भन्ने पुर्ण विश्वासका साथ सात समुन्द्र पारी प्रदेशी जीवनलाई आशै आशाको डोरीले कसेर बाँचेको छु।
नबिनतम र उल्लेखनिय त केही छैनन, तै पनी तिमी प्रती उब्जिएका मायाका छालहरु मेरो हृदय र मस्तिष्कको सागरमा अटुट रुपमा तरङ्गित भैरहेको छ। यो बेगलाई केही हदसम्म भए पनी शान्त पार्न सेतो कागजमा शब्दहरुले रङ्ग्याएर तिम्रो अगाडी पस्कने जमर्को गरे। अनिता हुन त यो पिडा मेरो मात्र होईन , आफ्नो घर छिमेक समाज गाँउ ठाँउ देश तथा अङ्गालोमा बेरिन तत्पर रहेकी अनिता हरामलाई कोशौँ टाढा छाडेर यस मरुभुमी तुल्य देशमा बिभिन्न किसिमको काम गरेर दिन गुजरा गर्ने हजारौँ नेपाली मध्ये म ‘रुप हराम’ पनी एक हुँ।
माया प्रीती साईनोले बर्षौँ पार गरे तापनि बैशाँलु मन न्यानो स्पर्श र अङ्गालोबाट टाढा भएर होला काटेको घाउमा खुर्सानीको लेप लगाए जस्तो भैरहेको छ तै पनि मनलाई बेदना र चोटहरु बाट सम्हालेर दैनिक कार्य अगाडी बढाउन परेको छ।
अनिता, तिमीसंग को फोन एस.एम.एसको सहायताले मलाई तिम्रो नजिक पुर्याउने कार्य त गरिरहेकै छ तर तिम्रो यादले मलाई अर्धचेत बनाएको छ। कारण मेरा तिमी प्रती समर्पित चोखो, निश्चल, निर्मल र अबोध माया हो। म यो माया यो जुनीमा तिमी बाहेक कहीँ कतै बाट बैकल्पिक परिपुर्ती गर्न सक्दिन। समयको धैर्य राखी परिक्षण गरेर हेर , मेरो रगतको थोपा थोपामा आफुलाई पाउनेछौ। यो बिरानो ठाउँ यो बिरानो ठाउँमा न भाषा मिल्छ न भेष न लवाइ न त न खवाई न बसाँई न त सुताई नै मिल्छ तै पनी म प्यारी लजालु 'हरामी' अनितालाई प्रतेक परिस्थितिमा सम्झिरहेको हुन्छु। यो बिरानो ठाउँमा म के नै पो गर्न सक्छु र, म भन्दा समय कोशौँ गुणा बलवान छ। यस्लाई म न रोक्न सक्छु न त छेक्न नै। औंसीका ताराहरु सुनौलो पुर्णेमाको आगमनको प्रतिक्षामा जसरी चिप्लिरहेका हुन्छन, त्यसरी नै दिनरात ब्यतित भैरहेको छ। तर म पनी यो दुरताको कालो बादल फाटेर सुमधुर मिलनको स्वच्च बिहानी भेट भने अझै धेरै दुर भए जस्तो लाग्छ ।
आशा छ।यो दुर ताको पर्खाल पनि रुप हराम जस्तै स्वच्छ प्रेम गर्नेहरुको सामु हिउँ झै पग्लिएर बिलिन हुन बाध्य हुनेछ।
आउँदै गरेको विशेष दिन प्रेम दिवस (Valentine Day 14 Feb 2009) संसारका हरेक प्रेमी जोडीहरु भब्य मनाउने छन त नयाँ पुस्ताहरु प्रेम जोडी बनाउन एकले अर्कोलाई आ-आफ्नो तरिकले प्रस्ताव राख्नेछन। एक अर्कामा चिनो साटासाट अवस्य गर्नेछन, तर प्रेम दिवस जस्तो महत्वपुर्ण दिनमा तिम्रो अपुर्णता छाउनेछ …………………………………..
नयन भरी आँशु नै आँशु छचलकिएको छ। तैपनि बिगतका छोटा दिनको सम्झनाले मलाई निकै हर्षित तुल्याउँछ। सायद ‘अनिता हराम’ लाग्छ ति आँशुलाई हर्षाश्रुको रुपमा लिएर दैनिक कार्यलाई निरन्तर्ता दिई रहेको छु।
दैनिक कथा ब्यथा पिडा भोगाई बिछोड तड्पाई हाँसो आँशु रमाईलो नरमाईलो क्षणका प्रतिबिम्ब आफ्नै डायरीमा उतार्दा उतार्दै पनी तिम्रा लागी मनका बहहरुलाई कलम बाट जती नै ब्यक्त गर्न खोजे पनी अपुर्ण नै हुंदो रहेछ। मेरा मनले ब्यक्त गर्न र लेख्न नसकेका कुराहरु ‘अनिता हराम’को मनले पक्का पनी बुझ्नेछ। बारम्बार कलम चलाए पनी सेतो कागजमा मन बह ईच्छा चाहानाहरुलाई समेट्न गाह्रो हुँदोरहेछ। ‘अनिहराम’ तिमी पनी बुझक्की छौ, पक्कै पनी यो मनको भावनालाई हरेक समय परिस्थीतीमा बुझ्ने प्रयास गर्नु है 'काली'
बिदेशको यात्रा यस्तै रहेछ,१० देखी १६ घण्टासम्म लामो काम त गर्नु छँदै छ , काम बाट फर्केपछी पनी आफन्तको कुशल मङ्गल र हाँसो खुसीको खबरसमेत पाउन नसक्दा साह्रै ब्याकुल बनेको छ यो ‘गकुल रुप हराम’ समय अनुशार सम्पर्क गरेकै छु। आफु र बहीनीको ख्याल राख्नु पढाईलाई उच्चतम बिन्दुमा पुर्याउन कडा परिश्रम गर्नु। अनिता तिमी …………… पने हाँसो खुसीका साथ रहनु, एक्लो महसुस जिवनमा कदापी नगर्नु, म र मेरा अन्तरङ् भावना तिम्रो हरेक पाईला पाईलामा समावेश छन्। अनिता नचाहेरै पनी मैले यो पत्र बाट विदा हुनुपर्छ, किनकी अर्को पत्रमा चुम्बन गर्नको लागी।
धन्यबाद
उही तिम्रो खै के खै के
रुप हराम दोहा……….
छुटिदैन एउटै हो यो दुई हाँगाको फेद जस्तो,
जुनी जुनीको लागी माया दुई नदीको मेल जस्तो।
रोधीँ घरमा खैजदी र मादल कहिले बज्ने होला
अङ्गालोमा बाँधिएर माया कैले साट्ने होला
Take care See you.
 Source : facebook
Written by : Rup Haram Biswakarma 
Read more...

Saturday, 9 June 2012

मुटु छुने कथा

0 कमेन्ट
Photo: मुटु छुने  कथा  तपाइको को बीचमा लाएको छु ....
यो कथा लेख्नु भएको छ मेरो साथी
Gajurel Nepali Bquib 

१दिन चरिले चरालाई
भन्यो तिमीले मलाई
छोडेर
कहिल्यै उडेर त जाँदैनौ ?
चरा : उडेर गएछु भने
तिमी मलाई छोप्नु नि त!
चरि : मैले तिमीलाई
छोप्न त सक्छु तर
फेरी तिमीलाई पाउन
आफ्नो बनाउन सक्दिन
कि?
चरि को यो कुरा सुनेर
चराको आँखामा आँशु छलक्क
छल्कियो उसले आफ्नो दुबै
पखेटा भाँचिदिई
अनि चरि लाई भन्यो सानु
अब हामी जिवनभरी सँधै
साथमै रहनी है कहिल्यै
नछुट्टिने अब!
समयले कोल्टे फेर्यो
~~~~~~~~~~~~~~~~~~~
१दिन
ठुलो आँधिबेरी तुफान
आयो आफ्नो ज्यान
बचाउनको निम्ति चारि उड्न
थाली
अनी चरा ले
भन्यो तिमी उडेर जाउ म त
उड्न
सक्दिन सानु
आफ्नो ध्यान राख्नु है
चरि भुर्रर्रर्र उडेर
गई
केहि समय पछि अचानक
तुफान
रोकियो (थामीयो)
मौसम सफा भयो
अनी चरि वापस फर्केर
आयो र आउँदा त
चरा मरी सकेको रहेछ
चराले
एउटा डाली हाँगामा केहि लेखेर
छोडेको थियो
त्यो चरी ले पढी, तेस
मा थियो
प्रियसानु-तिम्र
ो विश्वास मा आज
यो संसार बाट
बिदा भय ,,म
बिना पनि तिमि सदा सुखी-
खुसि रहनु
ल .....कति स्वार्थी चरि रहेछ ,.
उस्को लागी चराले आफ्नो पखेटा भाच्नु ब्यर्थ भयो

१दिन चरिले चरालाई
भन्यो तिमीले मलाई
छोडेर
कहिल्यै उडेर त जाँदैनौ ?
चरा : उडेर गएछु भने
तिमी मलाई छोप्नु नि त!
चरि : मैले तिमीलाई
छोप्न त सक्छु तर
फेरी तिमीलाई पाउन
आफ्नो बनाउन सक्दिन
कि?
चरि को यो कुरा सुनेर
चराको आँखामा आँशु छलक्क
छल्कियो उसले आफ्नो दुबै
पखेटा भाँचिदिई
अनि चरि लाई भन्यो सानु
अब हामी जिवनभरी सँधै
साथमै रहनी है कहिल्यै
नछुट्टिने अब!
समयले कोल्टे फेर्यो
~~~~~~~~~~~~~~~~~~~
१दिन
ठुलो आँधिबेरी तुफान
आयो आफ्नो ज्यान
बचाउनको निम्ति चारि उड्न
थाली
अनी चरा ले
भन्यो तिमी उडेर जाउ म त
उड्न
सक्दिन सानु
आफ्नो ध्यान राख्नु है
चरि भुर्रर्रर्र उडेर
गई
केहि समय पछि अचानक
तुफान
रोकियो (थामीयो)
मौसम सफा भयो
अनी चरि वापस फर्केर
आयो र आउँदा त
चरा मरी सकेको रहेछ
चराले
एउटा डाली हाँगामा केहि लेखेर
छोडेको थियो
त्यो चरी ले पढी, तेस
मा थियो
प्रियसानु-तिम्र
ो विश्वास मा आज
यो संसार बाट
बिदा भय ,,म
बिना पनि तिमि सदा सुखी-
खुसि रहनु
ल .....कति स्वार्थी चरि रहेछ ,.
उस्को लागी चराले आफ्नो पखेटा भाच्नु ब्यर्थ भयो
 मुटु छुने कथा तपाइको को बीचमा लाएको छु ....
यो कथा लेख्नु भएको छ
Gajurel Nepali Bquib
Read more...

Saturday, 2 June 2012

अल्छी र लापरबाही मानिस हरु -Kumar Simkhada

1 कमेन्ट
यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर दिन्छन्। काम सफल भए तक्मा जस कमाउँछन्। असफल भए गाली पनि उनीहरु नै खान्छन्, तर रिस भने हामीमाथि पोख्छन्। हाम्रै कामको आधारमा - वर्षैमा या बढुवा भएर केन्द्रतिर लाग्छन् या सरुवा भएर अरु अफिसमा पुग्छन्। तर लगातार पुष्पक भने यही प्रकोप विभागमै छौं।
आज मध्येदिनमा एक्कासि अफिसमा साइरन बज्यो स्वचालित एनाउन्स आयो सफलनगर छब्बिस नम्बर वार्ड, चार नम्बर सडकको एघारौं घरको त्रिचालिसौं तल्लाबाट धुवाँ आएको छ। गम्भीरता ६५ प्रतिशत। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी दशमलब किलो मिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि  एनाउन्स सुनिरहने समय थिएन। मेरो नयाँ बोस सञ्जयले मलाई हिंडिहाल्न निर्देश गर्यो। अफिसको पार्किङ् लटमा पुग्दा पुष्पक कारमा बसिसकेको रहेछ। सिटमा बस्दासम्ममा उसले घटनास्थल पुग्ने रुटको योजना गरिसकेको थियो। कारको स्वचालित नेभिगेटरले सूचना गर्यो हालको स्थान १९ समानन्तर नम्बर सडकको चोक। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी दशमलब किलोमिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि कृपया १९ समानन्तरबाट पूर्वतिर ब्लक जानुहोस् नम्बर सडकमा देब्रेतिर मोडिनुहोस्। नम्बर सडक आएपछि उत्तरतर्फ ब्लक हामी अफिसबाट नम्बरको सडक लिएर उत्तरतर्फ लागिसकेका थियौं। नेभिगेटरको एनाउन्स बिचैमा फेरियो। पुष्पक तिमीले गलत बाटो पक्डियौ। सबभन्दा छोटो दुरीबाट जानको लागि १९ समानन्तर लाग्नु पर्ने थियो। पछाडि फर्क!
एनाउन्सलाई मतलब नगरी हामी समानन्तर १८ मा आइपुग्न लागेका मात्र के थियौं, एनाउन्स फेरि पनि फेरियो पुष्पक, तिमीलाई फेरि पनि भन्दैछु। तिमीले गल्ती बाटो पक्डियौ। यहाँबाट घटनास्थलसम्म सबभन्दा कम दुरीले पुग्नको लागि अब समानन्तर १८ मा दाँयातिर मोड। 
मैले नेभिगेशन बन्द गरिदिएँ। वास्तवमा १८ समानन्तर नम्बर सडकको चोकमा हिजो भर्खर एउटा दुर्घटना भएको थियो। एउटा सन्काहाले बाटोको बिचमा जबर्जस्ती गाडी रोकिदिएकोले पछाडिबाट लगातार २१ वटा गाडीहरु एक पछि अर्को गरी ठक्कर खाएका थिए। हामीलाई सडक सुचारू गर्न पुरै १३ मिनेट लागेको थियो। गाडीका सबै सिटमा इमर्जेन्सी डन्लपहरु निस्केकोले मानिसहरु हताहत भने हुन पाएनन्। तर यो तीस वर्षे क्यारियरमा २५ जना घाइते हुनेगरी भएको दुर्घटना मैले पहिलो पटक सम्हालेको थिएँ। हामीलाई दिइएको निर्देशन अनुसार अति आवश्यक कारण बाहेक दुर्घटना भएको सडक ४८ घन्टासम्म प्रयोग गर्न मनाही थियो। त्यसैले नेभिगेटरको सहयोग आज लिन नसकिने पक्का थियो। हिजो भएको दुर्घटना सायद नेभिगेटरमा अपडेट गरिएको थिएन। अल्छी लापर्वाही मानिसहरु!
हिंडेको ५५ सेकेन्डमै हामी प्रगतिचोकमा आइपुग्न लागेका थियौं। पुष्पकले इमर्जेन्सी साइरन बजायो। अगाडिबाट आउने मोटरहरु रोकिन आँटेका देखिए। ठीक पाँच सेकेन्डमा हामी दाइनेतिर मोडिएर समानन्तर १४ पक्डेर पूर्वतिर हानियौं। घटनास्थल पुग्नको लागि अँझै ३३ सेकेन्ड लाग्ने अडकल काटें। मैले सञ्जयलाई हामी १२:०३:३५ मा घटनास्थल पुग्ने अनुमान भएको सूचना पठाएँ। हाम्रो युनिटका अरु जनासहित दमकल लिएर पछि-पछि आउँदै थियो। सञ्जयले हामीलाई घटनास्थलमा तत्काल जाँच गरेर मानव उद्दार सुरु गर्ने निर्देशन दियो।
अनुमान गरेको समयमै हामी नम्बर सडकको चोकमा देब्रे मोडेर एघारौं घरमा आइपुग्यौं। यस सडकमा मोडिने बेलामा नै मैले कारको छानोलाई खोलेर घटनास्थल हेर्न भ्याएँ। एघारौं घरको सबभन्दा माथिल्लो तल्लाबाट कालो धुवाँ निस्किंदै थियो अलि अलि रातो राँको बाहिर आउला जस्तो गरी बढ्दै थियो। हिसाब गर्दा सञ्जयहरु आइपुग्न ५३ सेकेन्ड अरु लाग्थ्यो। त्यति समय खेर फाल्न कदापि पनि सकिने थिएन।
त्रिचालिस तल्लामाथि तत्काल पुग्नको लागि हामीसँग एक मात्र विकल्प थियो। मैले पुष्पक तिरहेरें, उसले सहमति जनाउँदै टाउको हल्लायो। यतिञ्जेल अर्ध रुपमा स्वचालित गाडीको ह्यान्डललाई पुष्पकले पूर्ण रुपमा म्यानुअल मोडमा फेर्यो। गाडीलाई सडकबाट पेटितिर बढायो। घरको भूईं तल्लामा आइपुग्दासम्म मैले आफ्नो सिटबेल्ट कम्मर छाति ठाउँमा बाँधिसकेको थिएँ पुष्पकको सिटबेल्ट बाँध्ने बटन पनि थिचें। पाङ्ग्रालाई सामान्य मोडबाट भ्याकुम मोडमा फेर्ने बटन दबाएँ। एकै छिनमा हाम्रो सिटमुनिबाट पेचीले चल्ने फलामका चार वटा लिफ्टर तल भूईंतिर बढे बिस्तारै गाडीलाई उचाले। सडकबाट ३० सेन्टीमिटर उठेपछि चारवटै पाङ्ग्राको वरिपरि सोली आकारका ठुला ठुला बाक्ला प्लास्टिकहरु फिताहरु बाहिर पर्ने गरी गाडिए। यतिञ्जेलमा पुष्पकले गाडीबाट लामो लिभर त्यस बिल्डिङ् तिर जाने गरी पुर्याइसकेको थियो। लिभरको टुप्पामा भएका भ्याकुमका सोलीहरु बिल्डिङ्को बाहिरपट्टि अड्याएर गाडी भूँईसँग नब्बे डिग्री परेर झुन्डियो चार वटै पाङ्ग्रा त्यस बिल्डिङ्गका भित्तामा अडिएपछि पुष्पकले लिभरलाई फिर्ता तान्ने बटन दबायो। सञ्जय आइपुग्दा हामी बिल्डिङ् चढ्न तयार भइसकेका थियौं।
पुष्पकले गाडी हाँक्यो। पाङ्ग्रामा जडान गरिएको सोली बिल्डिङ्को भित्तामा धसिंदा निस्कने भ्याकुमको शक्तिको भरमा हामी बिल्डिङ् उक्लन थाल्यौं। ४३ तल्लाको शिशा फोरेर भित्र पस्दा एउटा बच्चा रुँदै बाहिर निस्कने प्रयास गर्दै थियो। ढोकाको भित्रपट्टि राखिएको स्क्रिनका अंकहरुमा हात लगाउँदै ढोका खोल्ने प्रयत्न गर्थ्यो। तर, सही गोप्य-अंक थाहा नभएर ढोका खुल्दैनथ्यो। उसको क्रन्दन सुनेर सँगैको भित्तापट्टिको पलंगमा सुतिरहेकी बृद्दा (जो सायद उसकी हजुरआमा थिई) उसलाई सहयोग गर्न खोज्दथी तर पनि आफैंमा असक्त थिई। उसको देब्रे खुट्टा पलंगमा टाँगिएको डन्डीसँग बाँधिएको थियो। लाग्थ्यो उसले यही दुई‍-तीन दिन अगाडि खुट्टा भाँचेकी थिई। बृद्दा बालकका आँखा ठुला ठुला थिए ती दुबै जना ढोकातिर हेर्दै चिच्याउँए। हाम्रो कोठामा प्रवेशसँगै उनीहरुको चिच्याहट अलि कम भयो। मैले बिशेषाधिकारको कोड प्रयोग गरेर ढोका खोली बालकलाई बाहिर पुर्याउँदासम्ममा पुष्पकले त्यस बृद्दा सुतेको खाटलाई कुर्ची मोडमा परिवर्तन गरी पाङ्ग्राहरुलाई गुड्ने मोडमा फेरेर ढोकातिर धकेल्यो। बृद्दालाई बाहिर ल्याएपछि लिफ्टमा ती दुईलाई चढाई लिफ्ट सिधै भूईं तल्लामा मात्र रोकिने गरी छोडिदियौं। हाम्रो युनिटका मानिसहरु पहिलो तल्लामा उनीहरुलाई कुर्दै बसेका थिए।
<p>आगलागी भएको कोठामा पुन: प्रवेश गर्दा आगो निकै बढिसकेको थियो। हामी यस कोठामा आइपुग्न अरु मिनेट लागेको भए ती दुई बालक-बृद्दा जलेर भष्म हुने पक्का थियो किनभने आगो त्यस बृद्दाको खाट रहेको ठाउँसम्म आइपुगेको थियो कोठाका हरेक फर्निचर आगोका शिकार हुँदै थिए। आगोको बिच-बिच हाम्फाल्दै पुष्पक अघि फोरेको शिसाको भित्तातर्फ गयो खल्तीबाट सेतो टेप निकालेर त्यसलाई तन्काउँदै प्वाललाई पुरिदियो। मैले कोठालाई पुरै बन्द गर्ने स्वीच दबाएँ। बल्ल कोठा बाहिरबिच हावा सर्न नपाउने भयो। मैले आगलागी-बटन थिचें कार्बनडाइ-अक्साइडले पुरै कोठा भरिदिएँ। केही क्षणमै पूरै आगो मर्यो कोठा पुरै सेतो, कुहिरो कैद गरिराखेको जस्तो, देखियो। हामी पुन: ढोकालाई बिशेषाधिकार कोड प्रयोग गरी खोलेर निस्कनु सञ्जय लिफ्टबाट बाहिर निस्क्नु एकै साथ भयो। आगो पूर्ण रुपले दबाएको जानकारी दिंदा उसले लामो सास तान्यो।
<p>सञ्जयको काम भने भर्खर मात्र शुरु भएको थियो। उसले घरमुली ४२ औं तल्लामा बस्ने कुरा पत्ता लगाइसकेको रहेछ। हामी पनि सँगै तल्लो तल्लासम्म भर्याङ्बाट ओर्लियौं। घरमुली निस्कन मानेन तर सञ्जयले ढोका फोरेर भनेपनि भित्र छिर्ने धम्की दिएपछि भित्रबाट एउटा ३५ बर्षनाघेको मानिसले ढोकाबाट टाउकोमात्र निकालेर सञ्जयतिर बन्दुक सोझ्याउँदै भाग्ने चेतावनी दिन थाल्यो। मैले प्रकोप बिभागमा काम गर्दा अहिलेसम्म यस्तो परिस्थितिको सामना गर्नु परेको थिएन। तत्काल निर्णय लिनु पर्ने अवस्था आयो। हत्तपत्त सञ्जयको अगाडि उभिएँ। त्यस मानिसले हाम्रो प्रतिरक्षाको चाल बुझ्न नपाउँदै पुष्पकले त्यस उसको टाउको दाहिने हात समात्यो। हतारमा उसले गोली चलाउँदा सञ्जय चिच्याउन पुग्यो तर उसलाई केही भएको भने थिएन। गोली मेरो घुँडामा लाग्यो भूईंमा झर्यो।
घरमुलीलाई नियन्त्रणमा लिएपछि थाहा लाग्यो, अघिका बृद्दा बालक उसकी आमा पहिलो श्रीमती तर्फको छोरा रहेछन्। उसकी दोश्री श्रीमती ऊसँग झगडा गरेर रिस फेर्न ती ज्यामा-नातिको कोठामा आगो लगाएर कोठा बन्द गरी हिंडेकी रहिछ।
अनि कोठामा आगो लाग्या थाहा पाउँदा पाउँदै किन यो कोठामा चुपचाप आफैंलाई थुनेर बसेको ? तिम्रो कर्तव्य छैन आफ्नो आमा छोरालाई बचाउने? सञ्जय कुर्लियो।
तिमीहरु प्रकोप बिभागबाट - मिनेटमा आएर ठिक पार्न सकिहाल्थ्यौ नि! , सक्यौ पनि। यस्तो थाहा हुँदा हुँदै मैले किन दु: गर्नु पर्यो? त्यस मानिसबाट उत्तर आयो। घटना हुँदा ४२ तल्लामा थियो। त्यसैले हिसाब गर्दा, यदि उसले चाहेको भए, हामीले गरेको काम उसले डेढ मिनेट अगाडि नै फत्ते गर्न सक्थ्यो।
तँलाई लाछी! सञ्जयले उसलाई हतकडी लगाउँदै भन्यो, तेरो मानवता कता गयो? यी दुई रोबोटहरु नभएको भए तेरो सारा परिवार डढेर नष्ट हुन्थ्यो। अँझै यस्ता कुरा गर्छस्? तँलाई मेरो प्रहरी बिभागबाट प्राप्त बिशेषाधिकार प्रयोग गरी मानव जीवनमाथिको हेलचक्र्याइँ अनि प्रकोप बिभागको अफिसरको हत्याप्रयासको अभियोगमा गिरफ्तार गर्दछु। मैले मेरो घुँडामा लागेको गोली भूईंबाट टिपें गोली लागेको ठाउँ नियालें। सानो खत लागेको रहेछ। सायद मानिस भएको भए ह्वालह्वाल्ती रगत आइरहेको हुने थियो। घटनाको रिपोर्ट तयार गरें।
यो मानव समाज के हुन आँटेको हो आजकल? रोबोटको भरमा बाँच्न थालेपछि कर्तव्य ममता नै बिर्सिन थालिसके नि! सञ्जय फत्फताउँदै थियो। 
मैले आन्तरिक संचारमार्फत पुष्पकलाई गाडीमा फर्किन इशारा गरें। हामी दुई पुन: ४३ तल्लामा उक्ल्यौं, भर्खरसम्म आगलागी भएको कोठामा पस्यौं। पुष्पकले अघि टालेको टेप झिकेर फाल्यो अड्याइराकेको गाडीको चालक सिटमा बस्यो। अनि मलाई गाडीतिर तान्नको लागि हात दियो।
४२ तल्लामा भएको मान्छे, ४३ तल्लामा आगो लाग्दा पनि सहयोग गर्न नजाने। यी मानिसको जात कति अल्छी? कति लापर्वाही ?

Read more...

Recent Post